Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओम नेपालले न्यानो कपडा बितरण

प्रभातफेरी अनलाइन ४९३० पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ६, शनिबार (८ साल अघि)
Post Thumbnail

डिलबहादुर थोकर ‘ग्याम्जो’

फोक्सिङटार . जिल्लाको विकट क्षेत्र भनेर चिनिने महाभारत गाउँपालिका वडा नं. ३ घिसिङ गाङमा रहेको श्री वनकाली प्राथमिक विद्यालयका वाल वालिकाहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरी चिसोबाट बच्नको लागि न्यानो कपडा बितरण गरेको छ । वडाको चिसो स्थानमा रहहेको विद्यालयका विद्यार्थीहरुलाई ओम नेपाल नामक सामाजिक संस्थाले न्यानो कपडा बितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं गैर सरकारी संस्था महासंघका केन्द्रीय कोषाध्यक्ष जितराम लामा र संस्थाका अध्यक्ष खुशराज लामाले संयुक्तरुपमा कपडिा वितरण गरेका थिए । वितरण कार्यक्रममा प्रमुख अतिथि लामाले जाडोको मौसममा विद्यार्थीहरुलाई न्यानो कपडा बाँडेकोमा संस्थाको प्रसंशा गरेका थिए । ‘यातायात सुविधा समेत नभएको ठाउँमा यस संस्थाले विद्यार्थीलाई न्यानो कपडा बाँडेर पुण्यको काम गरेको छ ।’ उनले भने, ‘यो अत्यन्तै प्रशंसनीय कार्य हो ।’ उनले सामाजिक विकासका लागि समाजमा रहेका सबै एक भएर लाग्नुपर्नेमा जोड दिंदै अबका दिनहरुमा हरेक सामाजिक कार्यमा सक्रिय भएर लाग्न अभिभावकहरुलाई अनुरोध समेत गरे ।
त्यसैगरि पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका उपमहासचिव हिरामान वाईबाले सबै अभिभावकहरुले आफ्ना वालवालिकाहरुलाई अनिवार्यरुपमा शिक्षामा अग्रसर गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य ग्याम्जो लामाले पोशाक वितरण गर्ने संस्थालाई धन्यवाद दिंदै तामाङ समुदाय शिक्षामा पछि पर्नुको कारणहरुको चर्चा गरे । ‘नेपालको शिक्षा प्रणाली खस एकल जातिय पहिचानमा आधारित भएकोले तामाङ जाति शिक्षामा पछि परेको छ ।’ लामाले भने, ‘जवसम्म तामाङ जातिले आफ्नो मौलिक पहिचान सहितको शिक्षा प्रणाली अन्तरगत पढ्न पाउँदैनन तबसम्म तामाङ जाति शिक्षामा पछि पर्नेछ ।’ उनले पहाडि दलित समुदाय भन्दा शिक्षामा तामाङ समुदाय धेरै तल रहेको चर्चा गर्दै अब शिक्षा प्रणालीलाई परिवर्तन गर्न अभिभावकहरु नै लाग्नुपर्नेमा जोड दिए । सम्बोधनकै क्रममा संस्थाका अध्यक्ष खुशराज लामाले आफूहरुले शैक्षिक क्षेत्रमा कार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनहरुमा समेत जारी राख्ने बताए ।
विभिन्न सामाजिक संस्थाहरुले भौगोलिक विकटताका कारण यस भेगमा कुनै पनि प्रकारको सामाजिक कार्य नगरेको अवस्थामा ओम नेपालले विकटतालाई चिर्दै न्यानो बाँडेकोमा अभिभाभक तथा विद्यार्थीहरु खुशी भएका थिए । कार्यक्रममा ओम नेपालका प्रतिनिधिहरु अनिश तामाङ, उषा तामाङ, सोभित मोक्तान लगायतका उपस्थिति रहेका थिए । कक्षा ३ सम्मको पढाई हुने यस विद्यालयमा ३८ जना विद्यार्थी रहेका छन् भने १ जना स्थायी शिक्षक, एक जना वालविकासका कर्मचारी र परिचारिका रहेका छन् । शिक्षक अभावका कारण पठन–पाठनमा समस्या रहेको प्रधानाध्यापक मोक्तानले बताए ।
यसैबीच यस भेगका विद्यार्थीहरु कक्षा ३ पास भएपछि २ घण्टा टाढा रहेको सानोपोखरीमा पढ्न जाने गरेका छन् । विद्यालय टाढा भएका कारण यस भेगका विद्यार्थीहरुले विचमै पढाई छोड्न बाध्य हुने अभिभावहरुले बताए । कार्यक्रमको संञ्चालन विद्यालयका प्रधानाध्यापक ठकेन्द्र मोक्तानले गरेका थिए भने अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर घिसिङले गरेका थिए ।

  • ओम नेपालले न्यानो कपडा बितरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0