logo
२०८३ मंसिर ५, शनिबार |
☰
📰
🔍
✕

नेपालमा अहिले राक्षसीराज चलिरहेको छ : ओली

प्रभातफेरी अनलाइन७ पटक पढिएको | मंसिर ५, २०८३ | शनिबार
नेपालमा अहिले राक्षसीराज चलिरहेको छ : ओली

काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपालमा राक्षसीराज चलिरहेको टिप्पणी गरेका छन्।

एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई बिनाकारण गिरफ्तार गरी १३ दिनसम्म हिरासतमा राखिएको भन्दै सरकारको आलोचना गरेका हुन्।

उनले ६० वर्ष देशका लागि काम गरेको र जेलनेल तथा यातना भोगेको नेतालाई अकारण पक्राउ गरेर हिरासतमा राख्नु अन्यायपूर्ण भएको बताए। नेताहरूमाथि अन्यायपूर्ण व्यवहार जारी रहे चुप लागेर नबस्ने चेतावनीसमेत उनले दिए।

ओलीले राक्षसीराज निरन्तर रहे नेपाली जनता, युवा र नेसनल युथ फोर्स आन्दोलनमा उत्रिने बताएका छन्।