Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दलाल विचौलियाको ध्वस्त पार्दै लुट तन्त्रको अन्त्य गछौं  यातायाय व्यवसायिको टुंगो लागो अव मेनपावरले चुरीफुरी गर्छन- बास्कोटा

प्रभातफेरी अनलाइन ६६४२ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख २५, मंगलबार (७ साल अघि)
दलाल विचौलियाको ध्वस्त पार्दै लुट तन्त्रको अन्त्य गछौं  यातायाय व्यवसायिको टुंगो लागो अव मेनपावरले चुरीफुरी गर्छन- बास्कोटा

आई.आर.के मैनाली

पाँचखाल-संञ्चार तथा सुचना प्रबिधि राज्य मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली जनताको सपना साकार पार्न सरकार तयार रहेको बताउंदै, मुलुकमा भएका दलाल र बिचौलियालाई ध्वस्त पारेर लुट तन्त्रलाई अन्त्य गर्ने सरकारको नीति रहेको बताउनु भयो ।

पाँचखाल नगरपालिकाको चौथो बार्षिकोत्सव तथा स्थापना दिवसको उद्घाटन गर्दै प्रमुख अतिथि राज्य मन्त्री बास्कोटाले थप्नुभयो आफुले निर्वाचनको समयमा मत माग्ने क्रममा जे जे बोलेको थियो सो सवै पुरा गरेरै छाड्ने बताउनु भयो । पाँचखालमा सिंचाई तथा पिउने पानीको लागि ईन्द्रावतीलाई पाता फर्कायर ल्याउने तयारी गरेको बताउनु भयो ।

विगतमा स्थाई सरकार नहुंदा काम गर्न असहज भएकोले नेपाली जनताले स्थाई सरकारको जिम्मेवारी दिएकोले जनताको हितको लागि कार्य गर्न तयार रहेको बताउनु भयो । सरकार कानुनलाई पालना गराउन तैयार छ , यो वा त्यो साथै यो पार्टी वा त्यो पार्टी भन्ने पक्षमा सरकार नभएको बताउनु भयो । जो सुकै होस राम्रा कार्य गर्नेलाई सम्मान गछौं, नराम्रा कार्य गर्नेलाई कानुन अनुसारको दण्ड सजाय भोगाएरै छाड्ने सरकारको कर्तव्य हो र सोही अनुसार गर्ने प्रमुख अतिथि बास्कोटाले बताउनु भयो ।

मुलुकमा यातायात व्यवसायिहरुको मात्र सेण्डिकेट तोडेको होईन यस्ता धेरै प्रकारका सेण्डिगेट चलि रहेको छ , त्यस्ता कुनै पनि प्रकारको सेण्डिकेटको अव छिटै अन्त्य हुने ठोकुवा गर्नु भयो । नेपाली जनताले तिरेको करवाट बनेको सडक यातायात व्यवसायिले १७ लाखका दरले बेच्न पाईएन भनेर आन्दोलन गरेकै भरमा सरकार चुप लागेर नवसेको बताउनु भयो । समितिको नाममा खडा भएको समुहले कानुनलाई मिच्न खोज्दैमा मिच्न सक्छ ? त्यस्ता खालको नेपाली जनताको हित बिपरितको कार्यलाई सरकारले निमिट्यान्न पारेरै छाड्ने बताउनु भयो । कर्मचारीले यदा कदा जनप्रतिनीधिहरुलाई फसाउने गरेको पाईएको छ, त्यस्तो काम गरेर फसाउने काममा सचेत हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले भन्नु भयो अवको केहि दिनमा मेनपावर कम्पनिले पनि चुरी फुरी गर्न सक्छन किनकि उनिहरुको कर्तुत प्रति सरकारले कडा निर्णय गरेको छ । मेनपावरको नाममा खडा भएका थुप्रै समुहले बैदेशिक रोजगारमा जानेहरुलाई ठगि गरेको, राम्रो कम्पनिमा भनेर झुक्याउने गरेको थुप्रै प्रमाण भएकोले अव वैदेशिक रोजगारमा मेनपावरले पठाउदा कुन कम्पनिमा के कामको लागि कति तलबमा भन्ने बिषयमा सरकारले बैदेशिक कम्पनिहरुसंग बुझेर मात्र पठाउने तयारी गरेको जसले गर्दा बैदेशिक रोजगारमिा जानेहरु समस्यामा नपर्ने बताउनु भयो । तथर सरकारको यस्तो राम्रो निर्णयले बैदेसिक रोजगारिका नाममा ठगि गर्नेहरुलाई ज्वरो आउन सक्ने वताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप—प्रमुख मञ्जु गौतमले पाँचखाल कृषि नगरीको रुपमा अगाडि बढेकोले आवास निर्माणको बिषयमा ध्यान दिनुपर्ने सुझाव दिनु भएको थियो । नगरका मेयर बिकास पे्रमि भएकोले विकास निर्माण गर्दा दिर्घकालीन सोचको आधारमा गर्नुपर्ने वतउनु भएको थियो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले विपत व्यवस्थापनलाई मध्यनजर राख्दै दिगो बिकासको लक्षका साथमा अगाडि बढ्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा सभापतिको आशनबाट पाँचखाल नगरका मेयर महेश खरेलले स्थानिय तह बलियो भए लोकतन्त्र बलियो हुने बताउनु भयो । स्थानिय तहलाई पुर्ण अधिकार नदिएर डम्पिङ साईडको रुपमा राख्न खोजेको भन्दै अधिकारलाई पुर्ण रुपमा प्रयोग गर्न पाउनु पर्ने बताउनु भएको थियो । पाँचखाल नगरलाई कृषि नगरको रुपमा मुलुककै नमुना नगर बनाउने प्रतिबद्धता दिदै कुनै पनि कार्य गर्न समय लाग्ने भएकोले धैर्य गर्न अनुरोध गर्नु भयो । पाँचखालमा छिट्टै शीक्षा नीति बन्ने र सो नीतिमा शिक्षक (गुरु) हरुले राजनीतिक झण्डा बोक्ने बिगतको परम्परालाई अन्त्य गर्ने बताउनु भयो । पाँचखाल नगरमा अन्यत्र जसरी राजनैतिक रंग नचलेकोले विकास निर्माणको कार्यको लागि सवै एक ढिक्का भएर अगाडि बढेको वताउनु भयो ।

पाँचखाललाई स्वच्छ हराभरा साथै वातावरण मैत्रि बनाउने उद्देस्यले नयाँ ईट्टा भट्टा दर्ता कार्यलाई रोक लगाएको बताउनु भयो । हाल सम्म संचालन भएको ७ वटा भट्टाको बिषयमा संञ्चालन गर्ने वा बन्द गर्ने भन्ने बिषयको सम्पुर्ण अधिकार वडा साथै स्थानियलाई हुने बताउनु भयो । इट्टा भट्टा रहेको वडामा सार्वजनिक सुनुवाई गरी स्थानिय जनताले संञ्चालन गर्न दिने भने संञ्चालन गर्ने र नदिने भनेमा बन्द गर्ने बताउनु भयो । नगरमा बालुवा तस्कर भयो भन्ने जनगुनासो आएपछि अनुगमन गर्दा सत्य सावित भयो त्यसलाई करको दायरामा ल्याउने निर्णयलाई स्थानियले विरोध गरेपछि बन्द गर्ने निर्णय भई जिल्ला प्रशासन कार्यालय साथै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउंदा जिल्ला प्रहरी कार्यालयले वास्ता नगर्दा केहि समय फाट्ट फुट्ट चोरी निकासी हुंदा अञ्चल प्रहरी कार्यालयको सहयोगमा बन्द भएको बताउनु भयो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका मेयर टिपि शर्मा तिमल्सिनाले कुनै पनि उद्योग स्थापनालाई प्राथमिकता दिने तर वातावरण मैत्रि हुनु पर्ने बताउनु भयो । आफ्नो नगरमा रहेको ईट्टा भट्टा वातावरण मैत्रि ढंगबाट संञ्चालन हुन नसके रोक लगाउने बताउनु भयो । पाँचखाल र नमोबुद्ध नगरको बिचमा भावनातमक संबन्ध मिलेकोले सोही आधारमा आपसि सल्लाहको आधारमा अगाडि बढ्ने बताउनु भयो ।

त्यसैगरी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेले कुनैपनि नगरमा शुसासन कायम गर्न कर्मचारी अनुसासित हुनुपर्ने बताउनु भएको थियो । कर्मचारी र जनप्रतिनीधि दुवै थरि अनुसासित भएमा शुसासण हुने बताउनु भयो । अनुसासण हिन कर्मचारी साथै भागबण्डाको आधारमा कार्य गर्ने जनप्रतीनिधि भएमा कुनै पनि कार्य राम्रो नहुने बताउनु भयो । नगर मार्फत गर्ने बिकास निर्माणको कार्यमा ठेकेदारी प्रथाबाट गर्नुको बदला उपभोक्ता समिति मार्फत गर्ने गरेमा गुणस्तरीय विकास निर्माणको साथै चुहावट रोकिने बताउनु भयो ।

कार्यक्रममा नगरलाई योगदान पु¥याउने बिभिन्न व्यतित्वहरु, अनुसासित कर्मचारी उत्कृष्ट करदाता, बिक्तिय क्षेत्रमा योगदान पु¥याउने व्यत्तित्व कुसल वडाध्यक्ष लगायतलाई सम्मान गरेको थियो ।

  • दलाल विचौलियाको ध्वस्त पार्दै लुट तन्त्रको अन्त्य गछौं  यातायाय व्यवसायिको टुंगो लागो अव मेनपावरले चुरीफुरी गर्छन- बास्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0