Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आन्तरिक विमानस्थल कसैको बमौती हुन सक्दैन – न्यौपाने

प्रभातफेरी अनलाइन ६४७४ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ २९, मंगलबार (७ साल अघि)
आन्तरिक विमानस्थल कसैको बमौती हुन सक्दैन – न्यौपाने

पनौती- वडा स्तरीय योजना तर्जुमा भेला तथा योजना छनौट प्राथमिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले पनौती वडा नं. ४ र बनेपाको वडा नं. ११ को नागीडाँडामा बन्न लागेको आन्तरिक विमानस्थलका बारेमा चलेका बजारीया हल्लालाई लक्षित गर्दै आन्तरिक विमानस्थल कसैको बमौती हुन नसक्ने बताएका छन् ।

मंगलबार पनौती नपा ४ नं वडा कार्यालय भएको कार्यक्रममा प्रमुख न्यौपानेले थप्नुभयो , विमानस्थल जहाँ बनेपनि काभ्रेमा बन्ने हो । तर साँघुरो छाती भएकाहरूले एकतर्फी रुपमा हौवा फैलाएका छन् । त्यसको पछि नलाग्न नगरवासीलाई आग्रह गर्दै कुनैपनि हालतमा विमानस्थल बन्नुपर्ने बताए । न्यौपानेले भने– ‘विमानस्थलका लागि पनौतीवासी कुनैपनि मूल्य चुकाउन तयार रहेको समेत बताएका छन् । जहाँ सम्म प्रभावित क्षेत्रका वासिन्दाहरू असन्तुष्टि जायज हो । त्यसमा पनि तत्कालिन सुब्बागाउँ पञ्चायत वडा नं. ४ र २ का वासिन्दाहरूले चासो राख्नु मनासिव हो । त्यसैले हालको वडा नं. ४ स्वभाविक रुपमा प्रभावित क्षेत्रभित्र पर्छ । यहाँ कस्को भूमिका कहाँ छ यसमा अहिले जे–जे भनेपनि वडा नं. ४ प्रभावित क्षेत्रमै रहन्छ । यसमा विवाद गर्ने कुरै हुँदैन ।’ तर सरोकारवाला निकायबाट एकतर्फी ढंगले बनेपा नगरपालिका वडा नं. ११ र १२ मात्र प्रभावित क्षेत्र भनि सार्वजनिक सूचना प्रकाशित गरेको भन्ने सुन्न आएकोमा आफु अन्यौलमा परेको धारणा राख्दै प्रमुख न्यौपाने थप्नुहुन्छ । विमानस्थलमा प्रयोग हुने ७५ प्रतिशत भुभाग पनौती नगरपालिका वडा नं. ४ भित्र पर्ने तत्कालिन अवस्थामा प्रकाशित राजपत्रहरूनै त्यसका प्रमाण हुन् । अहिले आएर जुन किसिमका हर्कतहरू भएका छन् त्यसमा नगरपालिका मौन बस्नै सक्दैन ।

कुनैपनि मूल्यमा प्रभावित क्षेत्र कायम हुने कुरामा जिकिर गर्दै विमानस्थलका लागि आवश्यक पर्ने मोटरबाटोलाई स्तरोन्नती गरी निर्माणाधिन स्थल सम्म सहज रुपमा यातायातको आवातजावात गर्न सक्ने व्यवस्था गर्न नगरपालिका कटिबद्ध रहको धारण राखे । नागी डाँडामा आन्तरिक विमानस्थल बन्नुपर्छ भनेर इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट नगरले प्रतिनिधित्व गर्दै दशकौंदेखि जिल्ला विकास समितिमा पेश भएका दस्तावेजहरू त्यसका थप प्रमाण भएको न्यौपानेको भनाई छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई न्युनिकरण गर्ने उद्देश्यले उपत्यका आसपासमै आन्तरिक विमानस्थल बनाउनुपर्ने निक्र्यौल गरेपश्चात सुरु भएको स्थलगत अध्ययन र अनुगमनले निकास पाएकोमा पनौतीवासी गौरवान्वित छन् । किनकि हिजोका दिनमा प्रत्येक योजना तर्जुमा गोष्ठीमा हाल प्रस्तावित क्षेत्रमा विमानस्थल बनाउनुपर्छ भनेर योजना पेश भएका थिए । आज आफुले आन्तरिक विमानस्थल बनाउनका लागि पहल गरेको भन्नेहरूले जिविसको बैठकमा उक्त पनौतीले पेश गरेको योजनालाई खिल्ली उडाउँदै आएको तत्कालिन पार्टी प्रतिनिधि राजेन्द्र के.सी. बताउँछन् ।

काभ्रेमा विमानस्थल बनाउन लामो समयदेखि पहल भएको थियो । गत वैशाख दोस्रो साता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी सहित नागरिक उड्ययन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेको थियो । उक्त स्थलगत अध्ययनका क्रममा मन्त्री बाँस्कोटाले काभ्रेलीले सोह्र वर्ष अघिदेखि उठाएको मुद्दाले आज अवतरण खोजेको बताए । उनले नागरिक उड्यन प्राधिकरणका अधिकारीसँग पाँच वर्ष अघि अध्ययन गरी तयार पारिएको प्रतिवेदन सरकार परिवर्तन भएसँगै लुकाएको भन्दै आक्रोश समेत पोखे

  • आन्तरिक विमानस्थल कसैको बमौती हुन सक्दैन - न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0