Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अरनिको राजमार्ग बैशाख पाँच गते सम्ममा कालो पत्रे हुने, सवारीको चापले गर्दा निर्माण कार्यमा समस्या

प्रभातफेरी अनलाइन ७१२९ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र २६, सोमबार (७ साल अघि)
अरनिको राजमार्ग बैशाख पाँच गते सम्ममा कालो पत्रे हुने, सवारीको चापले गर्दा निर्माण कार्यमा समस्या

आइ.आर.के मैनाली

धुलिखेल-काभे्रको धुलिखेलदेखि पाँचखाल सम्मको मोड कटिङ्ग, सडकमा कालो पत्रे गर्ने कामको लागि जिम्मेवारी पाएका “द कञ्चनजंगा मोतिदान जेवी” ले सम्बन्धित निकायबाट समयमै पाउनु पर्ने रकम निकासा नपाएपनि निर्माण कार्यलाई तिब्रता दिएका छन् ।

राजमार्गको अवस्था दयनिय भएको जसको कारण आवा गमनमा समस्या पर्नाको साथै यात्रुहरुले जोखिम पुर्ण यात्रा गर्न बिवश भएकोले समयमा निकासा नभएपनि निर्माणको कार्यलाई निरन्तरता दिएको “द कञ्चनजंगा मोतिदान जेवी” का प्रोपाईटर रामबहादुर गौतमले जानकारी गराउनु भयो । पाँचखाल सम्मको सडक मर्मत गर्ने जिम्मेवारी धुलिखेलबाट ३ किलोमीटर तल थाक्ले सम्म मर्मत कार्य सुरु भएको छ ।

सम्झौताको आधारमा समयमा आफुले पाउनु पर्ने रकमको निकासा समेत नहुंदा समेत निर्माण कार्य थालेको अवस्थामा समेत सहज ढंगले निर्माण कार्य गर्न नपाउदा काम ढिला हुने गरेको सडक मर्मत कार्यमा जुटेका कालिगडहरुको भनाई रहेको छ । उहाँहरुको अनुसार सडक मर्मत कार्यको लागि सडकमा संञ्चालन हुने सवारी साधनहरुको व्यवस्था नहुंदा समस्या परेको हो । अन्यत्र कार्य गर्दा सडकमा संञ्चालन हुने सवारी साधनहरुलाई निस्चित समय निर्धारण गर्ने गर्दा काम गर्न सहज हुने गरेको थियो तर काभे्रमा त्यस्तो कुनै व्यवस्था नहुंदा समस्या परेको हो । जिल्ला प्रशासन कार्यालय काभे्रले सवारी साधन संञ्चालन हुंने निश्चित समय निर्धारण गरेको भए कालो पत्रेको काम सकिने बेला भएको कालीगडहरुको भनाई रहेको छ ।

मोड कटिङ्ग, कालो पत्रे साथै ओभर डे गर्ने गरी ठेक्का लिएका ठेकेदार रामबहादुर गौतमले ७ करोड बराबरको काम सक्दा पनि सम्बन्धित निकायबाट भुक्तानि नहुंदा काम रोकीएको थियो । काम रोकीएपछि दयनिय सडकमा जोखिम पुर्ण तरीकाले यायायात संञ्चालन हुंदै आएको थियो । राजमार्गको लथालिंगे अवस्थाका कारण स्थानिय, यातायात व्यवसायी साथै राजनीतिक दलहरुले अलपत्र अवस्थामा रहेको सडकको बिषयमा जतीनै बिरोध साथै दवाव दिदा समेत वजेट निकासा नहुंदा मर्मत कार्य अगाडि बढ्न सकेको थिएन ।

राजमार्गको दयनिय अवस्थाका कारण स्थानिय साथै सेवा ग्राहिहरुले सास्ति खेप्नु परेको बिषयलाई मध्य नजर राख्दै बजेट निकासा नभएपनि काम सुरु भएको ठेकेदार गौतमले बताउनु भएको छ । गौतमले थप्नुभयो चैत्र महिनामै काम सक्ने ढंगबाट अगाडि बढे पनि राजमार्गमा संञ्चालन हुने सवारी साधनको व्यवस्था हुन नसक्दा केहि ढिला हुने भएको बताउनु भयो । मौसमले साथ दिएमा बैशाख मनिाको ५ गते भित्र कालोपत्रे गर्ने कार्य सम्पन्न गछौं । राजमार्गको काम छिटो साथै गुणस्तरिय ढंगबाट सम्पन्न गराउनको लागि आवस्यक मेसेनरि सामानहरुको पुर्ण रुपमा व्यवस्था भएको बताउनु भयो । सडक गुणस्तरीय ढंगबाट निर्माण गर्न दक्ष कालिगटहरुको व्यवस्था भएको तर सडकमा संञ्चालन हुने सवारी साधनको व्यवस्था नहुंदा समस्या परेको छ । निर्धक्कसंग सडकमा काम गर्न पाउंदा गुणस्तरीय निर्माण हुन्छ तर सवारी साधनहरुको डिस्टबको बिचमा कालो पत्रे गर्नु परेमा समस्या हुने उहाँको तर्क छ ।

ठेकेदार गौतमले भन्नुभयो मंसिर महिना सम्म मर्मत कार्यको काम गर्दा ७ करोडको काम भैसक्दा पनि सम्झौताको आधारमा पाउनु पर्ने भुक्तानि नपाउंदा समस्या आएकोले बिचमा काम रोकिएको थियो । निकासा आएपछि काम सुरुवात गर्दा राजमार्गमा संञ्चालन हुने सवारी साधन र यात्रुले सास्ति खेप्नु परेको साथै स्थानियको स्वास्थ्यलाई समेत मध्यनजर राख्दै बैंक तथा आफ्ना शुभ चिन्तकसंग ऋणपन गरी काम सुरु गरेको बताउनु भयो । कम्पनिको तर्फबाट काम छिटो सक्नको लागि जति पहल गरेपनि सम्बन्धित निकायहरुबाट पाउनु पर्ने जति सहयोग नपाउंदा काम गर्न ढिलाई भएको बताउनु भयो ।
यसै बिषयमा सडक डिभिजन कार्यालयका प्रमुख गुरु प्रसाद अधिकारीसंग सम्पर्क राख्दा प्राबिधिक समस्याले गर्दा समयमा बजेट निकासा हुन नसकेको बताउनु भयो । हाल पनि बजेट निकासा भएको छैन तर काम सुरु भएको वताउनु भयो । मौसमले साथ दिएमा बैशाख महिनाको पहिलो हप्तामै कालो पत्रे सकिने छ ।

प्राबिधिक कारणले केहि समय निकासा ढिला भएपनि वजेट निकासाको लागि पहल भैरहेकोले छिटै वजेट निकासा हुने उहाँको भनाई थियो । सडकको अवस्थाको बिषयलाई लिएर चौतर्फी ढंगबाट दवाब आएकोले वजेट निकासा नहुंदा पनि काम सुरु गर्ने वातावरण निर्माण गरेको प्रमुख अधिकारीले बताउनु भयो ।
मोड कटिङ्ग, वाल र नाली मर्मत साथै आवश्यकिय स्थानमा ग्रावेल, वेस सहित पुरै कालो पत्रे र मर्मत गरेर हुने स्थानमा ओभर डे (टाल्टुल) गर्ने शिर्षकको नाममा भ्याट बाहेकको १५ करोडमा ठेक्का पाएका “द कञ्चनजंगा मोतिदान जेवी” काभे्र जिल्लाम दुई राजमार्ग सहित १ सय ३२ किलोमिटर कालो पत्रे सडक रहेको छ, ।

उक्त सडकहरुको मर्मतको बिषयमा समयमा बजेट निकासा गराउने कार्यमा सुस्तता साथै अनुगमको अभावमा समस्या आएको स्थानियहरुको भनाई रहेको छ । राम्रो काम गर्ने ठेकेदारलाई झुलाउने गुणस्तर हिन कार्य गर्नेलाई प्राथमिकता दिंदा बिकास निर्माणको कार्य गुणस्तरिय हुन नसकेको समाजसेवीहरुको भनाई रहेको छ ।

  • अरनिको राजमार्ग बैशाख पाँच गते सम्ममा कालो पत्रे हुने
  • सवारीको चापले गर्दा निर्माण कार्यमा समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0