logo
२०८३ कार्तिक २९, आईतबार |
☰
📰
🔍
✕

छठ पर्व मनाउन जनकपुर पुगेका रवि लामिछानेद्वारा धनुषा र महोत्तरीका धार्मिकस्थलमा पूजा आजा

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
छठ पर्व मनाउन जनकपुर पुगेका रवि लामिछानेद्वारा धनुषा र महोत्तरीका धार्मिकस्थलमा पूजा आजा

जनकपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजाआजा गरेका छन्।

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले आज बिहान प्रसिद्ध जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।

त्यसैगरी उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा समेत पूजाआजा गरेका छन्।

रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहका अनुसार सभापति लामिछाने आज अपराह्न जनकपुरस्थित गङ्गासागरमा आयोजना हुने छठ पूजा कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ।

छठ पर्व मनाउन जनकपुर पुगेका लामिछानेको धार्मिकस्थल भ्रमणलाई स्थानीयले चासोका साथ हेरेका छन्।