Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिहे अघिको सेक्सले दुर्घटना निम्त्याउँछःभावना खड्का

प्रभातफेरी अनलाइन १२०१ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार (१३ साल अघि)
Post Thumbnail

काभ्रे जिल्लाको सुनदर नगर पनौती–११ दलिनचोकमा जन्मिएर कलाको साधनामा आफूलाई समर्पण गरेकी एक प्रतिभा हुन् भावना खड्का । मानिस भएर जन्मिएपछि केहि न केहि रचनात्मक काम गर्नुपर्छ भन्ने सोच बोकेकी बीसौं वसन्तमा पाइला चाल्दै गरेकी उनी कलाक्षेत्रमा आफूलाई समर्पण गरेर यसैको उत्थानमा लागि परिरहेकी छिन् । मानविकी संकायको स्नातक प्रथम वर्षमा अध्ययनरत उनी नृत्य भन्नासाथ हुरुक्कै हुन्छिन् । धुलिखेल नवयूवा साँस्कृतिक समूहका सदस्य एवं रेडियो एबिसीका रेडियो जक्की उनी डान्सिङ् स्टार २०१२ का सेकेण्ड रनर अप हुन सफल भइसकेकी छिन् । स्टेज आइकन लगायतका विविध कार्यक्रमहरुमा कोरियोग्राफरको रुपमा आफूलाई चिनाउन सफल उनै प्रतिभा भावना खड्कासँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–

कला क्षेत्रमा कहिलेदेखि के देखेर लाग्नुभयो ?
कलाक्षेत्रमा म सानैदेखि आकर्षित थिएँ । मेरो मन पर्ने क्षेत्र हो कलाकारिता । मेरो ठूलो सौख थियो यस क्षेत्रमा लागेर आफूलाई र आफ्नो प्रतिभालाई सबैसामु चिनाउने । अनि नाम कमाउने सौखले गर्दा यस क्षेत्रमा लागें । रहरै रहरले यस क्षेत्रमा लागेको भन्दा पनि हुन्छ । सानैदेखि विद्यालयको कार्यक्रम मार्फत कलाक्षेत्रमा सक्रिय भएकी हुँ ।
तपार्इं यस क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । आफ्नो छुट्टै पहिचान र नाम छ । साथिभाईको माया र सहयोग पाएकोछु ।
तपाईंको विचारमा नृत्य के हो ?
नृत्य एउटा जीवनका सुखदुखका पाटो हेन् मेरो लागि । जहिले देखि नृत्यसँग नजिक भएँ त्यसैबेलादेखि नृत्य मेरो जीवनको पाटो बनिसकेको छ ।
नृत्य क्षेत्रमा के कस्ता विकृति छन् त ?
विकृतिहरु त छन् नै तर खुट्टा तान्ने प्रवृत्ति र मौलिक लोक संस्कृतिलाई छाडेर पश्चिमा संस्कृति मौलाउन थालेको छ नृत्यको क्षेत्रमा यहि नै मुख्य विकृति हो जस्तो लाग्छ नृत्यको क्षेत्रमा मेरो विचारमा ।
के यस्ता विकृति हटाउन नसकिएला र ?
सकिन्छ तर यसको लागि कलाकार स्वयम तथा कलाप्रेमीहरुको साथ र लगावको आवश्यकता छ । कलाकारको आफ्नै लापरवाहीका कारणले पनि यस्ता विकृतिहरु बढ्दै गएकाले कलाकार आफै पनि सजग हुन आवश्यक छ ।न्युजमभिडियोहरुमा समेत गीतको भाव एकातिर भिज्युअलका कलाकारहरुको गेट अप एकातिर भइरहेको पाइन्छ । यस्ता प्रवृत्तिले यो क्षेत्रलाई झनै विकृत तुल्याएको छ । कलाकारले आफ्नै महत्व घटाइरहेको खवस्था छ । कलाकारले नै पहिला आफ्नो महत्व र इज्जत बढाउनसके यस्ता विकृति धेरै हदसम्म कम हुन्छ भनने मलाई लाग्छ ।
कलाकारलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ त?
हाम्रो समाजमा कलाकारलाई तल्लो स्तरबाट हेर्ने गरिएकोछ । सबैभन्दा पहिले कलाकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ । यस्ता दृष्टिकोणले गर्दा पनि कतिपय प्रतिभाहरु पलायन हुन बाध्य भएका छन् । हुन त कलाकारमा स्वस्थ प्रतिष्पर्धा नहुनुले पनि यस्तो भएको हो भन्ने मलाई लाग्छ । सिनियरहरु पनि जुनियरले जान्ला र आफूलाई उछिन्ला कि भन्ने मानसिकताबाट ग्रस्त भएको पाइन्छ त्यसैले पनि यस्तो भएको हो कि ।
यूवापुस्ताको पश्चिमा संस्कृति मोह बढेको पाइन्छ नि यस क्षेत्रमा ?
आफ्नो कला र संस्कृति आफ्नै हुन्छ भन्ने नबुझेर नै यूवापुस्ता त्यता आकर्षित भएका हुन् । विदेशीले समेत मन पराउने हाम्रो कला संस्कृतिलाई हामी भुल्न खोज्दैछौं । पक्कै पनि यो राम्रो होईन होला । केहि नक्कल गरेर विकास गर्नु राम्रँे हो तर त्यसैमा लिप्त हुनु राम्रो कुरो होईन । यस्तै स्थिति रहने हो भने एक दिन हाम्रो मौलिक कला र संस्कृति लोप हुन बेर छैन त्यसैले सबैले एकपल्ट सोच्न आवश्यक छ ।
कलाकारले यसको लागि पहल गर्नुपर्ने होईन र ?
पक्कै पनि यसमा कलाकारको पनि भूमिका रहन्छ नै । कलाकारहरुले विभिन्न मनोरन्जनात्क कार्यक्रम मार्फत कला संस्कृति प्रति सजग रहन सन्देश दिनुपर्छ नै तर कलाकारहरुले यसमा प्रभावकारी सन्देश दिन सकेको छैन । सम्भव भएसम्म कलाकारहरुले पनि मौलिक नेपाली भेषभूषा व्यवहारमा पनि लागु गरेर वर्षमा केहि दिन अबसरहरुमा लगाउने प्रवृति बसाउन सके झनै उत्तम हुने थियो ।
माया के हो ?
माया एउटा अनुभूति हो । भित्रि र्हदयदेखि गरिने अनुभव जसलाई हामी महसुस मात्र गर्न सक्छौं ।
जीवन के हो ?
जीवन एक बलिरहेको मैनबत्ती हो । कतिखेर निभ्छ थाह नै हुँदैन । जुन एउटा तीतो सत्य हो । तर त्यो मैन बत्ति बलुन्जेल जसरी उज्यालो दिन्छ त्यसरी नै हामीले पनि जीवनमा केहि रचनात्मक कम गरेर देखाउन सक्नुपर्छ । यो नै हामीलाई जीवनको चुनौती हो ।
सेक्स के हो ?
सेक्स एउटा वंश अघि बढाउने प्रकृया हो । यो एउटा वंश विस्तारको माध्यम पनि हो । यसको सदुपयोग गर्न जान्नुपर्छ ।
बिहे अघिको सेक्स……………… ?
हाम्रो समाजले यसलाई पचाउन सक्दैन । त्यसैले यो ठीक होईन । कतिपय आत्महत्याका घटना घट्ने गरेका छन् । जुन बिहे अघि को सेक्सका दुस्परिणाम स्वरुप घट्ने गरेको पाइन्छ । बिहे अघिको सेक्सले दुर्घटना मात्र निम्त्याउँछ । यसबाट सकारात्मक भन्दा नकारात्मक परिणाम निस्कने गर्छ ।
अन्तमा…………… ?
सर्वप्रथम त मध्यमार्ग साप्ताहिक र तपाईंलाई धन्यवाद । अनि सबै मिलेर आफ्नो मौलिक कला र संस्कृतिलाई जोगाउनुपर्छ । कला र कलाकारलाई कसैले पनि नकारात्मक नसोचौं । कला र कलाकारिताले मनोरन्जनका माध्यमबाट समाजका तीता यथार्थलाई प्रष्ट्याउँछ भन्न चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0