Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मदरल्याण्डको अभिभावक दिवस सम्मान सामाजिक क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान

प्रभातफेरी अनलाइन ५५५६ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र २६, सोमबार (८ साल अघि)
मदरल्याण्डको अभिभावक दिवस सम्मान सामाजिक क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान

अमरकृष्ण चन्द
भक्तपुर-विद्यालय स्थापनाको १८ बर्ष बर्षको समयमा ठुलै फड्को मार्न सफल भएको मदरल्याण्ड अगे्रजी स्कुलको १८ औं अभिभावक दिवस समपन्न भएको छ । उक्त दिवसको अवसरमा विद्यालयलाई योगदान पु¥याउनेहरुलाई कदर समेत गरेको छ ।

प्रख्यात चिन्तक डा. चिन्तामणी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भक्तपुरमा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा विभिन्न पदक जित्न सफल टेबल टेनिस खेलाडी शिवनाथ गोथे, संचारकर्मी रमेश गिरी आशा, शिक्षाविद शान्ति निकेतन मा.वि.का पूर्व प्रिन्सिपल मिनाक्षीलक्ष्मी प्रजापति, कवि तथा साहित्यकार जीवनाथ अधिकारी र गायक तथा रंगकर्मी महेश्वर बोहोरा ‘मानस राज’ लाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. योगीले अहिलेका बालबालिकालाई असल व्यहार सीकाउने शिक्षाको आवस्यक रहेको बताउनु भएको थियो । मार्कसिटमा बढी नम्बर भन्दा पनि मातृभूमिको माया गर्ने र समय सुहाउँदो व्यवहारिक शिक्षा हालको आवस्यक रहेको बताउनु भएको थियो । घोकन्ते शिक्षाको आधारमा बिद्यार्थीहरुको भविस्य उज्ज्वल नहुने भन्दै सामाजिक सद्भाव साथै व्यवहारिक शिक्षा प्रदान गर्न सके विद्यार्थीहरु भविस्यमा मुलुकका कर्णधार हुने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी एन प्याब्सन भक्तपुरका अध्यक्ष जि.बि. खड्का, जिल्ला शिक्षा कार्यालयका अधिकृत विमलप्रसाद निरौला, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, कलाकार, निर्देशक तथा नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, हस्तलेखन विशेषज्ञ अस्मिता आचार्य, संचारकर्मीहरु लीला श्रेष्ठ ‘ज्योति’ पेशलराज आचार्य, किरण बुढाथोकी लगायत अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा शैक्षिक सत्र २०७४ का विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुमध्ये हस्तलेखन तर्फ नेपालीमा अञ्जु त्रिपाठी, नेपालीमा रोजिना रसाइली, खेलकुदमा अमृत माझी, सरसफाइमा सोनिया श्रेष्ठ, इभा लोहोला, चित्रकारमा विवेक श्रेष्ठ प्रसुन लामा, नियमित हाजीरीमा मल्लिका सिंजाली थापा, सर्वोत्कृष्ट वर्ष विद्यार्थी विपिन कार्की र नम्रता लामा तथा उत्कृष्ट वर्ष शिक्षक राधेश्याम कासुलालाई वर्ष सम्मान २०७४ ले सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू कसेर लागेको बताए । बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे । स्वागत मन्तव्य विद्यालयका शिक्षक राधेश्याम कासुलाले राखेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले कार्यक्रमको सभापतित्व गरेका थिए ।कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु पस्केका थिए । साथै विद्यार्थीहरुले तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।

  • मदरल्याण्डको अभिभावक दिवस सम्मान सामाजिक क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0