logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

मन्त्री सीता वादीले उद्धार गरिएकी १७ दिने बालिकालाई गराइन् स्तनपान

प्रभातफेरी अनलाइन१  पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
मन्त्री सीता वादीले उद्धार गरिएकी १७ दिने बालिकालाई गराइन् स्तनपान

काठमाडौं, बिहीबार साँझदेखि सामाजिक सञ्जालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले उद्धार गरिएकी एक शिशुलाई स्तनपान गराएको भिडियो व्यापक रूपमा भाइरल भयो। भिडियो सार्वजनिक भएपछि धेरैले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया व्यक्त गर्दै मन्त्री वादीको मातृत्व र मानवीय संवेदनाको प्रशंसा गरेका छन्।

मन्त्री वादी स्वयं पनि १९ महिनाका छोराकी आमा हुन्। मन्त्रालयको कामकाज होस् वा सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि उनी प्रायः छोरालाई काखमै लिएर हिँड्ने गर्छिन् र मातृस्नेहबाट टाढा हुन दिँदिनन्।

भाइरल भिडियोमा देखिएकी शिशु भने नेपाल बाल संगठनबाट शनिबार उद्धार गरिएकी १७ दिने बालिका हुन्। यसबारे मन्त्री वादीले भनिन्, “जब मैले उसलाई काखमा राखेँ, आफ्नै बच्चा सम्झिएँ। थाहै नपाई मेरो आँखा रसाउन थालेछ।”