logo
२०८३ मंसिर १२, शनिबार |
☰
📰
🔍
✕

मोहन बस्नेतले देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी घोषणा

प्रभातफेरी अनलाइन८ पटक पढिएको | मंसिर १२, २०८३ | शनिबार
मोहन बस्नेतले देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ / नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पूर्वसभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

बस्नेतले आज बिहान पत्रकार सम्मेलन गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै विभिन्न पदमा बसेर काम गरिसकेको भन्दै उनले अब महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्।

देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा समानान्तर महाधिवेशन आयोजना गर्दैछ।