साँगा ÷ काभ्रेको नासिकास्थान साँगा गाविस–२ का केदार बुढाथोकी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको डिनको कार्यलयमा कार्यरत छन् । यो सँगसँगै उनी अर्गानिक खेती (अभियान )मा पनि उतिकै लागेका छन् ।
२०५४ सालदेखि अर्गानिक अभियानमा सक्रिय उनी अर्गानिक खेतीमार्फत राम्रो आम्दानी समेत गरेका छन् । अन्य किसानका लागि अर्गानिक खेतीबारे तालिम समेत दिने बुढाथोकीलाई धेरैले “अर्गानिक अभियन्ता”को समेत संज्ञा दिने गरेका छन् ।
पाँच बर्ष अघिदेखि किबि खेती सुरु गरेका उनले ६५ बोट लगाएका छन् । तीन रोपनीमा किबि खेती उनका किबि तीन बर्षदेखि फल्न थालेका छन् । गत बर्ष ९० केजी किबि बेचेका केदारले यस बर्ष २ सय केजी बेच्ने लक्ष्य राखेका छन् । यो उनले आफ्नो खेतबारीमा तीन सय बोट सुन्तला, एक सय बोट मुन्तलाका साथ तरकारी खेती लगाएका छन् । अर्गानिक खेतीबाट उनले बर्षेनी ७ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
३० रोपनी जग्गामा अर्गानिक खेती गरेका केदारले धेरै ठाउँमा पुगेर अर्गानिक खेतीबारे किसानलाई तालिम दिएका छन् र आफ्नो खेती अनुभब बाँडेका पनि छन् । उनले अर्गानिक खेतीबारे तालिम दिएर राम्रो आम्दानी पनि उनले गरेका छन् । उनले कम्पोष्ट मलका लागि प्रत्येक खेत र बारीको गह्रामा खाल्टो बनाएर उनले कम्पोष्ट मलमात्र प्रयोग गर्दै आएका छन् ।
अर्गानिक तरकारीका साथै किबि, मुन्तला, सुन्तला लगायतका फलफूल लगाएका केदारले अर्गानिक खेतीको आम्दानीबाट बुढाथोकी गाउँमा भव्य घर समेत बनाएका छन् । ‘अर्गानिक खेतीबाट राम्रो आम्दानी गरेर नयाँ भवन बनाएको हुँ, अर्गानिक खेती गर्दा विषादी र रासायिनिक मल प्रयोग गरेर गरिएको खेतीबाट भन्दा बढी धेरै आम्दानी हुन्छ ।’–उनी भन्छन् । उनले पैसा कमाउनका लागि विदेशनै जानुपर्छ भन्ने मान्यतालाई गलत सावित गरिदिएका छन् ।
दिगो भुव्यवस्थापन कार्यक्रमको कृषक प्रतिनीधिको रुपमा १० बर्ष विषादीमुक्त अभियानको नेतृत्वदायी भुमिका खेलेका उनी जिल्लाकै अगुवा किसानको रुपमा चिनिएका छन् । ‘अर्गानिक खेती अभियानका लागि उनी उदाहरण पनि बनेका छन्, उनी आफूले अरु धेरैलाई पनि अर्गानिक खेतीका लागि सिकाएका छन्, देशभरिका धेरैले उनलाई अर्गानिक खेतीका लागि सबैभन्दा असल किसानको रुपमा चिन्छन्, धेरै किसानमाझ उनी चर्चित पनि छन् ।’–कृषि सेवा केन्द्र बनेपाका प्रमुख बलदेव केसी भन्छन् ।
‘पैसा कमाउनका लागि विदेशी जानुभन्दा स्वदेशमै बसेर कमाउन सकिन्छ भन्ने उदाहरण बुढाथोकीले दिएका छन्, अर्गानिक खेती हिराखेती जस्तै हो भनेर पनि देखाएका छन् ।’–कृषि सेवा केन्द्रका सहायक प्राविधिक मुकुन्द केसी भन्छन् ।
‘अर्गानिक खेती गर्दा करोडौ खर्चेर विदेशबाट विषादी र मल पनि ल्याउनुपर्दैन, बजारको पनि दुःख हुँदैन, बरु उल्टो विदेश पठाउन सकिन्छ ।’–उनी भन्छन् । उनको तालिमबाट प्रभावित भएर र उनको अनुशरण गर्दै गाँउमा धेरैले अर्गानिक खेती समेत शुरु गरेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |