Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ढुर्खक च्याम्राङबेशी सडकको स्तरोन्ती हुँदै

प्रभातफेरी अनलाइन १९८२ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
ढुर्खक च्याम्राङबेशी सडकको स्तरोन्ती हुँदै

उद्योगराज्य मन्त्री बादेद्धारा शिलान्यास

मधुसुधन तिमल्सिना
बेथानचोक / विकटक्षेत्र मानिने डाँडापारी जोडिने सडक स्तरोन्नती हुने भएको छ । उक्त सडकको उद्योग राज्य मन्त्री कञ्चन वादे श्रेष्ठले मंगलबार एक कार्यक्रम बिच शिलान्यास गरेका छन ।
खोपासी, ढुर्खक, च्याम्राङबेसी, मिल्चे बोरान सडकको खोपासी देखि च्याम्राङबेसी खण्ड स्तोरन्नती हुने भएको हो । नेपाल सरकार, एसियाली विकास बैक, र स्वीस सरकार विकास सहयोग कार्यक्रमको साझेदारीमाा संघिय मामिला तथा स्थानीय विकास मान्त्रालय मार्फत भूकम्प आपतकालिन सहायता आयोजनाले आगामी १३ महिना भित्र उक्त सडक मर्मत सम्पन्न गर्ने जनाएको छ ।
नाली सहित ६.५ मि चौडामा निमार्ण हुने उक्त सडकको कुल लागत २१ करोड ५६ लाख रुपैया रहेको छ । सडक शिलान्यास गर्दै राज्य मन्त्री वादेले पूर्वाधारको विकास नै सम्बृद्धिको आधार भएको बताए । जिल्लाको मात्र नभएर देशको राजधानीबाट नै दक्षिण तर्फजाने सबै भन्दा उपयुक्त नाका भएको बताउँदै यस मार्गलाई धरानको चतरा सम्म जोडन अध्ययन भइरहेको जानकारी दिए ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव जीवन कुमार श्रेष्ठले सडक निमार्ण र विस्तरले स्थनिय उत्पादन बृद्धि हुनु पर्ने कुरामा जोड दिए । उनले मुलुकभर ५८ हजार किलो मिटर सडक निमार्ण भएको उल्लेख गर्दै भावी दिनमा सवै सडकलाई स्त्तरोन्ती गर्ने योजना रहेको बताए । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले बाटोको गुणस्तर कायम गर्न स्थानीयले पनि जिम्मेवारी रहेको बताउँदै स्थानिय सक्रिय भएमा मात्र आर्थिक रुपान्तरण हुनेमा जोडदिए ।
भुकम्प आपतकालिन साहायता आयोजनाका परियोजना प्रमुख ईश्वर चन्द्र मरहठ्ठाले भूकम्प पीडितका लागि निजी आवास सँगै सडक संजालको पनि विस्तार गर्ने योजना अनुरुप मुलुकमा १४ अयोजना मध्ये २ ओटा आयोजना काभ्रेमा संचालन गर्न लागेको जनाकारी दिए । जिल्लाको विकट क्षेत्रमा ढुवानीको समस्या भएका बेला छोटो समयमै परियोजना सम्पन्न गरेर निजी आवस निमार्णका लागि सहजता निमार्ण गर्न लागेको उनले बताए । उनका अनुसार खोपासी देखि च्याम्राङबेसी सम्मको १४ किलो मिटर ग्राभेल र ५.७ किलोमिटर कालोपत्र गर्न लागिएको हो । २०७५ असार सम्ममा आयोजना निमार्ण सम्पन्न हुने छ । समय र तोकिएको सडकको गुणस्तरमा कुनै सम्झौता हुने छैन उनले भने ।
बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उक्त सडक निमार्णका लागि स्थानिय तहको तर्फबाट सक्दो सहयोग गर्ने र यस सडकलाई तराईको सडक संजालसँग जोडन पहल गरिने बताए ।
जिल्लाको डाँडापारी क्षेत्रमा पुग्ने उक्त सडक निमार्णकै क्रममा रहेको छ । हाल खोपासी देखि च्याम्राङबेसी सम्म ट्रयाक निमार्ण भएको छ । च्याम्राङबेसी देखि मिल्चे बोराङ सम्म ट्रयाक खोल्ने क्रम जारी छ । धेरै क्षेत्र माहाभारत पर्वतमा पर्ने खोपासी च्याम्राङबेसी खण्डमा ट्रयाक निर्माण पछि स्थानिय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चट्टान युक्त पहाडी भू–भागका कारण करोडौ खर्चेर पनि उक्त खण्ड पुरा हुन नसकेको बेला युक्त कार्यक्रमले राहत महशुस भएको बेथाञ्चोक १ का वडा अध्यक्ष सोम प्रसाद घिमिरेले बताए ।
कार्यक्रममा बेथानचोक ४ का वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली काँगे्रसका सहसंयोजक कृष्णबहादुर पाख्रिन, एमालेका संयोजक बेदप्रसाद तिमल्सिना, माओवादी केन्द्रका सह संयोजक तेजबहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0