प्रभातफेरी अनलाइन९ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
वीरगञ्ज / पर्सा जिल्लामा गत कात्तिक महिनामा विभिन्न प्रकृतिका ११८ वटा अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही अवधिमा विभिन्न मुद्दाका फरार तथा प्रतिवादी गरी १२२ जनालाई पक्राउ गरिएको छ।
दर्ता भएका घटनामध्ये आर्थिक अपराधका ४९, सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीका आठ, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ वटा रहेका छन्।
त्यसैगरी, अदालतको फैसला कार्यान्वयनका क्रममा ८५ जना पक्राउ परेका छन्। उनीहरूबाट ३२ लाख ७ हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला भएको थियो।