logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज शपथ लिँदै

प्रभातफेरी अनलाइन० पाठक संख्या | मंसिर ६, २०८३ | आईतबार
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज शपथ लिँदै

काठमाडौं / मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज आइतबार बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले शपथ गराउनुहुनेछ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव शनिबार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।