Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कलरकोडको व्यवस्था हुनेः थापा

प्रभातफेरी अनलाइन १६४३ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
Post Thumbnail

धुलिखेल÷शहरी विकास तथा भवन डिभिजन कार्यालयको नवनिर्मित भवनको शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले बिहिबार एक समारोहका बीच उद्घाटन गरेका छन् ।
उद्घाटनको क्रमा सचिव थापाले काभ्रे जिल्लालाई व्यवस्थित बसोबासका योजनाहरु तुरुन्त लागू गरिने बताउँदै कार्यालय भवन र व्यक्तिगत घरहरुमा चाँडै नै कलरकोडको व्यवस्था गर्ने लक्ष्य रहेको बताए ।
अब शहरी विकास गर्न सरकारले तोके बमोजिम भवन निर्माण गराइने र भवनहरुको रंगको समेत व्यवस्था गर्ने कुरा राख्दै सचिव थापाले डिभिजन कार्यालय र नगपाले समन्वय नहुँदा घर निर्माणका कार्यहरु कमजोर भएको विचार व्यक्त गरे ।
नगरपालिकाहरुले नक्सा पास गर्दा शहरी विकास डिभिजन कार्यालयसँग समन्वय राखी भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रक्रिया गर्नुपनृे कुरा नगर विकास समितिका पदाधिकारी तथा नगरपालिकाका कार्यकारी अधिकृतहरुलाई समेत थापाले आग्रह गरेका थिए ।
कार्यक्रममा डिभिजन प्रमुख दिलिप भण्डारीले डिभिजन
कार्यालयको काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी चार जिल्ला कार्यक्षेत्र रहेको जानकारी दिँदै यस कार्यालयले गएका तीन वर्ष यता बनेपा पनौतीमा तरकारी बजार र बखुण्डोलमा तरकारी संकलन केन्द् तथा सामुदायिक भवन, गोसाइकुण्डमा पिकनिक स्पट, चौतारामा सार्वजनिक शौचालय, पिकनिक स्पट, खेल मैदान, संरक्षण कार्य, पिस्कामा २ हजार ६ सय सिँढि निर्मँण गरी यात्रु प्रतिक्षालय निर्माण, दोलखाको सैंलुङमा ८ सय मिटिर सिँढी, सामुदायिक भवन, दोलखाको चरिकोटमा बसपार्क निर्माण, मन्थली रामेछापमा बाटो तथा नाली निर्माण कार्य सम्पन्न भएको जानकारी दिएका थिए ।
डिभिजन प्रमुख भण्डारीले ४५ वटा स्वास्थ्य भवन शुरु गरी २० वटा भवन सम्पन्न भैसकेका छन् भने पुनः निर्माण अन्तर्गत रामेछापको कारागारको निर्माण कार्य भैसकेको भने दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माण हुँदै गरेको छ र यसवर्ष काभ्रे जिल्लाको कारागार निर्माण शुरु गरिने लक्ष्य रहेको समेत बताएका थिए । डिभिजन कार्यालय २ रोपनी जग्गामा १ करोड ५० लाख १७ हजार ६ सय २० र एक रोपनी जग्गामा आवास भवन १ करोड ६ लाख १७ हजार १ सय ८४ रुपिँयामा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठी, भवन डिभिजनका महानिर्देशक शम्भु के.सी., इन्जिनियरद्वय सचिन्द्रकुमार देव र पद्मलाल श्रेष्ठले बोलेका थिए भने उद्घाटनको क्रममा नायब सुब्बा केशवप्रसाद आचर्याले स्वस्ती वाचन तथा मंगला चरणको वाचन समेत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0