Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोजगारी पाउने आशामा ठगिए युवाहरु

प्रभातफेरी अनलाइन ५६५२ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार (८ साल अघि)
रोजगारी पाउने आशामा ठगिए युवाहरु

बनेपा-धेरै कमाई गर्ने आशामा रहेका युवाहरु ठगको फन्दामा परेका छन् । नेपालमै बसेर आफ्नो गुजारा चलाउंदै आएका युवाहरुलाई धेरै कमाउने प्रलोभनामा पारी घरन घाटको अवस्थामा पु¥याएका छन् ।

गाउँमै शिक्षण गर्दै आएका खानीखोला ६ का राजेन्द्र थोकर आफ्नो कमाईबाट राम्रोसंग घरवहार चलाउन नसकेको महसुस गर्दै वैकल्पिक रोजगारीको खोजिमा थिए । धेरै कमाउनको लागि बाटो खोज्दै गर्दा गाउँकै चिनजानका प्रेम लामाले उनको सपना साकार पार्ने बताएपछि मख्ख पर्दै उनको भनाई अनुसार अगाडि बढ्दा “चोक्टा खान गएकी बुडी झोलमा डुबेर मरी” जस्तै साबित हुन पुग्यो ।
पे्रम लाले म्यानेजर बनाइदिने पहिलो महिना ४० हजार, दोस्रो महिनामा ८० र १० महिनापछि एक लाख २० हजार तलबको व्यवस्था हुने भन्दै काम मिलाउनको लागि २ लाख ८ हजार रकमको अफर गरे । प्रेमको अफर अनुसारको रकम दिएर पछि लाग्दा विरगञ्ज हुँदै मोतिहारी पुगे पछि आफु ठगिएको थाहा पाए ।

थोकरलाई जस्तै छिमेकी देश भारतलगायतका विभिन्न मुलुकमा राम्रो काम लगाइदिने र राम्रो पारिश्रमिक पाउने भन्दै युवाहरुलाइए ठगी गर्ने गिरोहका नाइके प्रहरी फन्दामा परेका छन् । उनीहरु माथि ठगी मुद्धा चलाइएको छ । १८ देखी २३ बर्ष उमेर समूहका करिब दुई सय भन्दा बढी युवाहरुलाई राम्रो रोजगारको लोभमा भारतको मोतिहारीमा पु¥याउने र रकम लिएपछि रोजगार नदिइ ठग्ने गिरोह नै सक्रिय रहेको पाइएको हो ।

भारतको मोतिहारीमा रहेको ‘आइकोनिक टे«डमार्क कम्पनी’ को नाममा रु २ लाख ८ हजार नगद लिएको भौचर दिँदै ठगी गरेको पिडित पक्षको भनाई छ । पहिले त रोजगार दिन्छौ भनेर फकाई फकाई पैसा असुले पनि अन्त्यमा खोइत रोजगार भन्यो भन्ने उल्टै मार्ने सम्मको धम्की आउन थालेपछि भागेर नेपाल आएको पीडितहरुले गुनासो गरेका छन ।

पे्रमको चङ्गुलमा फसेका युवाहरुले ठगीएको सुईको पाएछि आफ्नो गुमेको रकम फिर्ता गर्दै ठगलाई कारबाहिको लागि प्रहरी र पत्रकारलाई गुहारेका छन् । शनिवार पत्रकार भेटन आइपुगेका उनीहरुले राम्रो काम र उचित पारिश्रमिक पाउने लोभमै आफुहरु ठगिएको बतए । ‘राम्रो रोजगारी दिने तर त्यसका लागि दुई लाख रकम दिनुपर्ने उनीहरुको माग भएपछि हामीले रकम दियौ,बीरगञ्जमा नै रोजगारी दिने भनेर गिरोहले भन्ने गरेको तर पछि त्यहाँ ठाउँ खाली नरहेको भन्दै भारतको मोतियारी लैजाने गरेको सिन्धुली जिल्ला फिकल ४ का मिलन पहाडीको भनाई थियो । खानीखोला ५ का विवेक वाइवा टुरिष्ट गाइडको जागिर छाडेर उनीहरुले लगाइदिने भनिएको कामको पछि लागेको बताए । सिजनमा त ३०÷३५ हजार कमाउँथे नी , छिटै बढी कमाउन त भन्ने लोभमा पर्दा रोजगार र पैसा दुबै गयो ,उनले थपे । उनले प्रेम लामालाई पक्राउ गरेर प्रहरीलाई जिम्मा दिएको बताउँदै अन्य समेत फेला पर्नेमा आशाबादी रहेको बताए ।

उनीहरुका अनुसार विभिन्न जिल्लाका युवाहरु करिब दुई सय भन्दा बढी भारतको मोतिहारी जिल्लाको फुसुप भन्ने ठाउँमा अलपत्र परेका छन् । एक नेपालीले अर्काे नेपालीलाई भेटघाट गर्न समेत नदिइकन, परिवारमा सम्पर्क विहिन बनाउँदै उनीहरुले रकम लिने र आफुहरु जस्तै अरुबाट पनि पैसा असुलेर काममा ल्याए पेसामा लगाइदिने भन्ने गरेकोे पीडितहरुको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा पीडित राजेन्द्र थोकर र इमान सिं थोकरले दिएको उजूरीमा बारा जिल्ला घर बताउने संजय रेस्मी मगर, रौतहट जिल्ला घर बताउने अमित तिमल्सिना, बारा जिल्ला घर बताउने उदयराज पाण्डे, काभे्र जिल्ला खानी खोला गाउँपालिका प्रेम लामा, तारा थापामगर, रौतहटका राजू लामा लगायत ठगीमा संग्लन रहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0