Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीमा नवनिर्वाचितलाई बधाईको ओइरो

प्रभातफेरी अनलाइन ५२०२ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
पनौतीमा नवनिर्वाचितलाई बधाईको ओइरो

पनौती / पनौती–७ मा रहेको ज्ञान विकास सामुदायिक पुस्तकालय एवं सिकाइ केन्द्रद्धारा बैसाख ३१ गते सम्मपन्न निर्वाचनबाट निर्वाचित पनौती नगरपालिका नगर प्रमुख, नगर उप–प्रमुख र नगरपालिकाका १२ वडाहरुका वडा अध्यक्ष एवं सम्पूर्ण निर्वाचित नगर सदस्यहरुलाई स्वागत, सम्मान एवं कार्यकालको सफलताको लागि बधाई एवं शुभकामना प्रदान गरिएको छ ।

नेपालीले सक्छौं अभियान अन्तर्गत नेपाली स्रोत र साधनमा निर्माण भएको जिल्लाकै उत्कृष्ट पुस्तकालयको आयोजनामा भएको शुभकामना कार्यक्रम ज्ञान विकास सामुदायिक पुस्तकालयका अध्यक्ष ओम कृष्ण श्रेष्ठ र नवनिर्वाचित नगरप्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरउप प्रमुख गिता बञ्जाराको विशेष आतिथ्यता रहेको थियो भने पुस्तकालयका पूर्वअध्यक्ष एवं सल्लाहकार महेश कुमार कर्माचार्य, पूर्वअध्यक्ष एवं साहित्यकार सूर्य प्रसाद लाकोजू, नवनिर्वाचित पनौती नपा–१ का वडाध्यक्ष गुनानाथ सापकोटा र वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले बोलेका थिए ।

नवनिर्वाचित नगरप्रमुख, नगर उपप्रमुख एवं सम्पूर्ण वडाका वडाअध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा पुस्तकालयको इतिहासको बारेमा पूर्वअध्यक्ष कर्माचार्यले र पुस्तकालय गतिविधिको बारेमा कोषाध्यक्ष रविचन्द्र कर्माचार्यले जानकारी दिए । पूर्वअध्यक्ष लाकोजूले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन सचिव सिजन सुधाकारले गरेका थिए ।

त्यस्तै, इन्द्रेश्वर क्याम्पस पनौतीले बुधबार नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ ताम्राकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद रामहरी सुवेदी, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष धनबहादुर जंगम, सदस्य तथा वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष रामचन्द्र नास्नानी, क्याम्पस प्रमुख श्रीकुमार सुवाल, नवनिर्वाचित नगरप्रमुख भिम न्यौपाने लगायतले बोलेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0