logo
२०८३ कार्तिक २७, शुक्रबार |
☰
📰
🔍
✕

सुनको मूल्य एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ कार्तिक २७, शुक्रबार
सुनको मूल्य एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ। गत कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।