Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाडौँ विश्वविद्यालयको बजेट करिव ४ अर्ब

प्रभातफेरी अनलाइन ४६६१ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (८ साल अघि)
काठमाडौँ विश्वविद्यालयको बजेट करिव ४ अर्ब

धुलिखेल / काठमाडौं विश्वविद्यालयले आर्थिक वर्ष २०७४÷७५ मा गर्नुपर्ने कार्यक्रमहरूको बजेटसमेत पारित गरेको छ । बुधबार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्यविज्ञान कार्यक्रमको २ अर्ब ६४ करोड १३ लाख ४२ हजार रुपियाँ र अन्य कार्यक्रमहरूको १ अर्ब २७ करोड २० लाख गरी जम्मा ३ अर्ब ९१ करोड ३३ लाख ४२ हजार रुपियाँको बजेट पारित गरेको थियो ।
सभालाई सम्बोधन गदै कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालय राष्ट्रिय समुदायको हितमा अघि बढ्नुपर्ने र विभिन्न व्यवस्था गरेर विपन्न वर्गका जेहेन्दार विद्यार्थीहरूको पहुँचमा पुग्न सक्नुपर्ने बताउँदै विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक निकाय बनाउनुपर्नेमा जोडदिए । उनले विश्वविद्यालयलाई अनावश्यक विवादमा तान्नु हुँदैन, बाह्य र राजनीतिक हस्तक्षेपबाट पूर्णतया मुक्त राख्नुपर्ने बताए । उनले आफ्नो संरचनालाई युगानुकूल परिमार्जन गरी समय र समाजको आवश्यकताअनुसार कार्यक्रम विस्तार गर्न पनि निर्देशन दिए ।
उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं सहकुलपति गोपालमान श्रेष्ठले देशमा भएका स्रोत–साधनलाई जनताको हितमा अधिकतम उपयोग गराउन सक्ने किसिमका अनुसन्धानहरू गर्नुपर्ने र देशभित्रका समस्याहरूको समाधान गर्ने दिशामा विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, क्रियाकलाप र अनुसन्धानहरू लक्षित हुनुपर्ने बताए । उनले विदेशी विद्यार्थीहरूलाई यहाँ आकर्षित गर्न सक्नुपर्छ भन्दै काठमाडौँ विश्वविद्यालयले हातमा सीप नभएका तर रोजगारीको खोजी गर्दै विदेशमा भौँतारिएका नेपाली युवाहरूलाई आफ्नै देशमा ल्याएर आर्थिक शक्तिमा रूपान्तरण गराउन सक्ने जनशक्तिको उत्पादन गराउनुपर्नेमा जोड्दिए ।
सभामा स्वागत मन्तव्य व्यक्त गर्दै उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले समुदायलाई उत्पादनशील र सिर्जनशील बनाउन विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्यहरू भइरहेका, स्वदेशी तथा विदेशी सङ्घ–संस्थाहरूसँग सहकार्य भइरहेको, यहाँको जनशक्तिलाई अझ दक्ष बनाई वृत्ति विकास र व्यक्तित्व विकास गराउन सबै तहमा ‘स्टाफ मोबिलिटी’ का अवसरहरू दिन थालिएको र यहाँबाट प्राप्त हुने ज्ञान र सीप दुर्गम क्षेत्रका समुदायको हितमा उपयोग गराउन विभिन्न कार्यहरू भइरहेको जानकारी गराए । उनले विपन्न वर्गका जेहेन्दार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन रजत महोत्सवको अवसर पारी ‘उपकुलपति रजत महोत्सव छात्रवृत्ति कोष’ खडा गरिएको जानकारी पनि दिए ।

 

रिक्त रहेका पदहरुमा नियुक्त
बैठकले कार्यकारी परिषद्को सिफारिसअनुसार विश्वविद्यालय सभामा रिक्त रहेका सभासद्हरूमा प्राचार्य मध्येबाट डा. चन्दा कार्की, चन्दादातामध्येबाट राजेन्द्र खेतान र सञ्जीव राजभण्डारी, लब्धप्रतिष्ठित विद्वान्मध्येबाट रामेश्वर खनाल, डा. बालगोपाल वैद्य, डा. स्वर्णिम वाग्ले, डा. तीर्थबहादुर श्रेष्ठ र विद्याधर मल्लिक, उद्योगपतिमध्येबाट ज्ञानेन्द्रलाल प्रधान र शिक्षक प्रतिनिधिका रूपमा डा. धीरज गिरीलाई मनोनयन गरेको छ । बैठकले प्राज्ञिक परिषद्मा प्रा. डा. सुनीलकुमार शर्मा र प्रा. डा. अर्पणा न्यौपानेलाई तथा पुनरावेदन समितिमा विद्याधर मल्लिक, महादेवप्रसाद यादव र डा. धीरज गिरीलाई मनोनयन गरेको छ ।
सभाले आगामी आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्न एमबी श्रेष्ठ एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गर्दै पदक तथा विभूषणसम्बन्धी नियम र छात्रवृत्तिसम्बन्धी नियम पनि पारित गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0