Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साउदीमा कार्यरत युवाले काभे्रको शिक्षामा लगानी, सरकारी ओझेलमा परेका विद्यालयलाई सहयोग गर्छौ – लामा

प्रभातफेरी अनलाइन ८४६३ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख ४, मंगलबार (७ साल अघि)
साउदीमा कार्यरत युवाले काभे्रको शिक्षामा लगानी, सरकारी ओझेलमा परेका विद्यालयलाई सहयोग गर्छौ – लामा

आर.एल.श्रेष्ठ
नेपा-रोजगारीको लागि साउदी अरबमा रहेका युवाहरुले काभे्रको शैक्षीक क्षेत्रमा लगानि गर्ने भएका छन् । जिल्लाको दुर्गम बस्तिमा रहेको विद्यालयमा अध्ययन गर्ने बिपन्न, गरिब तथा जेहेनदार बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देस्यले कार्य गर्ने भएका छन् ।

काभे्र सेवा समाज, साउदी अरब नाम भएको संस्थाले “काभे्रको बिकास गरौं सबै मिलि एकजुट हौ” भन्ने मुल नारा लिएर अगाडि बढेको उक्त संस्थाले बिगत बर्षहरुबाटै शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको थियो । ११ महिना अगाडि बिधिबत दर्ता भएको संस्थाले विगतमा बिद्यालयमा आवस्यक शैक्षिक सामाग्रिहरु समेत प्रदान गर्दै आएको थियो ।

आर्थिक अभावको कारण कुनै पनि बिद्यार्थीले गुणस्तरीय शिक्षा लिनबाट बञ्चित हुन नपरोस भन्ने उद्देस्यले कार्य थालेको उक्त संस्थाले नव बर्ष २०७५ को उपलक्षमा शुभकामना कार्यक्रमको आयोजना गर्दै अक्षय कोषको स्थापना गरेको छ । हाललाई १० लाखबाट सुरु गरेको अक्षयकोषको बृद्धि गर्दै जाने जानकारी पत्रकार सम्मेलन मार्फत दिएको छ ।

जेनकुमार लामाको अध्यक्षतामा गठित १७ जनाको कार्यसमितिको निर्णय अनुसार काभे्र जिल्लामा कुनै पनि बालबालिका आर्थिक अभावको कारण शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस भन्ने उदेस्यले कार्य थालेको जानकारी प्राप्त भएको छ । संस्थाले काभे्रको शिक्षा क्षेत्रमा मात्रै नभई साउदिमा कामको सिलसिलामा गएर समस्यामा परेका नेपालिहरुको समस्या समाधानमा पनि जुट्दै आएको छ ।

नेपालबाट रोजगारिको सिलसिलामा अबैध साउदी अरव पुगेर समस्यामा परेकाहरुलाई समेत सघाउदै आएको छ । साउदीको बिभिन्न स्थानमा दलालको चङ्गुलमा परेर समस्यामा परेकाहरुलाई उद्धार गर्दै आएको संथाले मृगौलाको बिरामी, वाडी पिडितलाई सहयोग, धुमुर्स सुन्तली द्वारा संञ्चालित नमुना बस्ति विकासको लागि सहयोग लगायतको सहयोग गर्दै आएको छ । शिक्षा क्षेत्रमा विगतमा लगानि गरेका विद्यालयहरुमा महेन्द्र मा.वि साँगालाई शैक्षिक सामाग्री खरिद, आशा पुरेश्वर स्थित जागृति आधारभुत विद्यालयलाई फर्निचर, प्रोजेक्टर,कम्प्युटर र ल्यावको व्यवस्थामा सहयोग गरेको थियो ।

संस्थाका अध्यक्ष जेनकुमार लामाको सभापतित्व तथा पत्रकार महांसंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा सभापति लामाले नेपाल सरकारको तर्फबाट गर्नुपर्ने कार्य गर्न नसकेर ओझेलमा परेका विद्यालयहरुलाइ प्राथमिकता दिदै कार्य गर्दै आएको र आगामि दिनमा पनि निरन्तरता दिने बताउनु भएको थियो । बैदेशिक रोजगारीको क्रममा विदेशिएका युवाहरुको मृत्यु भएर त्यस्ता अभिभावक गुमाएका विद्यार्थिहरुलाई समेत सहयोग गर्ने संस्थाको उद्देस्य रहेको वताउनु भएको थियो । पत्रकार सम्मेलनका प्रमुख अतिथि तिमल्सिनाले संस्थाको उद्देस्यअनुसार कार्य गर्ने क्रममा छनोट प्रकृया पारदर्सि हुनुपर्ने बताउनु भएको थियो ।

  • सरकारी ओझेलमा परेका विद्यालयलाई सहयोग गर्छौ - लामा
  • साउदीमा कार्यरत युवाले काभे्रको शिक्षामा लगानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0