Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार जस्कोभएपनि लक्ष सवैको साझा हो – वास्कोटा

प्रभातफेरी अनलाइन ८३६९ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
सरकार जस्कोभएपनि लक्ष सवैको साझा हो – वास्कोटा

आइ.आर.के मैनाली
पाँचखाल-सुचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल वास्कोटाले काभे्रको हितको लागि आफु सदैब लागि रहने बताउनु भयो । कुनैपनि काम नराम्रो गर्दीन राम्रोको लागि पहल गर्दै छु र निरन्तर गरीरहने छु ।

सर्वमंगला बहुमुखी क्याम्पसको १३ औं बार्षिकोत्सव तथा साधारण भेलाका प्रमुख अतिथि बास्कोटाले थप्नुभयो पाँचखाल र आशपासका स्थानियले बिकास निर्माणको कार्यको लागि म बाट धेरै आशा राख्नु स्वभाविक भएको बताउंदै आफुले निर्वाचनको दौरानमा जे जति बोलेको छु सो सवै पुर्ण गर्ने तर समय लाग्ने बताउनु भयो । प्रमुख अतिथि बास्कोटाले भन्नुभयो “कुनैपनि काम भन्ने बित्तिकै हुदैन, तर हुन्छ. कहिले सम्म त भन्दा मेरो कार्यकाल भरमा विगतमा बोलेका कुराहरु सवै पुर्ण गर्छु । विकास निर्माणको लागि आश गरेका छौं भन्ने भनाईलाई लक्षीत गर्दै, आश हैन मलाई औंला ठड्याउने प्रत्तेकको हक भएको बताउनु भयो ।

पाँचखालको बिकास निर्माणको लागि बिशेष सोचाइहरु बनाएको बताउनु भयो । तीन तहको सरकार छ, संघले नीतिगत नेतृत्व गर्दै केही वजेटको व्यवस्था गर्ने, प्रदेशले आफ्ना योजनाहरु अघि बढाउंदै कार्यान्वयनमा लाने र मुख्य स्थानिय तहलाई वलियो बनाएको छ, सम्पुर्ण बिकासको लागि अन्तिममा बजेट आउने स्थान नै स्थानिय तह भएकोले आफ्नो काम राम्रोसंग सम्पादन गर्नुपर्ने बताउनु भयो । सर्वमंगला कलेज सामान्य तया गरिव परिवारको लागि अध्ययन गर्ने कलेज भएकोले राज्यको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनु भयो । हालको समय भनेको शिक्षा विना मानिस बाच्न नसक्ने भएकोले शिक्षामा सुधार ल्याउनु पर्ने बताउनु भयो । काभे्रको बिद्यालयमा जहाँजहाँ कम्प्युटर ल्याव छैन, त्यस्ता ठाउमा डिजिटल नेपाल तर्फ जाने तयारी भएको बताउनु भयो । शिक्षामा हुने बिभेदिकरणले बर्गको खाडल ठुलो बनाउने बताउनु भयो ।
सरकारी विद्यालय (सामुदायीक) को गुणस्तर बिना नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन नसकिने बताउनु भयो । राज्यको ठुलो लगानि हुंदा पनि लगानिप्रति विश्वास दिलाउन नसक्दा समस्या आएको वताउनु भयो । समाज हर प्रकारको कार्यमा व्यापारिकरण तर्फ अग्रसर भएकोले जुन समाजको लागि खतराको शंकेत भएको वताउनु भयो । त्यस्ता खतराको शंकेतलाई रोकेर समतामुलक न्यायपुर्ण समाज निर्माण गर्नुपर्ने बताउनु भयो । सरकार जुनसुकै दलको बनोस लक्ष सवै दलको एउटै हो (सम्मृद्धि, न्याय, शुख र शान्ति) त्यसको लागि सवै एक जुट भएर अगाडी बढ्नु पर्छ । कुनैपनि काम गर्न होस या सुधार गर्न जतिसुकै शक्ति सालि सरकार भएपनि एक्लैले सम्भव नरहेको बताउदै सवैको साथ र सहयोग चाहिने वताउनु भयो । पाँचखालको विकास निर्माणको बिषयमा जे बोलियो त्यो सव पुरा गरेरै छाड्छु । नसक्ने र क्षमताले नभ्याउने कुरा गरिन्न, सर्वमंगला क्याम्पसको बिषयमा आफुले सकेको सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरपालिकामा रहेको एउटा मात्र सामुदायिक क्याम्पस सहज ढंगबाट संचालन गर्न नगरको तर्फबाट पुर्ण सहयोग हुने बताउनु भयो । गुणस्तरीय शिक्षाको लागि आवश्यक शिक्षाको नीति निर्माण गरी अगाडी बढ्ने तयारीमा रहेकोले सर्वमंगला गलाएत नगरको सम्पुर्ण सामुदायिक बिद्यालयहरुमा गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण बन्ने बताउनु भयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष बिश्वनाथ अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष तथा पाँचखाल नगरपालिका वडा नं २ का अध्यक्ष हरिराम खतिवडा, वडा नं ३ का अध्यक्ष शुन्दर अधिकारी, आजाद माविका प्रधानाध्यापक प्रल्हाद प्रशाद तिमल्सिना, विद्यार्थी भुपेन्द्र दनुवार लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस संचालक समिति सदस्य डोरेन्द्र सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन सरस्वति चिमौरीयाले गर्नुभएको थियो । कार्यक्रममा पुर्व क्याम्पस संचालक समितिका अध्यक्ष भरतप्रसाद लामिछानेलाई सम्मान गरेको थियो ।

  • सरकार जस्कोभएपनि लक्ष सवैको साझा हो - वास्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0