Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समग्र रुपमा ८३ प्रतिशत काम सम्पन्न—आयोजना, गैह्र कानुनी ढंगबाट भएका सवै निर्णयहरु रद्ध भएमात्र पानी वितरण हुन सक्छ —नागरिक सरोकार

प्रभातफेरी अनलाइन ८८७४ पटक पढिएको प्रकाशित मिति: २०७५ भाद्र ६, बुधबार (७ साल अघि)
समग्र रुपमा ८३ प्रतिशत काम सम्पन्न—आयोजना, गैह्र कानुनी ढंगबाट भएका सवै निर्णयहरु रद्ध भएमात्र पानी वितरण हुन सक्छ —नागरिक सरोकार

आर.एल.श्रेष्ठ
पनौती÷दोस्रो मेलम्चीको उपमा पाएको काभे्र उपत्यका एकिकृत खानेपानी आयोजनाले आफ्नो कामलाई अन्तिम रुप दिन गईरहेको अवस्थामा हाल सम्मका उपलब्धिहरुका बारेमा पनौती नगरका नगरप्रमुखको ध्यानाकर्षण गराउने उद्देश्यले आईतबार नागरिक सरोकार समाज पनौतीले एक कार्यक्रम मार्फत नगरको ध्यानआकृष्ट गरेको छ । उक्त कार्यक्रममा उठेका सवालहरुलाई सम्बोधन गर्ने क्रममा माथिका अभिव्यत्तिहरु तत् व्यक्तिहरुबाट आएका हुन् । तिनै अभिव्यक्तिहरुलाई लिएर सरोकार समाजले प्रेस बिज्ञप्ति मार्फत केही बुंदाहरु सार्वजनिक गरेको छ ।

जस अनुसार काभे्र उपत्यका एकिकृत खानेपानी आयोजना र भूमेडाँडा, कुशादेवी गाविस विच भएको २०६६ सालको सम्झौता पश्चात अन्य कुनैपनि निकायहरुबाट पुन सम्झौता र कामहरु गर्न आयोजनाबाट स्वीकृती लिई गर्नुपर्नेमा, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भुमेडाँडासंग मिति २०६८ सालमा विद्धमान पाईप ६ ईञ्चबाट बढाई १० इञ्च गर्ने र पानी थप गर्ने भनि गरिएको सम्झौता गैह्र कानुनी हो । यो षड्यन्त्रमुलक ढंगले गरीएको संम्झौता हो भन्ने ठहर सरोकार समाजको रहेको छ ।

उक्त संझौता स्वत खारेज हुनुपर्नेमा तर हाल सम्म पनि उक्त सम्झौता रद्द नगरी पनौती नपा र यहाँका जनतालाई झुक्याउन धुलिखेल खापा तथा सरसफाई उपभोक्ता समिति सफल भएको छ । एकिकृत खानेपानीसंग एकिकरण हुन भनि उसले बिभिन्न शर्त सहित लेखिएको पत्र हाललाई ढोंगिको रुपमा प्रस्तुत भएको देखीन्छ । तत्काल उक्त निर्णय खारेज हुंदैन भने पछि , उक्त संम्झौताको आधारमा एकिकृतबाट छुट्ट्रै आफु मात्र बढी पानी प्रयोग गर्ने गरी योजना बनाईएको खापाले जारिगरेको निर्णय पुस्तिकाले प्रस्ट्याउछ ।

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभामा अनुमोदन तथा निर्णय गरिएको पत्र भनि पनौती नपा र एकिकृृत खानेपानी कार्यालयमा पठाईएको पत्र, पत्रसंख्या २०७४÷७५ च.नं ११६ को निर्णय नं ९ को “ख” मा उल्लेख भएअनुसार काभे्र उपत्यका एकिकृत खानेपानी आयोजना सम्पन्न भई खानेपानी बितरण संञ्चालनमा आएपछी काभे्र उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, धुलिखेल नपा र धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिबिच २०७० फागुन २ मा भएको संयुक्त बैठकको निर्णय अनुसार साबिक धुलिखेल नपा वडा नं १ देखी ९ सम्मको खानेपानी व्यवस्थापन धुलिखेल नपा तथा सरसफाई उपभोक्ता समितिबाटै सञ्चाललन गर्ने र उक्त समितिमा कार्यरत जनशक्तिको दायित्व भने काभे्र उपत्यका एकिकृत खानेपानी बोर्डले लिने भन्ने निर्णय पनि गैह्र कानुनी हो ।

सो अनुसार नभई काभ्रे उपत्यका एकिकृत वोर्डले नै संचालन हुने ब्यवस्था गर्नु पर्छ । यस्ता र्सतहरुका कारण धुलीखेल खानेपानी कुनै पनि हालतमा एकिकृत नहुने निस्कर्ष उस्ले निकालेको छ । स्मरण रहोस जर्मन प्रोजेक्ट अन्तर्गतको संञ्चालित आयोजना कसैले चाहेर पनि एकिकृत हुन सक्दैन,। जवसम्म उपभोक्ता चाहंदैनन् । साथै पनौती बसपार्क खानेपानी आयोजनाले समेत यस अघिनै मर्च नगर्ने निर्णय गरीसकेको छ ।

पनौतीका नागरीक र सरोकार समाजले उठाउंदै आएका धेरै भन्दा धेरै काम सम्पन्न भएको र बाँकी प्रमुख काम धुलिखेल खानेपानी एकिकृत हुने काम संखास्पद र २०६८ मा भूमेडाँडा गाविस र धुलिखेल खानेपानी बिच भएको सम्झौता रद्ध गर्नुपर्ने काम, पनौती नपा अन्तर्गत पनौती खोपासि सिंचाईको सुनिश्चितताको लागि मुहानमा जलाधार संरक्षण गरी ठुलो ड्याम बनाई पानी संरक्षण गर्ने काम सुरु गर्नुपर्ने, पनौती नपा भौगोलिक रुपमै ठुलो भएको जनसंख्या बृद्धिस्तर पनि अत्याधिक हुंदै गएको, भूकम्प कम आउने स्थानको रुपमा प्रचार प्रसार भएको हुंदा पनौतीमा पछिल्लो समय अत्याधिक वसाई सराई नगरको तथ्यांकले देखाउंछ । साथै उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था, होटल व्यवसाय, होमस्टे, प्रस्ताबित अस्पताल पनि रहेको हुंदा पनौतीलाई बढि भन्दा बढी पानीको आवश्यकता पर्ने देखिएकोमा न्यायोचित रुपमा सजमाजले उठाएका मुद्धा आवश्यकता, उपयोगिता, अग्राधिकारका आधारमा समानुपातिक पानी बितरण गर्ने निर्णयि हुनु पर्ने ।

यदि यसो नभए अवको १० बषै पछि पनौती नपा पानीको लागि काकाकुल हुनेछ । सो अवस्था सृर्जना नहोस भन्नाको लागि पनि समानुपातीक ढंगको पानी बितरण प्रणालि हुनुपर्छ । अन्यथा मुहानको पानी घट्दै जाने र पनौती वासिका लागि भोलिका दिनहरु कहालि लाग्दा हुंदै जानेछन् । यसैका लागि पनौतीका नागरिकहरुले नागरिक सरोकार समाजको तर्फबाट आफ्ना हक अधिकार प्राप्तिका लागि आवाज उठाउंदै आएका छन् । अव उक्त स्वामित्व नगरपालिकाले उठाउनु पर्ने र स्वीकार्नुपर्नेमा धुलिखेल खापा र काभे्र उपत्यका एकिकृत खानेपानीकै कुरा सुनि शंखास्पद निर्णयहरुलाई कार्यान्वयन गरी जनतालाई कुहिरो भित्रको काग जस्तै काकाकुल पार्ने काममा अग्रसर भएको र मेन पाईपलाईन जवरजस्त ढंगबाट जोड्नको लागि सरिक भएको आभास मिलेको छ । तसर्थ पनौती वासिले एक पटक फेरी सचेत भइ आफै जुर्मुराउनु पर्ने अवस्था आएको छ । त्यस्तै आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर तत्कालिन प्रमुख जिल्ला अधिकारी शिवसिंखडाले गरेको सिफारीसलाई जवरजस्त रुपमा कार्यान्वयन गराउन मन्त्रालयका सचिबलाई जिल्ला नेतृत्वले दिईएको दवावका बारेमा तत्काल पनौती नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौं । स्मरण रहोस तत्कालिन काईते निर्णयमा तत्कालिन नेकपा माओवादी र नयाँशक्तिको नेतृत्वले हस्ताक्षर नगरेर उक्त निर्णयको विरोध गरेका थिए ।

पनौती नगरपालिकाको तर्फबाट काभे्र उपत्यका एकिकृत खानेपानीको बोर्ड सदस्यमा सिफारीस गरीएका बोर्ड प्रतिनीधि आफु निरिह रहेको समेत स्विकारी सकेको अवस्थामा कसरी समायोजन हुन सक्छ ? नगरवासिको चासो रहेको विज्ञप्तिमा उल्लेिख भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0