logo
२०८३ कार्तिक २१, शनिबार |
☰
📰
🔍
✕

विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया मिचेको छैन : शर्मा

प्रभातफेरी अनलाइन३ पटक पढिएको | ४३ मिनेट अघि
विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया मिचेको छैन : शर्मा

२१ कात्तिक, काभ्रे/  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको बताउनुभएकाे छ। शर्माले चुनदेवीलाई हेर्ने दृष्टिकाेमा कुनै परिवर्तन नभएको स्पष्ट पार्दै उहाँहरुका लागि बिपि भवनको ढोका खुल्ला रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा आज ब्यापारी नगरी बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही समस्या पर्दै गर्दा आफ्नो जिम्मेवारी नभुल्नु होला किन कि हामी काग्रेंसका कार्यकर्ता हौं । राष्ट्रिय आवश्यकता पर्‍यो, त्यो परिस्थितिपछि देश र पार्टीलाई नयाँ ढंगले अघि लानुपर्ने अवस्था बन्यो,’ शर्माले थप्नु भयो- ‘कसैलाई अनर्गल गरेर फेसबुकमा लेखिदिएिर यति खायो रे उति खायो रे यति बुझायो रे यति करोड बुझायो रे । ए बाबा! एक पटक स्वास्थ्यमन्त्री एक पटक केवल स्वास्थ्यमन्त्री ८९ महिना बनेको गगन थापा, जीवनमा मन्त्री कहिल्यै नबनेको विश्वप्रकाश शर्मा । करोड करोड बुझाउनुपर्‍यो भने हामी दुई भाइले मात्रै बुझाउन सकुँला कि वर्षौंसम्म सत्तामा बसेका नेताहरू त उतै हुनुहुन्थ्यो भन्दै छेड्छाड गर्दै उपसभापति शर्माले रकमको छेलोखेलो त उहाँहरूले बुझाउन सक्ने होइन भन्या ?’
कसैले अरे भनेर भनेको कुरामा पछि नलाग्न कार्यकर्ता लाई आग्रह गर्न भएको छ ।

यस्ता अनर्गल प्रचारको पछाडी नलाग्न संकेत गर्दै ‘ यो कुरा के हो भने, भन्यो अरे, एउटा विचौलियाले कहिँ भन्यो अरे । भोलि एउटा बैंक कसुरमा पक्राउ परेको वा डकैतमा परेकोले कहिँ भन्दियो कि फलानोलाई प्रधानमन्त्री बनाउन फलानोले दाबी छाडेर ५० करोडमा डिल भएको थियो । त्यो डिल भएको पैसा नबुझाएको हुँदा ५ करोड डकैती गरेर हामी आएका हौं भनेर कसैले भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ?’, प्रश्न यता तेर्सिन सक्ने शंका पनि जाहेर गर्नु भयो ।

उहाले महाधिवेशनका सबै काम विधि बमोजिम भएको हुनाले अब पार्टीले देशका लागि सपना बोकेर हिंडेको जिकिर समेत नेता शर्माले गर्नु भयो ।

‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेसको विशेष महाधिवेश गरेर १५ औं महाधिवेशनसम्म पुग्दैगर्दा पार्टीको विधि, विधान, प्रक्रिया बमोजिम इमानदारितापूर्वक सबै काम भएको छ । कांग्रेस अब देशका लागि सपना बोकेको छ । मनमा हुटहुटी बोकेको छ,’ त्यसलाई साकार पार्नु हाम्रो दायित्व भएको पनि नेता शर्माको भनाइ थियो ।