Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शीर मेमोरियल कर्मचारी युनियनको घोषणा सभा सम्पन्न राज्यको स्केल अनुसार सुबिधा नदिए ताला बन्दि गरीने -थापा

प्रभातफेरी अनलाइन ७७१५ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ९, मंगलबार (८ साल अघि)
शीर मेमोरियल कर्मचारी युनियनको घोषणा सभा सम्पन्न राज्यको स्केल अनुसार सुबिधा नदिए ताला बन्दि गरीने -थापा

बनेपा-“आधिकारीक ट्रेड युनियन भनेको सरकार सरह हो” “होटल, अस्पताल, उद्योग लगायत कुनै पनि ठाउंमा युनियन नहुंदा पेशागत हक हित साथै सुरक्षा हुंदैन, त्यसैले मजदुरहरुको हितको लागि युनियनको आवस्यक हुन्छ” ।

उक्त भनाई नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन, शीर मेमोरियल ऐड्भेन्टिष्ट हस्पिटलको घोषणा तथा धन्यबाद ज्ञापन कार्यक्रमका प्रमुख अतिथि काभे्र जिल्ला समन्वय समितिका संयोजक उद्धव के.सीले बताउनु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि के.सीले थप्नुभयो शीर मेमोरियल अस्पताल जिल्लाकै पुरानो अस्पताल भएपनि व्यवस्थापकहरुको चरम लापर्वाहिले गर्दा राम्रोसंग संञ्चालन हुन नसकेको वताउनु भयो ।

अस्पताल संञ्चालकहरुले मनोपोलि ढंगको कार्य गर्दै त्यहाँ आवद्ध कर्मचारीहरुको श्रमशोषण गर्ने कार्य गरेकोले अस्पताल दिनपर दिन दयनिय बन्दै गएको बताउनु भयो । कर्मचारीहरु संञ्चालकले गरेको शोषण सहन नसकि युनियन गठन भएको छ , युनियनले कर्मचारीहरुको हक हितको साथै संस्थाको संरक्षण गर्नु पर्ने बताउनु भयो । युनियनमा आबद्ध डाक्टर तथा नर्सहरुले विगतको भन्दा बफादारी ढंगबाट काम गर्नु पर्छ, काम अनुसारको दामा संस्थाले नदिएमा त्यसको बिरुद्धमा उत्रिनको लागि आफुले समेत पुर्ण रुपमा साथ सहयोग गर्ने बताउनु भयो । बिगतमा जे जस्तो भएपनि अव हस्पिटलको सरकारको रुपमा युनियन गठन भएकोले पेसागत हक हितको साथै संस्थाको बिकासको लागि बफादारी ढंगबाट अगाडि बढ्नु पर्ने बताउनु भएको थियो ।

त्यसैगरी कार्यक्रमका बिषेश अतिथि नेपाल स्वास्थ्य कर्मी संघका केन्द्रिय अध्यक्ष चन्द्र थापाले भन्नुभयो “राज्यले दिएको हक हित र सुबिधाको प्राप्तिको लागि शीर मेमोरियलमा युनियन गठन भएको हो, अबका दिनमा राज्यको स्केल बरावरको सुबिधा नदिएमा अस्पताल मुलगेटमा ताला लगाएर बन्द गर्ने छौं” । उहाँले थप्नुभयो अस्पताल व्यवस्थापकले षड्यन्त्र गर्दै राज्यले निर्दिस्ट कानुन लगाउन खोज्दा मुद्धा हालेर हामीसंग जोरी खोज्दैछ, जोरी खोज्नेसंग सिगोरी खेल्न तयार रहेको बताउनु भयो । अझैपनि तानाशाह प्रबित्ति मच्चाएर तर्साउन खोज्दै छ, त्यस्ताका बिरुद्धमा लड्न सिंगो युनियन तयार रहेको बताउनु भयो । अस्पतालका व्यवस्थापक भ्यागुतो जस्तो उफ्रीदै छ, यो भ्यागुतो रुपि व्यवस्थापक तीन महिना उफ्रन्छ र आफै थाक्ने ठोकुवा गर्नु भयो ।

युनियनका प्रमुख सल्लाहकार रेशमलाल नेपालीले भन्नुभयो अस्पतालमा आबद्ध कर्मचारीको समस्याको बिषयमा संञ्चालकसंग पटक पटक वार्ता गर्दा पनि कुनै सुनुवाई नगरी उल्टै दवाव दिदै तानाशाह प्रबित्ति लाद्न थालेपछि युनियन गठन गर्न बाध्य भएको बताउनु भयो । मुलुकमा जारी श्रम ऐन अनुसारको सेवा सुबिधाको लागि जस्तो सुकै चुनौति सामना गर्नु परेपनि युनियनमा आबद्ध सम्पुर्ण साथीहरु एक डिक्का भएर अगाडि बढ्ने बताउनु भयो । युनियनले कर्मचारीहरुको सेवा सुबिधाको लागि मात्र नभई संस्थाको हितको खातिर साथै सेवाग्राहिको सुबिधाको लागि समेत अगाडि बढ्ने बताउनु भयो ।

त्यसैगरी राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघका केन्द्रिय सचिब बद्री तिमल्सिनाले भन्नुभयो केही नेपाली नागरीक भनाउंदाहरुले अस्पतालका कर्मचारीहरुको श्रम शोषण गरेकोले युनियन गठन भएको बताउनु भयो । मजदुरहरुको हक हितको लागि आफुले सक्दो सहयोग गर्ने बताउंदै यस्ता कार्यको लागि काँधमा काँध मिलाएर अगाडि बढ्न आफु तयार रहेको बताउनु भएको थियो । पत्रकार महाँसंघ कााभे्र शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा रहेको पुरानो अस्पतालको अवस्था दयनिय हुनाको कारण संञ्चालकहरुको कमि कमजोरीले भएको बताउनु भयो । अध्यक्ष तिमल्सिनाले थप्नुभयो काभे्रको धुलिखेलमा संञ्चालन भएको धुलिखेल अस्पताल व्यवस्थापनले राम्रो गर्दा आज काभे्रलाई अस्पतालको माध्यमबाट अन्तराष्ट्रिय स्तर सम्म परिचय गराउन सफल भएको बताउनु भयो तर शीरको व्यवस्थापनको लापर्वाहिको कारण संञ्चालनको सुरुवातिमा आर्जीज सम्पत्ति समेत खर्चिनु परेको बताउनु भयो । युनियनका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न स्वागत मन्तव्य उपाध्यक्ष ऋतु पुर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संञ्चालन कल्पना गेलालले गर्नु भएको थियो । कार्यक्रमको व्यवस्थापनको लागि युनियनका सचिब राधिका गेलाल लगायतका सम्पुर्ण पदाधिकारीहरु सकृयताका साथ लाग्नु भएको थियो ।

  • शीर मेमोरियल कर्मचारी युनियनको घोषणा सभा सम्पन्न राज्यको स्केल अनुसार सुबिधा नदिए ताला बन्दि गरीने -थापा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0