प्रभातफेरी अनलाइन० पाठक संख्या | मंसिर ५, २०८३ | शनिबार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा सौहार्दपूर्ण छलफल भएको थियो।
भेटका क्रममा दुवै देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहकार्यका विविध क्षेत्रलाई विस्तार गर्ने विषयमा विचारविमर्श भएको जनाइएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल र जापानी उपमन्त्री फुजीबीच द्विपक्षीय हित तथा साझा चासोका विषयमा सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिनुभएको छ।