प्रभातफेरी अनलाइन१९१३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २८, सोमबार(१३ साल अघि)
पाँचखाल÷ सर्वमंगला उच्च माध्यमिक विद्यालय पाँचखालले विद्यालय स्थापनाको ५० बर्ष पार गरेको अवसर पारेर स्वर्ण जयन्ती मनाएको छ ।
कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्माले सबै पं्रकारको भविष्य नेपालमा नै रहेको तर्क गर्दै यसको पहिचान गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नारायण प्रसाद भट्ट, नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष महेश पौडेल, समारोह व्यवस्थापन उप—समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद दुलाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ अधिकारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रविन्द्रराज सिपखान, प्राचार्य दामोदर अधिकारी, शिक्षक शुभ अधिकारी, पूर्व विद्यार्थी रविन्द्रनाथ श्रेष्ठ, कविराज सिपखान, जमुना दंगाल, लगायतले विद्यालयका विभिन्न उतारचढावबारे चर्चा गरेका थिए । २०२० सालमा स्थापना भएको बिद्यालयबाट हालसम्म २ हजार ६ सय ८३ जनाले प्रवेशिका उत्तीर्ण गरिसकेका छन् । १ हजार २ सय ७४ जना उच्च माध्यमिक तह उत्तीर्ण भएका छन् ।