प्रभातफेरी अनलाइन१० पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विभिन्न एजेण्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। मंगलवारदेखि जारी बैठकमा बिहीवार पनि नेताहरूले पार्टीको ‘हामी तयार छौँ’ अभियान, सुकुम्बासी व्यवस्थापन र रसुवाको भोटेकोशी बाढीको विषयमा छलफल गरेका छन्।
केन्द्रीय सदस्य सुशील भट्टका अनुसार मंसिर १५ गतेदेखि सञ्चालन हुने अभियानको तयारी, पार्टीको १५औँ महाधिवेशनबाट पारित दस्ताबेजअनुसार समाजका मुद्दालाई पार्टीको एजेण्डा बनाउने विषयमा समेत छलफल भइरहेको छ।