Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘प्रकृति भन्नु नै जीवन हो’

प्रभातफेरी अनलाइन ५८९९ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
‘प्रकृति भन्नु नै जीवन हो’

अहिलेको २१औं शताब्दीको वातावरणीय समस्याहरुलाई केलाएर हेर्ने हो भने खडेरी वा मरुभूमिकरण विश्वको एक प्रमुख वातावरणीय समस्या भएर आइरहेको देखिन्छ । जुन समस्याले निम्त्याउने भयावह परिणामबाट मानवको त के कुरा यस धर्तिमा रहेका कुनै पनि जीवको स्वास्थ्यमा मात्र नभएर अस्तित्वमा नै संकट आउनसक्ने देखिन्छ ।विश्व समुदायमा नै अत्याधिक रुपले भइरहेको जनसंख्या बृद्धिको प्रत्यक्ष असर वातावरणमा पर्न जाँदा खडेरी तथा मरुभूमिकरण जस्ता समस्याहरु दिनदिनै बढिरहेका छन् ।
जनसंख्या बृद्धिसँगै एकातिर वनजंगलहरु व्यापक रुपले मास्दैछ भने अर्कातिर घर, घडेरी, आवासक्षेत्र निर्माण, औद्योगिकरण, शहरीकरण आदिले गर्दा खेतीयोग्य जमिनदेखि वनपाखा, जंगल आदिको अविवेकशील रुपले व्यापक प्रयोग भइरहेछ ।
हुन त केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गरिएको छ, जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादन क्षमतामा कमि हुनआई उत्पादनशील भूमि क्रमिक रुपले अनुत्पादक हुन थाल्दछ । अधिक रुपले भूमिहरु अनुत्पादक हुनजाँदा सिर्जना हुने भयावह अवस्था नै मरुभूमिकरण हो ।
मानव जनसंख्या बृद्धिसँगै पछिल्लो शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै अति दुःखदायी तवरले भएको पाइन्छ । यही अवस्था नै विद्यमान भइरहने हो भने विश्वमानचित्रमा रहेका सबैजसो देशहरुले खडेरी र मरुभूमिकरणको अवस्था सामना गर्नुपर्ने प्रायः निश्चित नै देखिन्छ ।
नेपालकै कुरा गर्ने हो भने पनि केही दशकयता भूमिको व्यापक रुपले अनुचित प्रयोग भएको देखिन्छ । कृषि कार्यमा पानीको संकट, प्लानिङ्ग गरेर घडेरी बनाउने नाममा अधिक डाँडापाखाहरुको कटान, विभिन्न उद्योगधन्दाहरुको स्थापना आदिको प्रत्यक्ष प्रभाव जमिनमा परिरहेको देखिन्छ । ‘हरियो वन नेपालको धन’ भन्ने उखानसँगै वनजंगलको महत्व लोप हुँदै जाँदा व्यापक वनजंगल फडानी भएको देखिन्छ । २०७२ सालमा गएको महाविनाशकारी भुकम्प पश्चात भुकम्पपीडितहरुलाई आवास निर्माण सहुलियत दिने पनि वनजंगलको व्यापक रुपले अनुचित प्रयोग भएको देखिन्छ । जसले गर्दा पानीको स्रोतहरुको कमि आई खडेरीको खतरा बढ्नसक्ने सम्भावना बढी नै देखिन्छ । केही दशकयता भएको वनफडानीकै दरले वनजंगलको फडानी भइरहनेछ । केही दशकमा नै नेपाल ठूलो वातावरणीय संकटमा फस्ने प्रायः निश्चित देखिन्छ ।
मलिलो उर्वर खेतीबारी भन्दा कंक्रिटको घरघडेरी ठ्याउने मोहमा अधिकांश मानिसहरु तल्लीन रहेको देखिनु वास्तवमै हामी सबैको लागि दुःखको कुरा हो । भूमिको वास्तविक प्रयोग कृषि हो, तर पनि विश्व मानचित्रमा भूमिको दुरुप्रयोग र भूउपयोगको गलत व्याख्या गर्न थालिएको छ । जसको परिणामस्वरुप विश्वभरीमा ८१ करोड जनसंख्या खाद्यान्न संकटको असरमा रहेको देखिन्छ ।
माटो, पानी, आकाश, अग्नी र हावा जस्ता पञ्च तत्वबिना जीवन वास्तवमै सम्भव छैन भन्दा हुन्छ । आधुनिक वैज्ञानिक युगमा प्रवेश गरेको विश्वले ठूलाठूला आविष्कार त उत्पादन गर्न सकेको छ तर प्राणआधार बनेर रहेको एकचिम्टी माटो आविष्कार गर्न सकेको छैन । आखिर हामी सबैलाई थाहा छ, प्रकृतिको विकल्प छैन । प्रकृतिबिना जीवन सम्भव छैन, तरपनि हामी प्रकृतिसँग निहु खोजिरहेका छौं । जुन आफैमा एक मूर्खतापूर्ण व्यवहारभन्दा बढी केही होइन । यदि हामी प्रकृतिसँग मिलेर अगाडी बढ्न सक्यौं भने प्रकृतिको अस्तित्वसँगै हाम्रो अस्तित्व पनि सम्भव छ यदि हामी यही रुपले अगाडि बढ्ने हो भने प्रकृतिको विनाशसँगै हाम्रो विनाश निश्चित छ । बैद्धिक सनातन संस्कारले समेत यी पञ्चतत्व अर्थात् प्रकृतिलाई हाम्रो जीवनआधार मानेर संरक्षणलाई जोड दिई आह्वान गरेको पाइन्छ ।
बढ्दो मरुमूमिकरण र खडेरी बिरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले १७ जुनको दिनलाई ‘विश्व खडेरी बिरुद्ध संघर्षको दिवस’को रुपमा मनाउँदै आएको पाइन्छ ।
यस वर्षको नारा ‘हाम्रो जमिन हाम्रो घर र हाम्रो भविष्य’ भन्ने रहेको छ । वास्तवमा जमिन, घर र भविष्य बीचको सन्तुलनबाट नै हाम्रो अस्तित्व कायम रहन सक्दछ । जमिनलाई माया गर्नसके यसले हामीलाई माया गर्दछ । जमिन बिना कुनै पनि जीव बाँच्न सक्दैन । तसर्थ, जमिन भन्नु जीवनआधार नै हो । जमिनको संरक्षण गर्नु नै हामीले आफ्नो तथा आफ्ना सन्ततिको जीवन अनि भविष्य संरक्षण गर्नु हो । तसर्थ, जमिनको सही सदुपयोग गरौं, वनजंगल, जलसम्पदा आदिको संराक्षण गरौं ।
स्वस्थ, संरक्षित र सन्तुलित प्रकृति रहेमा मात्र हाम्रो जीवन पनि स्वस्थ, संरक्षित र सन्तुलित रहन सक्दछ ।
तसर्थ, प्रकृति नै जीवन हो । त्यसैले विश्व समुदायमा बढ्दै गइरहेको खडेरी तथा मरुभूमिकरणको समस्यालाई सम्पूर्ण विश्वसमुदायको साझा समस्या एवं चासोको विषयको रुपमा लिई आफ्नो आफ्नो क्षेत्रबाट सक्दो प्रयोस गरी यो समस्यालाई निराकरण गर्नु नै आजको आवश्यकता हो ।
प्रत्येक राज्यले पनि एउटा निश्चित प्रभावकारी नीतिमार्फत प्रकृति संरक्षण सम्बन्धी नीतिहरुलाई सही ढंगले गम्भीरतापूर्वक कायम गर्न सकेमात्र यो दिवसको नाराले वास्तविक प्रत्येक व्यक्ति सचेत भई जमिन लगायत समग्र प्रकृतिको संरक्षण र उचित प्रयोगमा लाग्नु आजको आवश्यकता हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0