Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुनकोशीको पानी पाँचखालमा, ६ हजार ५ सय उपभोक्ता, २ अर्ब २१ करोडको लागत

प्रभातफेरी अनलाइन ९३०१ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन १६, मंगलबार (७ साल अघि)
सुनकोशीको पानी पाँचखालमा, ६ हजार ५ सय उपभोक्ता, २ अर्ब २१ करोडको लागत

आइ.आर.के मैनाली
पाँचखाल-पाँचखाल नगरमा दिनपरदिन पिउने पानीको अभाव हुन थालेपछी दिर्घकालिन रुपमा पानी व्यवस्थापन गर्ने कार्यको लागि सुनकोशी पाँचखाल खानेपानी उपभोक्त समितिको पहलमा पानी ल्याउनको लागि तयारी भएको छ ।

उपभोक्ता समितिको आयोजनामा सरोकारवालाहरुको भेला डाकी पानी छिटो ल्याउने बिषयमा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाँचखाल नगरपालिकाको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा सरोकारवालाहरुले पुर्ण रुपले सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आगामी अशोज २० गते पुन भेलाको आयोजना गरेको छ, जसमा सांसदहरु, मंन्त्री समेतको उपस्थितिमा व्यापक छलफल गरी मंसिर महिनामै डिपोजिट गर्ने गरी तयारी गर्ने भएको छ ।

शनिबार सम्पन्न अन्तक्र्रियाको क्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँचखाल नगरवासिहरुलाई दिर्घकालीन रुपमा पिउने पानी व्यवस्था गर्नको लागि आफु जस्तोसुकै कार्य गर्नपनि तयार रहेको वताउनु भयो । नगरमा पौरानिक कालदेखि पिउदै आएको पानीको मुलहरु सुक्दैजाँदा तत्कालिन व्यवस्थाको लागि नगरको बिभिन्न स्थानमा डिप बोरिङ्ग खनि पानीको व्यवस्था गर्दै आएकोमा सो समेत घट्दै जाँदा पानीको ठुलो समस्या हुने देखेर दिर्घकालिन रुपमा पानीको व्यवस्थाको लागि पहल गरेको बताउनु भयो । पाँचखाल वासिहरुको पहिलो माग पिउने पानी र सिंचाई भएकोले सो मागलाई परिपुर्ति गर्ने बिषयमा आफुले जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउनु भयो ।

त्यसैगरी सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानिमा दैशै भरमा १९ वटा योजना रहेको बताउनु भयो । सो योजना मध्य सवै भन्दा पहिले उपभोक्ताहरुको तर्फबाट लागत रकम को ५ प्रतिशत जुन योजनाले अगाडी जम्मा गर्छ सोहि योजनाको काम सुरुहुने भएकोले पानी छिटो खानको लागि पहिला डिपोजिट गर्नुपर्ने वताउनु भयो । आगामी मंसिर महिना भित्र जुन योजनाले रकम जम्मा गर्छ सोही योजनाको काम अगाडी बढ्ने जानकारी गराउनु भयो । सुनकोशिको पानी पाँचखाल ल्याउने बिषयमा विस्तृत अध्ययन प्रतिवेदन आई सकेको र सोही आधारमा २ अर्व २१ करोडको लागत लाग्ने अनुमान टोलीले गरेको छ । लागत रकमको ५ प्रतिशतले हुन आउने ११ करोड ५ लाख उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने बताउनु भयो ।

खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रविन्द्र सिपखानले योजना सम्पन्न गर्न ठुलो चुनौती रहेको तर दिर्घकालिन रुपमा पानीको समस्या समाधानको लागि अर्को कुनै विकल्प नभएकोले जसरीपनि योजना सफल गर्नुपर्ने बताउनु भयो । धेरै मिहिनत पश्चात योजना स्वीकृत भएको छ, यो पाँचखालको लागि अवसर भएकोले यस्लाई सफल गराउन नगरवासिहरु एक जुट हुनुपर्ने वताउनु भयो । कुल लागत स्टमेट २ अर्व २१ करोडको ७० प्रतिशत एशियाली विकास वैंकले पाँचखाल नगरको जमानिमा ऋण लगानि गर्ने, २५ प्रतिशत नगरबिकासको तर्फबाट ऋण उपलब्ध गराउने र ५ प्रतिशत अनिवार्य रुपमा उपभोक्ताबाटै जम्मा गर्नुपर्ने प्रावधान अनुसार ११ करोड ५ लाख उपभोक्ताहरुबाट संकलन गर्नुपर्ने बताउनु भयो । हाल सम्मको उपभोक्ता सर्वेक्षणको आधारमा ६ हजार ५ सय उपभोक्ता रहेकोले प्रति उपभोक्ता १७ हजार जम्मा गर्नुपर्ने बताउनु भयो ।

उपभोक्ता समितिका सचिव मणिराज गौतमले कार्यक्रम संचालनको क्रममा कम्तिमा पनि ५ पुस्ता सम्मको लागि पर्याप्त हुने पानी ल्याउने बिषयमा सवै एकजुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । पाँचखाललाई समृद्ध वनाउनको लागि पहिलो आवश्यकता पानी भएकोले जव सम्म पानीको व्यवस्था हुन सक्दैन तवसम्म समृद्ध पाँचखाल बन्न नसक्ने बताउनु भयो । सुरुमा घरधुरी सर्वे गर्दा ६ हजार ५ सय भएको र केही छुटेको भए सो संख्या थप हुने बताउनु भयो । हालको सर्वेमा एकाघरमा ४÷५ भाई हुंदा १ उपभोक्ता मानेपनी पानीको महत्व बुझ्दै भाईनै पिच्छे उपभोक्ता हुन ईच्छा जनाउन पनि सक्ने बताउनु भयो । त्यसरी उपभोक्ता वढेमा हालको १७ हजार घट्नसक्ने शंकेत दिनु भयो ।

अन्तक्र्रिया कार्यक्रममा खानेपानी उपभोक्ता समितिका सल्लाहकारहरु पुर्व गृह सचिव जनार्जन नेपाल, डा.शुधार अधिकारी, दामोदर अधिकारी शुभ अधिकारी, रामशरण लुइटेल लगायतले पाँचखालमा रहेको हालको पानीको स्रोत योजना दिर्घकालिन हो “जव सम्म कोशिमा पानी रहन्छ तव सम्म पाँचखालमा पानीको अभाव हुदैन” ।

विश्वसनिय वातावरण तयार गर्दै जनप्रतीनिधिहरु र सामाजिक व्यक्तित्वहरुले राम्रो भुमिका निर्वाह गरेमा रकम संकलन गर्न कुनै समस्या नहुने बताउंदै बृहत खानेपानीको लागि सहयोग गर्न तयार रहेको वताउनु भएको थियो । सो कार्यक्रममा नगरका वडाध्यक्षहरुले योजना सफल पार्नको लागि आफुहरुले सकारात्मक भुमिका निर्वाह गर्दै उपभोक्ताहरुलाई छिटो भन्दा छिटो सहभागि गराउने कार्यमा जुट्ने बताउनु भएको थियो । त्यसैगरी वडा नं १ , २ , ५ र १३ का वडाध्यक्षहरुले हालको सर्वेमा योजनाले नभेटेका वडाहरुलाई पनि समेट्नु पर्ने धारणा राख्नु भएको थियो ।

उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ । सुनकोशि पाँचखाल खानेपानी उपभोक्ता समितिको पहलमा दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने भएको हो । २ अरव २१ करोडकोे लागत अनुमानमा ल्याउन लागेको हो । उपभोक्ता समितिका अनुसार आगामि मंसिर भित्र रकम जम्मा गर्न सके दुई बर्ष भित्र सम्पन्न गर्ने लक्षका साथ अगाडी बढेको छ ।

उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम नगर वा अन्य कुनै संघ संस्थाले जम्मा गरेर नहुने हुंदा उपभोक्त स्वयंले आप्mनो अपनत्वको लागि उपभोक्ता स्वयंले रकम जम्मा गर्नुपर्ने र सो रकम लागतमै थपिने जानकारी प्राप्त भएको छ । काम सुरु भएको दुई बर्ष भित्रमा पानी बितरण गर्ने र पानी उपभोग गरे बापतको न्यूनतम शुल्क बाट मर्मत सुधार तथा कर्मचारी व्यवस्था गर्ने जानकारी प्राप्त भएको छ । उपभोक्ताहरुलाई एकै पटक भार नपरोस भन्ने उद्देस्यले ऋण स्वरुप २५ प्रतिशत रकम २५ बर्ष भित्र भुक्तानि गर्नु पर्ने व्यवस्था मिलाएको जानकारी प्राप्त भएको छ ।

  • २ अर्ब २१ करोडको लागत
  • ६ हजार ५ सय उपभोक्ता
  • सुनकोशीको पानी पाँचखालमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0