प्रभातफेरी अनलाइन१ पटक पढिएको | मंसिर ५, २०८३ | शनिबार
काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो। यस जितसँगै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ।
लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै लामो समयदेखिको प्रतीक्षा पूरा गरेको छ। यससँगै एनपीएलका तीनवटै संस्करणमा फरक–फरक टोली च्याम्पियन बनेका छन्।