Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’

प्रभातफेरी अनलाइन ६२३८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ३०, मंगलबार (८ साल अघि)
‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’

–गिता नेपाल , हाँस्यकलाकार

‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’ –गिता नेपाल , हाँस्यकलाकार  हिजोआज कलाक्षेत्रमा धेरै नै प्रतिश्पर्धा छ । कोहि रहरले त कोहि बाध्यताले पनि यसमा आउनेहरु छन् । यस्तै मध्ये विगत ३ वर्ष देखि कलाकारिता गर्दै आउनु भएकी प्रतिभाको नाम हो गिता नेपाल । काभ्रेको मण्डनदेउपुर नगरपालिका ९ स्थायी घर भएर राजधानीलाई कर्मक्षेत्र बनाउदै आउनु भएकी गिता हिजोआज हाँस्यश्रृंखला हाक्का हाक्कीमा निकै नै दमदार अभिनय दिदैं आउनु भएको छ । उनै कलाकार नेपालसँग यसपटक मध्यमार्गका विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले रमाइलो कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः
यहाँको परिचय दिनुस न ,
नाम गिता नेपाल । मण्डनदेउपुर नगरपालिका ९, काभ्रे

कलाक्षेत्रमा कहिले देखि लाग्नु भयो ?
०५८ साल देखि फिल्म क्षेत्रमा लागेको हुँ । तर आफ्नो कला चैं खासै देखाउन पाएको थिएन । अहिले ३ वर्ष यता चाहिं अभिनय पनि गर्दै छु ।

कसको प्रेरणाले कला क्षेत्र रोज्नु भएको हो ? 
सानै देखि यो क्षेत्र मन पथ्र्यो । कसैको प्रेरणाले भन्दा पनि आफ्नै रुचीले हो । दिपक राज गिरी र दिपाश्रीको कार्यक्रम रेडियो नेपालमा धनियाँ र रामविलास भनेर आउँथ्यो । मलाई पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि एक जना धर्मेन्द्र चौधरी भन्ने साथीको सहयोगले यो क्षेत्रमा लागेकी हुँ ।

अहिले सम्म के–के मा अभिनय गर्नु भयो ?
अहिले सम्म ४ वटा टेलिफिल्ममा अभिनय गरें ।  डिठ्ठा साब, विष, हाक्का हाक्की, लगायत मदनकृष्ण र हरिवंश दाईहरुको सिरियलहरुमा पनि अभिनय गरेकी छु । ठूलो पर्दाको फिल्म झोला, मशान, इकु २ मा पनि काम गरिसकें ।  अब कालेदाईमा पनि अभिनय गर्दैछु ।

कलाक्षेत्रमा सजिलो के पाउनु भयो ? 
कला क्षेत्रमा सजिलो त छैन । काममा अप्ठ्यारो नै कलाक्षेत्र हो । समयमा खान र पाईंदैन, सुत्न पाईंदैन । गाह्रै छ नि ।

कला के हो जस्तो लाग्छ ?
दर्शकलाई हँसाउने, रुवाउने , भावुक बनाउने र मायाप्रेम लगायतका विषयमा अभिनयका माध्यमबाट व्यक्त गरिने प्रस्तुती नै कला हो झैं लाग्छ । देशको गहना पनि कला नै हो । यसले धेरैलाई चिनाउने पनि गर्छ । लुकेका विषयहरुलाई सबै सामु देखाउँछ ।

कला क्षेत्रको प्रतिश्पर्धामा प्रवेश गर्दा नयाँ कलाकारले कतिको चुनौती खेप्नु पर्छ ?
अहिलेको परिवेशमा नयाँ कलाकारहरुले धेरै नै प्रतिश्पर्धा गर्नुपर्छ । अहिले कि पैसा चाहियो कि पावर । यी दुई चिज छ भने अभिनय नजाने पनि यसक्षेत्रमा लाग्न सकिन्छ । तर यो राम्रो भने होइन, यसले अभिनय गर्न सक्ने क्षमतावान प्रतिभाहरु ओझेल पर्छन् ।

पछिल्ला दिनहरुमा कलाक्षेत्र भित्र धेरै विकृतिहरु पनि भित्रिएको आरोप छ नि, केहि भेट्नु भयो यहाँले ?
पक्कै पनि , तपाईंले भन्नु भएझैं केहि विकृतिहरु देखिएका छन् । ज्योति मगर जस्ता कलाकारहरुले समाजमा नपच्ने अभिनय गरेर यो क्षेत्रको बदनाम नै गरेको सबैलाई थाहा छ । यस्ता मान्छेलाई प्रवेश हुन नदिने हो भने कलाक्षेत्रले नसोचेको सफलता पाउन सक्छ ।

कलाक्षेत्रलाई माथी उकास्न कलाकार र राज्यले के गर्नु पर्छ जस्तो लाग्छ ? 
राज्यले भन्दा पनि कलाकारहरुले नै गर्नु पर्छ । विकृति र विसंगतीलाई अन्त्य गर्नु पर्छ । राम्रो काम गर्न सके राज्यलाई पनि अधिकारका कुरा गरेर विभिन्न माग राख्न सकिन्छ । तर अहिले ज्योति मगर जस्ता कलाकारले समग्र कलाक्षेत्रलाई समस्या पारिरहेका छन् । यो राम्रो होइन । कलाकारहरुले राम्रो पनि गरेका छन् । धुर्मुस र सुन्तलीका कामलाई पनि हामीले मुल्यांकन गर्नै पर्छ ।
त्यस्तै काम गर्ने कलाकारहरुलाई पारिश्रमिकको तह निर्धारण गर्न पनि जरुरी छ । मान्छेहरुले सित्तैमा पनि काम गरिरहेका छन् । कम पारिश्रमिकमा पनि काम गरिरहेका छन् । कसैले सोचेको भन्दा धेरै पैसा पनि लिएका छन् । यसले गर्दा सबैमा समानता छैन । राज्यले यो विषयमा सोच्न जरुरी छ जस्तो लाग्छ ।

तपाईंको भविष्यको लक्ष्य नै यहि हो कि अरु केहि रोज्नु भएको छ ? 
मेरो भविष्यको लक्ष्य नै यहि हो । म प्रायः यसमै व्यस्त छु । कलाकारिता नै गरिरहेको छु । सन्तुष्ट पनि छु । मेरा २ जना छोरीहरु छन् । उनीहरुलाई पनि यसमै लाग्ने वातावरण बनाउने सोच छ ।

एउटा कलाकारको नाताले भन्नु पर्दा देशको वर्तमान अवस्थालाई यहाँले कसरी लिनु भएको छ ? 
म त कुनै राजनितीक दलको मान्छे त होइन । तर नेताहरुले जुन काम गरिरहेका छन् , त्यो राम्रो लाग्दैन । बरु कलाकारहरुले देश निर्माणको काम गरिरहेका छन् । नेताहरु रमिते बनेका छन् । जनमतको कदर सम्म गर्न नजान्नेले के राजनिती गर्नु र ?

कुराकानीका लागि समय दिनुभयो , यहाँलाई धेरै–धेरै धन्यवाद । 
मलाई पनि मेरो विचारहरु राख्ने अवसर दिनु भएकोमा तपाईं र तपाईंको संचार माध्यमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

ज्ञानमणि नेपाल कालोटोपी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0