पनौती∕ सूर्योदय माध्यमिक बोर्डिङ्ग स्कुलले विविध कार्यक्रम गरी २०४ औं भानु जयन्ति मनाएको छ । नेपाली साहित्य जगतका आदि कवि भानुभक्त आचार्यले बधुशिक्षा, भक्तमाल जस्ता मौलिक कृतिका अतिरिक्त त्तसंस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुबाद गरेर भाषिक रुपमा नेपालीहरुलाई एकीकरण गरेका मानिन्छ । उनै आदिकविको सम्झनामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजले भानुभक्तको जीवनी सबैका लागि प्ररणाको स्रोत भएकोले समाजको सकारात्मक रुपान्तरणाका लागि सबैले उनीबाट प्ररणा लिनुपने बताए । सूर्योदय लिट्रेचर क्लबले आयोजना गरेको सो कार्यक्रममा सहप्रधानाध्यापक सविता श्रेष्ठ, शिक्षिका प्रभा कर्माचार्यलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले भानुभक्तिय छन्दमा कविता वाचन गरेका थिए । सोही कार्यक्रममा सूर्योदय लिट्रेचर क्लबको पुनर गठन पनि गरिएको थियो । पुनरगठिन समितिमा सुमना संजेल संयोजक रहेका छन् भने सदस्यहरुमा सौगात थापा, नविना थापा, आविष्कार थापा, बब्लु जङ्ग थापा, रोमन प्रधान, सुवेश धाँजू, बिपिशा धिताल, बबिता हुमागाई रहेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |