हरियो बन नेपालको धन भन्ने पुरानो भनाइ छ । नेपालको विकास र आयआर्जनको बन एक माध्यय बनेको पनि छ । बनबाट समुदायले आयआर्जन गरिरहेको त छदैँछ, यसले पानीको श्रोत बढाउने र अक्सिजनको पर्याप्तता पनि कायम गरेको छ । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप पनि यसले रोकेको छ ।
तर पछिल्लो समय “हरियो बन सक्नेको धन” भइरहेको छ । जिल्लाको कुल १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफल मध्ये २१.१६ प्रतिशत अर्थात ३९ हजार ५ सय ६५ हेक्टर क्षेत्रफल बन क्षेत्र हो । तर, यसको करिव ३० प्रतिशत क्षेत्रफलमा अतिक्रमण भएको बताइन्छ । अतिक्रमण गर्नेमा सरकारी कर्मचारी, स्थानीय राजनैतिक दलका नेता र समाजमा समाजसेवी कहलिएका मानिस नै छन् । विजन दर्ता गरेका आधारमा नै २०३४ सालमा बन तथा बुट्यान नामाकरण भएका जग्गाहरु व्यक्तिले उपभोग गरिरहेका छन् । कर्मचारीले पैसा नखुआएकै आधारमा बन बुट्यान लेखिदिएको उनीहरुको भनाई तर्क संगत छैन ।
खनालथोकको स्थानीय ल्यासे बन अतिक्रमण भएको छ । खनालथोक ४ मा वीपी राजमार्गसगै जोडिएको उक्त बन करिव १० परिवारले उपभोग गर्दै आएका छन् । विजन दर्ता भएको करिव ४ सय हेक्टर क्षेत्र २०३४ सालको नापीमा बन बुट्यानको रुपमा दर्ता भएको छ । जिल्लाको अधिकाशं भेगमा रहेका सामुदायिक बन अतिक्रमण भएको छ ।
बन अतिक्रमण हटाउन जिल्ला बनले अरु सरोकारवाला निकायको सहयोगमा अव पहल थाल्नुपर्छ । हरियो बनलाई नेपालको नै धन बनाउनको लागि प्रहरी, प्रशासन, स्थानीय राजनैतिक दल लगायतले अभियान थाल्नुपर्छ । राज्यको सम्पतिमा व्यक्तिले हालिमुहाली गर्न पाउने स्थिती बन्नुहुँदैन । यस खालको अतिक्रमण हटाउनको लागि पहल थाल्ने प्रतिवद्धता जनाउने सबै सरोकारवालाहरुले यसलाई व्यवहारमा उतार्नु आवश्यक छ । सरकारी निकायले थालेको अभियानमा सबैले सहयोग गरेर बन क्षेत्रको अतिक्रमण हटाउनको लागि सहयोग गर्नुपर्छ । यस्तो काम गर्नको लागि अव ढिला गर्नुहुँदैन । यो सँगै बन पैदावरको अवैध विक्री वितरण रोक्न पनि कदम चाल्नुपर्छ । यसमा संलग्न कर्मचारी, व्यापारी लगायतलाई कार्वाही गर्न अव ढिला गर्नु हुँदैन । अनि मात्र सामुदायिक बनलाई नेपालीको धन बनाउन सकिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |