Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विउ व्यवसायीको तेस्रो साधारण सभा सम्पन्न

प्रभातफेरी अनलाइन ८०१५ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन १२, शनिबार (७ साल अघि)
विउ व्यवसायीको तेस्रो साधारण सभा सम्पन्न

बनेपा-काभे्रका कृषकहरुलाई सुलभमा गुणस्तरीय बिउ उपलब्ध गराउने उद्देस्यले गठन भएको नेपाल विउ व्यवसायी संघ जिल्ला समन्वय समितिको तेस्रो बार्षिक साधारण सभा बनेपामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विउ व्यवसायी संघका केन्द्रिय महांसचिव बसन्त चन्द्र मरहट्टाले भन्नुभयो मुलुकमा आयातित मध्यको ५० प्रतिशत बिउ प्रदेश नं ३ मा खपत हुन्छ । बिशेष गरेर ३ नं प्रदेशमा व्यवसायिक ढंगबाट तरकारी खेती हुने हुंदा वढि बिउ खपत भएको बताउनु भयो । धेरै बिउ खपत हुने स्थानका कृषकहरुलाई प्राथमिकतामा राखि कृषकको चाहना अनुसारको गुणस्तरीय बिउ समयमै सुलभ दरमा उपलब्ध गराउने बताउनु भयो । बढी आम्दानि साथै रोग प्रतिरोधात्मक क्षमता भएको बिउबाट कृषक बढी लावान्वित हुने भएकोले सोही अनुसारको बिउ आयात गर्ने बिषयमा व्यवसायि संघको ध्यान केन्द्रित भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि मरहट्टाले थप्नुभयो ३ नं प्रदेशमा करिब २८ सय बिउ व्यवसायि रहेको र जसमा हाल सम्म २१ सय मात्र संघमा आबद्ध भएकोले आवद्धहुन बाँकि व्यवसायिहरुलाई ततकाल आवद्ध हुने वातावरण तयार पार्ने बताउनु भयो । सम्पुर्ण व्यवसायिहरुले कृषकको हितको लागि कार्य गर्न तयार रहेकोले आगामि ३ बर्षभित्रमा कृषकको माग अनुसारको बिउ उपलब्धताको लागि मुलुक भित्रै उत्पादन गर्ने वातावरण तयार गर्ने बताउनु भयो ।

कार्यक्रममा बिउ व्यवसायि संघका केन्द्रिय सदस्य सरोज सापकोटाले व्यवसायिहरुले चुनौतिको सामना गर्दै कृषकको माग अनुसारको बिउ उपलब्ध गराएको वताउनु भयो । आगामि दिनमा हालको संघ महांसंघमा परिणत हुने बताउनु भयो । कृषि प्रधान मुलुकका कृषकहरुको हितको खातिर राज्यले बिउमा खासै सुबिधा दिन नसकेकोले व्यवसायिहरुले चुनौतिको सामना गर्नु परेको बताउनु भयो । व्यवसायिहरुले अनावस्यक ढंगबाट अस्वस्थ प्रतिपर्धा गर्दा समेत समस्या परेकोले त्यस्ता कार्यलाई रोक्नको लागि संघले तत्कालै निति निर्माण गर्ने बताउनु भयो ।

संघका काभे्र जिल्ला अध्यक्ष सुवास धितालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला कृषि कार्यालय काभे्रका प्रतिनिधि बिष्णु अधिकारी, संञ्चारकर्मी द्वय ईश्वरी राजकुमार मैनाली, प्रल्हाद शर्मा हुमागाई, विउ व्यवसायी संघ भक्तपुरका अध्यक्ष पुण्यराम सुवाल, काठमाडौ अध्यक्ष मणि देव भट्टराई, ललितपुर अध्यक्ष गणेश बानियाँ, व्यवसायीहरु वेदप्रसाद दाहाल, ऋणकुमार सापकोटा, सम्भु पराजुली लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । बिउ व्यवसायी संघ काभे्रका उपाध्यक्ष रमण मानन्धरबाट स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सचिव रामगोपाल खत्रिले प्रगति प्रतिबेदन र कोषाध्यक्ष हरिकृष्ण मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

  • विउ व्यवसायीको तेस्रो साधारण सभा सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0