Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिरमा यूनियनको आन्दोलन जारी, श्रमअदालतको आदेशलाई मान्यता दिन्न – डा.मोले

प्रभातफेरी अनलाइन ९६३९ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १५, शनिबार (७ साल अघि)
शिरमा यूनियनको आन्दोलन जारी, श्रमअदालतको आदेशलाई मान्यता दिन्न – डा.मोले

बनेपा-काभे्रको सवैभन्दा पुरानो अस्पतालको रुपमा रहेको बनेपाको शिरमेमोरियल अस्पतालमा नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट आधिकारीका रुपमा (शिर मेमोरियल एड्भेन्टिस्ट हस्पीटल बनेपा) टेड यूनियन दर्ता भएको छ ।

दुई बर्ष अगाडीबाटै यूनियन दर्ताको प्रकृया अगाडी बढाएपनि अस्पताल प्रशासनले विभिन्न प्रकारको अवरोध सृजना गर्दा २०७५ कार्तिक २९ गते आधिकारीक रुपमा यूनियन दर्ता भएको होे । शिर मेमोरियल एड्भेन्टिस्ट हस्पीटल बनेपा प्रतिष्ठानस्तरको टेड यूनियनका कामदारहरुको तर्फबाट व्यवस्थापकसंग सामूहिक सौदाबाजी गर्न ट्रेड यूनियन ऐन २०४९ को दफा ११ बमोजिम नेपाल स्वास्थ्यकर्मि तथा कर्मचारी यूनियनको रुपमा मान्यता प्राप्त गरेको छ ।

नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट आधिकारीक रुपमा यूनियन दर्ता भएको अवस्थामा शिर मेमोरीयल अस्पताल प्रमुख डा.डेल.एम मोलेले टे«ड यूनियनलाई अस्पतालमा मान्यता नदिने भन्ने अभिव्यक्ति दिएपछी यूनियनले आफ्नो हक अधिकारको लागि वार्ताको प्रयास गर्दा अस्पताल प्रमुख मोलेले यूनियनको नाममा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएपछि अस्पतालका स्वस्थ्य कर्मीहरु आन्दोलीत भएका छन् ।

काभे्रकै पुरानो अस्पतालको रुपमा परिचित शिर मेमोरीयल अस्पतालले अगाडी बढाएको बिभिन्न गतिबिधिहरु अस्पताल साथै श्रमिकहरुको हित बिपरित भएको भन्दै सुधारको लागि स्वास्थ्य कर्मीहरुले बिभिन्न २४ सुत्रिय माग पेस गरेका थिए । अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेपछि शुक्रबारबाट आन्दोलनमा उत्रिनु परेको टे«ड युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी गराउनु भएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार आधिकारीक रुपमा ट्रेड यूनियन दर्ता भएको अवस्थामा अस्पताल प्रशासनले श्रम ऐन अनुसार सेवा सुबिधा, स्वास्थ्य कर्मीहरुको तलब बृद्धि, कार्यालय व्यवस्थापन र अस्पतालको सुधारको बिषयमा छलफल गर्न युनियनका पदाधिकारीहरुले प्रशासन समक्ष अनुरोध गर्दा दुव्र्यवहार गरेकोले आन्दोलनमा उत्रीनु परेको हो । उहाँले थप्नुभयो जवसम्म अस्पताल प्रशासनले हाम्रो मागहरु (श्रम ऐन अनुसार सेवा सुबिधा, अस्पतालको हरेक कृयाकलापमा यूनियनको सहभागिता, भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्य) पुरा हुंदैन तवसम्म आन्दोलन जारी रहने छ । यूनियनले उठाएका बिषयमा गहनका साथ छलफल गरी लागु नगरे सम्म अस्पतालको विकास नहुने वताउंदै अस्पतालको बिकासको लागि यूनियन सदैव अगाडी बढ्ने श्रेष्ठको धारणा थियो ।

उता अस्पताल प्रशासन प्रमुख डा.डेल.एम मोलेले भने आफु अस्पताल स्वस्थ्य कर्मीहरुको नाताले १-२ जनासंग बसेर केही छलफल गर्न तयार भएपनि यूनियनको नाममा कोही कसैसंग पनि छलफल नगर्ने बताएपछि समस्या थप जटिल बन्दै छ । प्रशासन प्रमुख मोलेले आधिकारीक रुपमा दर्ता भएको यूनियनलाई अपमानित गरेपछि शुक्रबार यूनियको नेतृत्वमा अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुको सहभागितामा अस्पताल परिसरमा बिभिन्न माग सहितको नारा लगाएको थियो । उनीहरुले भ्रष्टाचारीको अन्त्य गर, वेल फेल खारेजगर, सामाजिक सुरक्षा ऐन लागु गर, श्रम ऐन लागु गर लगाएतको नारा लगाएका थिए । शनिबार बिहान यूनियनको बैठकबाट जव सम्म आफ्ना मागहरुका बारेमा सम्बोधन हुंदैन तव सम्म चरण बद्ध ढंगको आन्दोलन अगाडी बढाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

  • शिरमा यूनियनको आन्दोलन जारी
  • श्रमअदालतको आदेशलाई मान्यता दिन्न - डा.मोले
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0