logo
२०८३ अषाढ १३, शनिबार |
📰
🔍

रुख कटहरको उत्पादनमा वृद्धि

प्रभातफेरी अनलाइन३४६८ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार(१३ साल अघि)
रुख कटहरको उत्पादनमा वृद्धि

चण्डेनीमण्डन ÷ जिल्लाको उत्तरी भेग स्थित चण्डेनीमण्डनमा यस वर्ष विगतको भन्दा रुखकटहरको उत्पादनमा वृद्धि भएको छ ।
फल लाग्ने  समयमा पर्याप्त मात्रामा वर्षा भएका कारण रुखकटहरको उत्पादनमा पनि वृद्धि भएको हो । रुख कटहरको लागि जिल्लामै प्रसिद्धि कमाएको मण्डन भेगमा यतिखेर अधिकांश कृषकहरुको बारीमा भएका रुखहरुमा लटरम्मै फल लागेका छन् । रुख कटहर मात्र होईन, आँप, नास्पाती, आरु, आरुबखडा जस्ता फलफूलहरु तथा अन्य बालीहरुमा पनि यस वर्ष रामै्र फल लागेर फाइदा धेरै हुने संकेत देखिएकाले किसानहरु खुशी देखिएका छन् । स्थानीय किसान सुर्दशन नेपाल कटहरबाट राम्रै आम्दानी हुने आशा गर्छन् । “फल लाग्ने बेलामा पानी राम्रै परेकाले यो बर्ष र।म्रै आम्दानी हुने अनुमान गरेका छौँ । ” उनले भने ।
अधिकाशं वेशी र टार रहेको मण्डनमा गर्मी हुन्छ । सोही कारण कटहर, आँप लगायतका फलफुल हुने गरेको छ । सो क्षेत्रका करिव ७ सय घरधुरीमा ४ देखि ५ बोटसम्म कटहरहरु छन् । एक बोटमा ५० देखि १ हजारसम्म कटहर फल्छन् । तरकारीका लागि प्रतिगोटा २०  मा र पाकेको   मा ५० रुपैयासम्ममा विक्री हुने गरेको छ ।
एक पटक रोपे पछि वर्षै पिच्छे रोप्नु नपर्ने र खेर गएको जमिनमा पनि रोपेर फाइदा लिन सकिने भएकाले धेरै जसो कृषकले रुख कटहर लगाएका छन् । बैशाख जेठमा यसको तरकारी खाने गरिन्छ भने साउनतिर यो पाक्ने गर्छ । तरकारीको लागि पनि राम्रो भाउ आउने भएकोले किसानहरुले यसको विक्री थालिसकेका छन् ।  जिल्लाका स्थानिय बजारका अतिरिक्त राजधानीको बजारमा पनि विक्रिका लागि लगिने गरिएको छ ।