Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकिकृत खानेपानीको निर्माण सम्झौता सकियो

प्रभातफेरी अनलाइन २३७५ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण कार्यको लागि ठेक्का सम्झौता गरिएको छ । बनेपा, धुलिखेल र पनौती नगरवासीलाई खानेपानी उपलव्ध गराउन संचालित खानेपानी आयोजनाको निर्माण कार्यको लागि पुस ४ गते सम्झौता गरिएको हो ।
६७ करोड ३३ लाख २६ हजार १ सय १० रुपैँया बरावरको निर्माण सम्झौतामा चिनीया निर्माण कम्पनी निड्डवो निड्डसिड्ड इन्टरनेशनल इड्ढ, चाइनाको तर्फबाट किरण बैद्य र आयोजनाको तर्फबाट काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका व्यवस्थापक कोषनाथ अधिकारी तथा बनेपा, धुलिखेल र पनौती न.पा. कार्यकारी अधिकृतहरु क्रमश सुरथ पोखरेल, गणेश नेपाली र सुदेव कुमार पोखरेलले हस्ताक्षर गरेका छन् । निर्माण कार्य यसै महिनादेखि हुने र दुई वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाका व्यवस्थापक अधिकारीले जानकारी दिए ।
खानेपानी योजना पूरा भएपछि धुलिखेलका २०६२ घरधुरी, पनौतीका ४१३३ घरधुरी र बनेपाका ३९४४ घरधुरीमा धारा बन्नेछन् । खानेपानीका लागि बोर्ड गठनपछि बनेपा, पनौती र धुलिखेलका साना खानेपानी योजनाहरु, खानेपानी संस्था लगायत पनि बोर्डकै मातहतमा आउनेछन् । धुलिखेल खानेपानी उपभोक्ता समितिलाई बोर्डमा ल्याउने नल्याउनेबारे भने अन्योलता छ । योजना अनुसार बनेपामा २४. ८ किलोमिटर, धुलिखेलमा ३७.३ किलोमिटर र पनौतीमा ९७. २ किलोमिटर पाइप लाइन विछ्याइने छन् ।
योजना पूरा भएपछि प्रति व्यक्तिले दिनको ८० लिटर पानी पाउनेछन् । एक तथ्यांक अनुसार, धुलिखेलका लागि प्रतिदिन १० लाख लिटर, बनेपामा २३ लाख लिटर र पनौतीमा २२ लाख लिटर दैनिक पानी आवश्यक छ तर तीनै नपामा पर्याप्त पानी छैन । तथ्यांक अनुसार, धुलिखेल खानेपानी उपभोक्ता समितिमार्फत २, ३, ४ र ५ वडामा खानेपानी सुविधा पुगेपनि अन्य वडामा धेरै समस्या छ । बनेपामा त दैनिक २३ लिटर प्रतिदिन पानी आवश्यक भएपनि ८ लाख, पनौतीमा २२ लाख लिटर चाहिएपनि १० लाख लिटर मात्र संस्थान र विभिन्न योजनामार्फत उपलब्ध हुँदै आएको छ । विशेष गरी बनेपा र पनौतीमा बढी खानेपानी समस्या छ ।
एशीयाली विकास बैड्ढको ८५ प्रतिशत ऋण सहयोगमा बन्ने आयोजनामा बाँकी १५ प्रतिशत तीन नगरपालिकाले बेहोर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0