logo
२०८३ मंसिर ५, शनिबार |
☰
📰
🔍
✕

देशलाई समृद्ध बनाउन भ्रष्टाचार अन्त्य र सुशासन आवश्यक : सभामुख अर्याल

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | मंसिर ५, २०८३ | शनिबार
देशलाई समृद्ध बनाउन भ्रष्टाचार अन्त्य र सुशासन आवश्यक : सभामुख अर्याल

काठमाडौँ / सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले एकजुट भएर ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

लायन्स क्लब अफ पोखराको ५०औँ स्वर्ण महोत्सवलाई आज सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सकेमात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।

उनले निजी क्षेत्र बलियो नभएसम्म देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्ने उल्लेख गर्दै युवालाई विदेश पलायन हुनबाट रोक्न निजी क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।