Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘बीस दिनको नर्वे बसाँइमा एकचोटी पनि हर्न सुनिंन’ – माधवप्रसाद श्रेष्ठ अध्यक्ष, आई.सि.डि. नेपाल, बनेपा, काभ्रे

प्रभातफेरी अनलाइन १९०० पटक पढिएको प्रकाशित मिति: २०७० श्रावण २७, आईतबार (१२ साल अघि)
‘बीस दिनको नर्वे बसाँइमा एकचोटी पनि हर्न सुनिंन’ – माधवप्रसाद श्रेष्ठ अध्यक्ष, आई.सि.डि. नेपाल, बनेपा, काभ्रे

० तपाई सामाजिक सेवामा नै किन लाग्नुभयो ?
म एउटा मध्यम वर्गको परिवारमा हुर्केको व्यक्ति हु“ । सानैदेखि मान्छे भएर जन्मिएपछि समाज, गाउ“ठाउ“को लागि केही गर्नुपर्छ जस्तो लाग्थ्यो । जसले समाजको लागि केही योगदान गरेको छ, उसको नाम मरेर गएपछि पनि उदाहरणको रुपमा लिइरहेको हुन्छ र पढेको पनि छु । त्यसैले मलाई पनि समाजको लागि आफूले सकेको योगदान गरौं, त्यस्तो वातावरण बनाउ“ जस्तो लाग्छ । आफ्नै मात्र स्वार्थ हेरेर बस्न सक्दिन, त्यसैले समाजसेवामा लागें ।
० तपाई कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
म अहिले विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध छु । आइ.सि.डी. नेपालको अध्यक्ष, लोकतान्त्रीक गै.स.स. महासंघ काभ्रेमा अध्यक्ष, जिल्ला भलिबल संघमा सदस्य, लायन्स क्लब अफ काभ्रे, शंखुमा सदस्य, शंखेशवर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सल्लाहकार, मातृभूमि सेवा समाजमा सल्लाहकार, काभ्रे नमुना समाजमा सदस्य तथा विभिन्न सहकारी संस्थाहरुमा सल्लाहकार÷सदस्य रहेको छु ।
० आई.सि.डि. नेपालको बारेमा केही बताइदिनुहुन्छ कि ?
एकिकृत सामुदायिक विकास नेपालको छोटकरी नाम नै आई.सि.डि. नेपाल हो । यो वि.सं. २०६२ सालमा जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रे र समाज कल्याण परिषद्मा आबद्ध भई हाल बनेपा नगरपालिकाको वडा नं. १ स्थित रेडक्रस भवनमा अवस्थित एक गैह्र सरकारी संस्था हो । यस संस्थाले कुनै जाति, वर्ग, लि·को भेदभाव नगरिकन आफ्नो कार्यहरु पिछडिएका वर्गहरु माझ सञ्चालन गर्दै आइरहेको छ ।
० अहिले के के कार्यक्रमहरु संचालन गरिरहनुभएको छ ?
संस्थाले अहिले आई.सि.डि. हेल्थ केयरको रुपमा एउटा स्वास्थ्य केन्द्र बनेपा रेडक्रस भवनमा संचालन गरिरहेको छ । जहा“ सुरक्षित मातृशिशु सेवा, परिवार नियोजन सेवा, दन्त सेवा, प्रयोगशाला परीक्षण सेवा, सुरक्षित गर्भपतन सेवा, एक्स–रे÷इ.सि.जी. सेवा, प्रत्यक्ष निगरानीमा क्षयरोगीहरुको उपचार सेवा, मनोसामाजिक परामर्श सेवा, डाक्टर तथा विशेषज्ञहरुद्वारा स्वास्थ्य परीक्षण, खोप सेवा लगायतका सेवाहरु दि“दै आएको छ । यसबाहेक संस्थाले स्कुल स्वास्थ्य कार्यक्रम र विभिन्न दन्त तथा स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ ।
० लियो÷लायन्स क्लबमा पनि आबद्ध हुनुहुन्छ ?
हो, वास्तवमा म लियो क्लबमा सन् १९९६ मा आबद्ध भएको हु“ । त्यही सालमा लायन्स क्लब अफ काभ्रे शंखुको स्थापना भएको थियो । लियो क्लब अफ काभ्रे शंखुको २ वर्ष अध्यक्ष पद सम्हाली क्षेत्रीय र जिल्ला ३२५ ए को कमिटीमा समेत रही काम गरिसकेको छु र पछि सन् २००७ देखि लायन्स क्लब अफ काभ्रे शंखुको सदस्यमा आबद्ध भएको छु ।
० लायन्स क्लबमा धनी व्यक्तिहरु मात्र लाग्छन् भन्छन् नि ?
हो तपाइले सही सुन्नुभएछ । सबैले त्यसै भन्ने गर्छन्, तर धनका धनी व्यक्तिहरु मात्र नभई मन र भावनाका धनी व्यक्तिहरु पनि यस संस्थामा आबद्ध छन् । त्यस मध्येमा म पनि   पर्छु । म धनले नभई मन र भावनाको धनी व्यक्तिको नाताले आबद्ध भएको  हु“ ।
० यसबाट के कस्ता सामाजिक सेवाहरु गर्नुभएको छ ?
यस संस्था मार्फत धेरै सामाजिक सेवाहरु भएको छ । वास्तवमा भन्नुपर्दा मेरो जन्मस्थान शंखुमा लायन्स क्लब काभ्रे शंखुले धेरै काम गरेको छ । जस्तै, विद्यालय भवन निर्माण गर्ने, विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेशिन वितरण, बृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान, गरीब असहायहरुलाई निःशुल्क बाख्रा वितरण, विभिन्न आ“खा शिविर संचालन गरी मोतिबिन्दु भएकाहरुलाई निःशुल्क अपरेशन सेवा, वृक्षारोपण जस्ता धेरै कार्यक्रमहरु संचालन गरेको छ ।
० तपाईको संस्थाले विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्नुभएको छ, सहयोग कसरी जुटाउनुभएको छ ?
वि.सं. २०६९÷७० मा धेरै स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेका छौं । यसको लागि हाम्रो संस्थालाई जिल्ला स्वास्थ्य कार्यालय, विभिन्न सहकारी संस्थाहरु र अन्य गैर सरकारी संस्थाहरुस“ग समन्वय र सहयोगमा शिविर संचालन गरेका छांै । ती संस्थाहरुले कुनैले औषधी, कुनैले यातायात र खानपानको लागि सहयोग गरेका हुन्छन् ।
० विद्यालय क्षेत्रमा पनि सहयोग पु¥याउनुभएको सुनिन्छ नि ?
खासै गर्न सके जस्तो त लाग्दैन । तर मेरो गाउ“, आफू पढेको विद्यालयमा मैले सक्दो सहयोग जुटाउने काम गरेको छु । उक्त स्कुलमा मेरो व्यक्तिगत पहलमा भौतिक सुधारदेखि लिएर पठनपाठनको गुणस्तर बढाउने कार्यमा समेत सहयोग गरेको छु । त्यस्तैगरी भर्खरै मात्र गाउ“कै अर्काे शंखेश्वर प्रा.वि.को भवन मर्मत गर्नको लागि नर्वेको संस्थाको सहयोग उपलब्ध गराई सम्पन्न गराइसकेको र अन्य पूर्वाधार तयार गर्न र पठनपाठनको गुणस्तर बढाउन आवश्यक पहल भैसकेको छ ।
० तपाइ भर्खरै मात्रै नर्वे पुगेर आउनुभएको, के को लागि जानुभयो ?
वास्तवमा यो भ्रमण मेरो व्यक्तिगत होइन । तर पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं यस भ्रमणमा मैले संस्था आइ.सि.डि.को परिचय दिन भरमजदुर प्रयास गरें । धेरै नया“ मित्रहरुस“ग सम्बन्ध बढाए र नेपाल भ्रमणको लागि निमन्त्रणा दि“दै काभ्रेको बनेपाको भ्रमण गर्न बोलाएको छु । आगामी अक्टोबर÷नोभेम्बरमा केही मित्रहरु आउ“दै हुनुहुन्छ ।
० नर्वेमा भएको विकास हेरी नेपालमा के गर्नुपर्ला जस्तो लाग्छ ?
हाम्रो देशमा हरेक तहतप्काका मानिसहरुले आफ्नो जिम्मेवारी, अनुशासन र नैतिकताबारे जानकारी लिई व्यवहारमा उतार्नुपर्छ । सरकारले जनताको बा“च्ने अधिकार प्रति जिम्मेवार बन्नुपर्छ, हामी जनता पनि सरकारप्रति बफादार हुनुपर्छ । तपाई पत्याउनुहुन्छ ? म नर्वेमा २० दिन गाडिमा घुम्दा गाडिको हर्न एकपटक पनि सुनि“न । बाटोमा प्रहरीको अनुहारसम्म पनि देखि“न । हरेक क्षेत्रमा इलेक्ट्रोनिक सिस्टमले काम गरेको पाइयो । विकासको कुरा गर्ने हो भने हामी अझै ढु·े युगमा नै छौं ।
० अन्त्यमा ?
सर्वप्रथम त यस साप्ताहिक मार्फत मेरो आफ्ना विचार, मनका कुरा जनमानसमा पु¥याउने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0