logo
२०८३ कार्तिक २७, शुक्रबार |
☰
📰
🔍
✕

बनेपाको बुडोलमा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ कार्तिक २६, बिहिबार
बनेपाको बुडोलमा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते

काभ्रे / काभ्रेको बनेपा नगरपालिका–६ बुडोल डाँडामा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन्।

बुधबार बिहान करिब ११:४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दुवै बसमा सवार २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल पठाइएको छ।

शीर मेमोरियल अस्पतालमा २१ जना र धुलिखेल अस्पतालमा ४ जना घाइतेको उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।