Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘एल्बम नै बिक्रि गरेर लगानीको एकचौथाई पनि उठ्दैन ।’ गोकुल रावत दोहोरी गायक

प्रभातफेरी अनलाइन १५९९ पटक पढिएको प्रकाशित मिति: २०७० पौष २४, बुधबार (१२ साल अघि)
‘एल्बम नै बिक्रि गरेर लगानीको एकचौथाई पनि उठ्दैन ।’ गोकुल रावत दोहोरी गायक

० आज भोलि के गर्दै हुनुहुुन्छ ?
कुमार दंगालको दोहोरी गीति एल्बम घर नारायणघाटैमा…. को गीत रेकर्डिङ सकिएर बजारमा आएको छ । जसमा मेरो र पार्वती कार्कीको स्वर रहेको छ । विभिन्न ठाउँहरुमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरुमा व्यस्त छु ।
० हालसालै बनेपामा आयोजित राष्ट्रिय पोशाक दिवसमा तपाइलाई देखिएन नि ?
पारिवारिक व्यस्तताले म कार्यक्रममा उपस्थित हुन सकिँन । कार्यक्रममा आफू सहभागी हुन नसकेकोमा म धेरै दुःखी छु । वास्तवमा राष्ट्रिय पोशाक दिवस मनाउने कार्यक्रमको सुरुवात गरिनु प्रत्येक नेपालीको लागि गर्वको विषय हो ।
० तपाइहरुको राष्ट्रिय संगीतकर्मी संघ काभ्रेले के कस्ता कार्यहरु गर्दैछ ?
राष्ट्रिय संगीतकर्मी संघ काभ्रेले विभिन्न स्थानहरुमा सांगितिक कार्यक्रम साथै सामाजिक सेजाका कार्यक्रमहरु गर्दै आएको छ तर अहिले आएर नेतृत्व पक्षको कमजोरीले गर्दा संगीतकर्मी संघ भित्रै एकआपसमा मतभेद देखिएको छ । यसको समाधानको लागि केन्द्रीय कमिटीले संगीतकर्मी संघ काभ्रेका सदस्यहरुलाई आउने शनिबारको लागि काठमाडौंमा बैठक बोलाएको छ ।
० तपाइहरुको राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय महाधिवेशन तत्कालै हुँदैछ हैन र ?
हो । आगामी माघ १०–११ गते केन्द्रीय महाधिवेशन हुँदैछ ।
० महाधिवेशनमा तपाइ पनि कुनै पदको लागि भिड्दै हुनुहुन्छ कि ?
म राष्ट्रिय महाधिवेशन संयोजक संघको उपाध्यक्ष हुँ । अध्यक्षमा चर्चित लोकदोहोरी गायक रेशम थापा हुनुहुन्छ । म अबको तीनवर्ष उपाध्यक्ष भएरै काम गर्नेछु त्यसपछि अध्यक्षको लागि भिड्नेछु ।
० अध्यक्षको लागि हाल को को भिड्दै हुनुहुन्छ त ?
हालसम्म त कसैको नाम आइसकेको छैन ।
० अहिलेसम्म तपाइले कुन कुन लोक दोहोरी गीती एल्बम बजारमा ल्याइसक्नुभएको छ ?
हालसम्म मैले नौवटा लोकदोहोरी गीति एल्बम बजारमा ल्याइसकेको छु । मेरो पहिलो एल्बम साँगा भञ्ज्याङ्ग हो । त्यसपछि पोल्छ मुटु मन, है सानु, चञ्चले यो मन, छड्के सलाम, सेतो घोडा, जितपुर फेदीगाउँ, गैह्रीखेत बजारमा आइसकेको छ ।
० धेरै दोहोरी गीत बजारमा ल्याएपनि है सानु …….. ले तपाइलाई चिनायो नि हैन ?
निश्चय नै मलाई लोकदोहोरी क्षेत्रमा लाखौं दर्शकमा चिनाउने र स्थापित गराउन गीति एल्बम नै है सानू हो । यो मेरो चौथो एल्बम हो । कहिल्यै दोहोरी गीत नसुनेका स्रोताहरुले पन यो गीतलाई मन पराएको पाएँ । रेडियो, एफएमहरुले पनि यो गीतलाई धेरै पटक बज्न दियो । यो गीति एल्बम मेरो लागि सफलताको सिंढी हुन पुग्यो ।
० एल्बम बिक्रिबाट राम्रै आम्दानी भयो होला नि ?
है सानू .. गीत त धेरै स्रोताहरुले मन पराइदिनुभयो तर एल्बम किनेर गीत सुन्ने स्रोता भने खासै भएन । एउटै ममोरी कार्ड र पेन ड्राइभमा सयौं गीत राख्न मिल्ने भएपछि कसले एल्बम किनेर गीत सुन्छ र ? मैले गायका सबै लोकदोहोरी गीतहरु चर्चित छन् र सबै स्रोताहरुको मोबाइलमा बज्ने गर्छन् । यो नयाँ प्रविधिले स्रोताहरुलाई फाइदा पुगेपनि कलाकारहरु चाहीँ मारमा परेका छन् ।
० के यो नयाँ प्रविधि उपयुक्त छैन र ?
समय परिवर्तनशील छ । आधुनिक प्रविधिसँगै सञ्चारक्षेत्र विस्तारित हुनु राम्रो हो । यो स्रोताहरुले पाउनुभएको सुविधा हो तर एउटा गीत ममोरी कार्ड वा पेन ड्राइभमा राखे बापत गायक तथा कलाकारलाई पनि केही रकम छुट्याइने व्यवस्था हुनुपर्छ ।
० के अहिले सबै गायक गायिकाको स्थिति नाजुक नै होला त ?
अहिले गायक गायिकाहरु स्रोताहरुसँगको सम्बन्ध नटुटोस् भनेर मात्रै र मिडियामा टिक्न मात्रै भएपनि गिती एल्बम निकाल्छन् । एल्बम नै बिक्रि गरेर त लगानीको चौथाई पनि उठ्दैन । एल्बम ननिकालौं यो क्षेत्रमा आइहालियो निकालौं त लगानीको रकम बालुवामा पानी हाले सरह मात्र हुन्छ ।
० तपाइले गाउनुभएका अधिकांश गीतहरुको रचना आफै गर्नुहुन्छ । कसरी रचना गर्नुहुन्छ शब्दहरु ?
गीत गाउनभन्दा गाह्रो हुन्छ गीतको रचना तथा शब्द चयन गर्न । लोकदोहोरी गीत भन्ने बित्तिकै माया प्रेम मिलन बिछोडका शब्दहरु प्रयोग गरिन्छ । धरैजसो गीतमा केटी मान्छेलाई सानू, सान्नानी, कान्छी, साइली… आदि इत्यादि शब्दले सम्बोधन गरिन्छ । गीतको लय मात्र राम्रो भएर हुँदैन शब्द राम्रो भएन भने गीत कमजोर हुन्छ । म कहिलेकाहीँ आधिरातमा उठेर पनि शब्दहरु लेख्ने गर्छु । मेरो साथमा सँधै कापी कलम हुन्छ र मनमा कुनै नयाँ शब्द आउनासाथ कापीमा टिपिहाल्छु ।
० आफ्नो गीतको म्युजिक भिडियोमा आफै खेल्नुहुन्छ किन ?
सुरुमा मैले आफ्नो गीतमा चर्चित कलाकाररु तथा मोडलहरुलाई खेलाउने विचार गरेको थिएँ तर उहाँहरुले खेल्न नमानेपछि म आफैले अभिनय गरेको हुँ ।
० एउटा गीत चर्चित हुन म्युजिक भिडियोको कत्तिको हात रहेको हुन्छ ?
समय पहिलाको जस्तो छैन । अहिले गीत सुन्नुको साथ साथै म्युजिक भिडियो हेर्ने चलन छ । म्युजिक भिडियो भएन भने गीत नै चल्दैन त्यसैले ५० हजार लगानी गरेर एल्बम निकाल्नेले दुईतीन लाख रुपिँयासम्म खर्च गरेर म्युजिक भिडियो बनाउँछन् ।
० तपाइका अधिकांश गीतहरु जस्तै, है सानू …, मारौली बुर्कुसी…, चञ्चले यो मन… इत्यादि नृत्य गर्न मिल्ने र भट्याएर गाउने खालका छन् । किन तपाइ यस्ता गीतहरु नै बढी गाउनुहुन्छ ?
भट्याएर गीत गाउने शैली ठेट नेपाली हो । यस्ता गीतहरु काँठ क्षेत्रमा अत्याधिक रुचाइन्छ र म सँधै यस्तै गीत गाउन रुचाउँछु । यस्ता गीत छिट्टै नै लोकप्रिय हुन्छन् । म नेपाली कला र सँस्कृति जोगाउने तथा गाउँघरमा नाचगान गर्न मिल्ने गीतहरु नै गाउने गर्छु । मैले गायका सबै गीतहरुमा धक फुकाएर नाच्न मिल्छ ।
० अहिले बजारमा अत्यधिक रुपमा दोहोरी गीतका एल्बमहरु आएका छन् यसलाई तपाइ कुन नजरले हेर्नुहुन्छ ?
दोहोरी गीतका एल्बमहरु बढ्नु त राम्रै हो तर जस्तो पायो त्यस्तै गीत जो सुकैले गाइदिँदा संख्याम बृद्धि भएपनि गुणात्मक कुनै सुधार हुन सकेको छैन । यसले दोहोरी गीतको स्तरलाई कमजोर बनाउँछ ।
० तपाइलाई धेरै जसो कार्यक्रममा गायिका पार्वती कार्कीसँग गीत गाएर नाचेको देखिन्छ नि ?
पार्वती कार्कीको स्वर राम्रो छ । मेरो अधिकांश गीतहरुमा उनैले स्वर दिएकी छिन् त्यसैले पनि धेरै जसो कार्यक्रमहरुमा पार्वती कार्कीसँग गीत गाएर नाचेको देखिएको हो । यसको अलावा हामी असल मित्र पनि हौं ।
० आफूलाई दोहोरी गायकको रुपमा चिनिन पाउँदा कस्तो लाग्छ ?
हुन त दोहोरी गायक भन्दा मान्छेहरु नाक खुम्च्याउँछन् तर मलाई आफू दोहोरी गायक र काभ्रेली भएकोमा गर्व लाग्छ । वास्तवमा भन्नुपर्दा नेपाली कला र सँस्कृति जोगाउने काम नै दोहोरी गीतले गरेको छ ।
० नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ ?
समयले साथ दिएसम्म नेपाली फिल्म हेर्छु ।
० तपाइलाई मनपर्ने लोकदोहोरी गायकहरु को को हुन् ?
रेशम थापा र नवराज घोरसाइने ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
म काभ्रेली ठिटो हुँ । म लोकदोहोरी क्षेत्रमा काभ्रेको नाम उच्च राख्न चाहन्छु । काभ्रेका साथीहरुले मलाई पूरा साथ दिनुभयो भने आगामी तीन महिनामा अर्काे एउटा गीति एल्बम पनि बजारमा ल्याउनेछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0