Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रमा बिमानस्थल बन्ने

प्रभातफेरी अनलाइन ४६१९ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख २५, मंगलबार (७ साल अघि)
काभे्रमा बिमानस्थल बन्ने

विपिन सापकोटा
बनेपा-त्रिभुवन अन्तराष्ट्रि«य विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ । आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समयसम्म पनि विमानस्थलले गति लिन सकेको थिएन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो लिएपछि विमानस्थल निर्माणले सार्थकता पाउने भएको हो । पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको द्दज्ञ गते स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिनभित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए ।
उनका अनुसार मन्त्रालयद्वारा एक विज्ञ समिति दुई दिनभित्र गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ । प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने मन्त्री अधिकारीको भनाइ छ ।

“काठमाडौँ भन्दा बाहिर नजिकै आन्तरिक विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिन्छ, हामीले आज हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिन्छौँ,”मन्त्री अधिकारीले भने ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पका रुपमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यसमा सबैको सहयोग चाहिने बताए । उनले पर्यटकीय क्षेत्र काभ्रेको समग्र विकासका लागि पनि विमानस्थल आवश्यक रहेको भन्दै पर्याप्त स्रोत साधन परिचालन गरेर कम लागतमा चाँडो विमानस्थल निर्माण गरिनुपर्नेमा जोड दिए ।

बनेपा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको मन्त्रीसहितको टोलीले निरीक्षण गरेको थियो । सहभागीले बैकल्पिक विमानस्थल निर्माण गर्दा स्थानीयको भावना र वातावरणीय सन्तुलन् व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए भने अधिकांशले जिल्लाको समृद्धिका लागि विमानस्थल उपयुक्त हुने भन्दै निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भौगोलिक अवस्थिति, विमानको रुट, मौसमी अवस्था र प्राविधिक हिसाबले उपयुक्त स्थानलाई विमानस्थल बनाइनेछ । पर्यटनमन्त्री अधिकारी, सञ्चार राज्यमन्त्री बाँस्कोटासहित, काभ्रेका सांसद, नगरप्रमुख, क्यानका उच्च पदाधिकारी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीको टोलीले प्रस्तावित विमानस्थलको अवलोकन गरेको थियो ।

क्यानका महानिर्देशक सञ्जिव गौतमकाअनुसार विमानस्थल निर्माणका लागि क्यानले नागीडाँडामा अध्ययन गरेको छ । यस स्थानको भौगोलिक अवस्था हेर्दा बढीमा एक हजार २०० मिटरसम्मको धावनमार्ग बनाउन सकिने अध्ययनले देखाएको छ । यसअघि २०६५ मा काभ्रेकै भकुण्डेबेँसी र पाँचखालमा विमास्थल निर्माणका लागि अध्ययन गर्नेक्रममा स्थानीयको विरोधका कारण सम्भव भएको थिएन ।

  • काभे्रमा बिमानस्थल बन्ने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0