प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
काभ्रेपलाञ्चोक/ सोमबार बनेपामा भएको एक अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा नेपाली कम्युनिस्ट पाटिका नेता एवं पुर्व राज्यमन्त्री सुर्य मान दोङ “लालध्वज” उक्त योजना सार्वजनिक गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जागरण अभियान किन सञ्चालन गरिरहेको छ ? भन्ने प्रश्नको मुख्य कारण राजनीतिक, सांगठनिक र चुनावी तयारीसँग जोडिएको स्पष्ट पार्दै गत २०८३ कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने दुईमहिने अभियानका बारेमा धारणा सार्वजनिक गर्ने क्रममा आगामी मंसिर २६ गते शक्ति प्रदर्शन गर्ने योजना रहेको बताउनु भएको छ । कार्यकर्ताको असन्तुष्टि तर्फ इन्कित गर्दै नेता लालध्वजले “जोसँग नजिक हुन्छ उसँग बढी अपेक्षा हुनु स्वभाविक भएकोले आलोचनाले नेतृत्वलाई सहिमार्ग निर्देशन गर्ने स्पष्ट पार्दै काभ्रेको जनयुद्ध सफल हुनुमा मिडियाकर्मिको महत्वपूर्ण भुमिका रहेको खुलासा गर्नुुहुदैं यदि मिडियाले सकारात्मक भुमिका नखेलेको भए काभ्रेको जनबिद्रोह सफल नहुने जिकिर समेत गर्नु भएको छ । हिजो जे जे भए त्यता न जाउँ ! अब जनयुद्धको त्यो योगदानलाई यहाँ सम्म ल्याउन पुर्याएको भुमिकाको सम्मान गर्न पाटिले स्पस्ट दृस्ठिकोण ल्याउन जरुरी रहेको चर्चा गर्दै त्यसका लागि आफ्नो तर्फबाट कुनै सम्झौता नहुने खुलासा समेत गर्नु भएको छ ।

पार्टीका क्याडरहरुको लगाव बिना जागरण सफल नहुने धारणा राख्नु भएको छ । सम्बोधन कै क्रममा नेता लालध्वजले पछिल्लो समय दोहोरो भुमिकामा रहेका कार्यकर्तालाई कित्ता किलियर गर्न निर्देशन दिनु भएको छ । अब दैयत चरीत्रका कार्यकर्ता बिहिन पाटि नबनेसम्म बामपंथी आन्दोलन सफल नहुने उद्घोष गर्नु भएको छ । जागरण अभियानलाई सफल पार्नु प्रत्येक कर्याकर्ताको दायित्व भएकोले जो जहाँ हुन्छौं त्यहीँबाट अभियानमा एकेवद्धता जनाउन आग्रह गर्दै जागरणको औचित्य प्रस्ट्याउने क्रममा, जनतासँग सम्बन्ध सुधार्नः जनताका गुनासा, आलोचना र सुझाव सुन्न गाउँ–टोलसम्म पुग्ने योजना छ । अर्को संगठन बलियो बनाउनः पार्टी सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार र संगठन समायोजन गर्ने हो । त्यस्तै कमजोरी सच्याउन ः विगतका राजनीतिक तथा सांगठनिक कमजोरीको समीक्षा गर्ने रहेको छ ।
चुनावी तयारी गर्न : आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि जनमत र संगठनको अवस्था बुझ्ने र कार्यकर्तालाई निर्देशन दिनु रहेको छ ।
जनजीविकाका सवाल उठाउनः महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी र सुशासनका विषयमा आवाज उठाउने । राजनीतिक उपलब्धिको रक्षा गर्नः संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताका विषयमा जनचेतना फैलाउने रहेको बताउनु भएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य एवं केन्द्रिय सदस्य “बमध्वज” ले संचारकर्मीहरुलाई दिनप्रतिदिन चुनौती थपिएको चर्चा गर्नुहुदैं पाटिले ल्याएको जागरण अभियानलाई जनस्तरमा पुर्याउने दायित्व संचारकर्मीको पनि रहेको स्मरण गराउदै जसरी जनयुद्ध सफल बनाउनु भएको हो त्यसै गरि जागरण अभियानलाई निष्कर्षमा पुर्याउनु पर्ने धारणा राख्नु भएको छ । उक्त अन्तरक्रियाकार्यक्रमलाई केन्द्रिय सदस्य एवं पुर्व मन्त्री बसुन्धरा हुमागाई लगायतका नेतृत्वले सम्बोधन गरेर जागरण अभियानलाई सफल बनाउन निर्देशन दिनुभएको छ ।
प्रेस सेन्टर नेपाल काभ्रे शाखाले संयोजन गरेको कार्यक्रमको सहजीकरण नेपाली कम्युनिस्ट पाटी काभ्रेका नेता तथा तेमाल गापाका उपाध्यक्ष डिबि लामाले गर्नु भएको थियो ।
