Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वडाध्यक्षको व्यक्तिगत लगानिमा जेष्ट नागरिक सम्मान, कुनैपनि कार्यको लागि धन भएर हुदैन मन चाहिन्छ : घिमिरे

प्रभातफेरी अनलाइन ७१९६ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष ११, मंगलबार (८ साल अघि)
वडाध्यक्षको व्यक्तिगत लगानिमा जेष्ट नागरिक सम्मान, कुनैपनि कार्यको लागि धन भएर हुदैन मन चाहिन्छ : घिमिरे

पाँचखाल- पाँचखाल नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामशरण दुलालले आफ्नो व्यक्तिगत लगानिमा ३१ जना बृद्ध÷बृद्धालाई सम्मान गर्नु भएको छ । दुलालथोक गुठी साहायता समितिको तेस्रो बार्षिक साधारण सभाको अवसरमा गुठिमा आवद्ध मध्यका ३१ जेष्ट नागरिकलाई सम्मान गरेको हो । आफ्नो बाल्य कालमै बुवा आमा गुमाएर टुहुरा हुनु भएको दुलालले बुढा पाकाहरुलाई सारै मायाँ गर्ने गरेको पाईन्छ । बाल्य कालबाटै सामाजिक कार्यमा वढि रुचि राख्ने दुलालले सामाजिक हितको पक्षमा ऋण काडेर भएपनि काम गरीरहेको पाईन्छ ।

शनिबार पाँचखालको दुलालथोकमा सम्पन्न कार्यक्रममा ७० बर्ष नाघेका १७ बृद्ध र १४ बुद्धालाई सम्मान गरेको थियो । कार्यक्रममा ३१ जना मध्यको सवभन्दा जेष्ठ ८७ बर्षिय बेदकुमारी सापकोटालाई नगद ३ हजार सहित हर्लीक्स, बिस्कुट र रामनामि सहितले सम्मान गरेको थियो । त्यसैगरी ८३ बर्षिय लोब कुमारी दुलाललाई नगद २ हजार, हर्लीक्स, विस्कुट र रामनामि बाट सम्मान गरेको थियो भने ८२ बर्षिय चन्द्र कान्ता सापकोटालाई नगद १ हजार, हर्लीक्ल, बिस्कुट र रामनामीबाट सम्मान गरेको थियो । अन्य २८ जनालाई नगद बाहेक हर्लीक्स, बिस्कुट र रामनामि बाट सममान गरेको थियो । सम्मान कार्यक्रममा माधव प्रसाद सापकोटाको व्यक्तिगत लगानिमा बिस्कुट प्रदान गर्नु भएको थियो ।
सामान्य आर्थीक हैसियत भएका वडाध्यक्ष दुलालले समाजमा रहेका जेष्ट नागरिकहरुको संरक्षण साथै वहाँहरुलाई हौसला स्वरुप सम्मान गर्नु समाजसेविहरुको कर्तव्य रहेको वताउंदै सम्मान कार्यको निर्णय गरेको जानकारी प्राप्त भएको छ । कार्यक्रममा सहभागि बिष्नु प्रसाद घिमिरेका अनुसार समाजमा जेष्ठ नागरीकलाई सम्मान गर्ने वडाध्यक्ष दुलालको सोच सारै राम्रो रहेको र यस्ता कार्यलाई अरुहरुले पनि सिकेर निरन्तरता दिदै गएमा जेष्ट नागरिकहरुलाई हौसला मिल्ने बताउनु भयो । घिमिरेले थप्नुभयो समाजमा यदा कदा आफ्नो बुवा आमाको सम्रक्षण नगर्ने गरेको पाईन्छ, सामाजिक व्यक्तित्वले यसरी सम्मानको थालनि गर्दा ति बाउ आमाको संरक्षण नगर्ने छोरा बुहारीको मनमा परिवर्तन हुने बताउनु भयो ।

 

समाजसेवि घिमिरेले थप्नुभयो “कुनै पनि कार्य गर्न धन भएर मात्रै हुदैन, मन पनि चाहिन्छ” । वडाध्यक्ष दुलालसंग धन नभएपनि मन छ, राजनीतिको साथै तरकारी खेति गर्ने उहाँले तरकारी खेतिबाट गरेको आम्दानि समाज सेवामा लगाउने बताउनु भयो । बिगतमा सकृय राजनीतिमा नहुदा पनि समाजमा आउने कुनै पनि गारो साँघुरो कार्यको लागि अग्रसर भएर सामाजिक कार्यमा निरन्तर जुट्ने अध्यक्ष दुलाल हाल राजनीतिकमा सकृयता रहेपनि आफ्नो बिगतको कार्यलाइ निरन्तरता दिएको बताउनु भयो ।

  • कुनैपनि कार्यको लागि धन भएर हुदैन मन चाहिन्छ : घिमिरे
  • वडाध्यक्षको व्यक्तिगत लगानिमा जेष्ट नागरिक सम्मान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0