प्रभातफेरी अनलाइन२२ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
धनुषा / धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच भेटवार्ता भएको छ।
आज भएको भेटका क्रममा सभापति लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गर्नुभएको थियो। ‘तपाईं पत्रकारितामै फर्किने कि राजनीति गर्ने ?’ भन्ने लामिछानेको प्रश्नमा धमलाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने जवाफ दिनुभएको थियो।
भेटका क्रममा पत्रकार धमलाले लामिछानेलाई पाँच वर्षपछि प्रधानमन्त्री बन्न सुझाव दिनुभएको थियो। जवाफमा लामिछानेले ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ’ भन्नुभएको थियो।