बनेपा ÷ बनेपा बचत तथा ऋण सहकारी संस्थाले एसएमएसबाट नै मोवाइल तथा डिस होममा रिचार्ज गर्ने सुविधा शुरु गरेको छ । काभ्रे जिल्लामा नै पहिलो पटक सहकारीले यस्तो रिचार्ज सुविधा शुरु गरेको हो ।
सेवा अन्तर्गत नमस्ते जिएसएम, एनसेल, स्मार्ट, सिडिएमएम र डिसहोममा समेत रिचार्ज गर्ने सुविधा छ । यसको लागि १० रुपैँयाबाट खाता शुरु खोल्न सकिने संस्थाका प्रवन्ध सञ्चालक जितेन्द्र नकर्मीले जानकारी दिए । सहकारीले एसएमएस बैँकिङ सेवा समेत शुरु गरेको छ । सेवा अन्तर्गत बचत तथा ऋणको हिसाव, चेक, स्टेटमेन्ट लगायतका जानकारी लिन सकिनेछ । १० हजार माथिको कारोवार गर्दा एसएमएस मार्फत जानकारी समेत दिनेछ । प्रविधीको प्रयोग गरेर सदस्यहरुलाई सर्वसुलभ सेवा उपलव्ध गराउने उद्धेश्यले सेवा शुरु गरिएको संस्थाका अध्यक्ष अमन पोटेले जानकारी दिए । संस्थाले विजुली खानेपानी, स्कुल कलेजको अनलाइन भुक्तानी र इ वैँकिङ सेवा शुरु गर्न लागेको पनि अध्यक्ष पोटेले जानकारी दिए । संस्थाले बनेपा नगरलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियानका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |