Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘नेपाली कलाकारको पारिश्रमिक हलिउड, बलिउडक कलाकारसँग तुलना गर्नु हुँदैन’ मेलिना मानन्धर, नायिका

प्रभातफेरी अनलाइन ३३०२ पटक पढिएको प्रकाशित मिति: २०७० माघ २६, आईतबार (१२ साल अघि)
‘नेपाली कलाकारको पारिश्रमिक हलिउड, बलिउडक कलाकारसँग तुलना गर्नु हुँदैन’ मेलिना मानन्धर, नायिका

० हाल के गर्दै हुनुहुन्छ ?
हाल म दुईवटा फिल्मको सुटिङमा व्यस्त छु । कृषा गौतमी र धम्मवति । धम्मवतिको सुटिङ भर्खर सकिएको छ भने कृषा गौतमीको सुटिङ भइरहेको छ ।
० यी फिल्मका कथावस्तु कस्ता छन् ?
यी दुवै फिल्मका कथावस्तु प्रेम सम्बन्धी रहेका छन् ।
० अहिले बनेका धेरै फिल्महरुमा यूवा पुस्ताको प्रेमप्रसङ्गलाई बढी देखाइएको छ किन होला ?
हरेक चिजको एउटा समय हुन्छ । पहिला पहिला निर्माण भएका फिल्ममा गाउँको जमिन्दार, मुखियाले शोषण गरेको देखाइन्थ्यो । अहिले जमिन्दार र मुखियाको स्थान राजनैतिक दलका नेताहरुले लिएका छन् । पहिला खुलेर प्रेम व्यक्त गर्न नसकिने हुनाले सामाजिक कथावस्तुमा फिल्म निर्माण हुने गर्दथे तर अहिले समय धेरै विकसित भइसकेको छ र खुलेरै प्रेम व्यक्त गर्न सकिन्छ ।
० तपाइले पनि अन्तर्जातिय प्रेम विवाह गर्नुभयो । कत्तिको संघर्ष र चुनौतीहरु हुँदा रहेछन्, अन्तर्जातिय विवाहमा ?
मलाई त यो समाजमा दुईवटा मात्र जात हुन्छ जस्तो लाग्छ । एउटा महिला र अर्काे पुरुष । आफूले जिवन बिताउने मान्छेसँग मन, मुटु र विचार मिल्छ भने त्यो मान्छे जुनसुकै जातको भएपनि केही फरक पर्दैन । तर अन्तर्जातिय विवाहमा सजातिय विवाहमा भन्दा केही बढी नै संघर्ष र चुनौती हुन्छ नै ।
० नेवार परिवारमा जन्मेर हुर्केकी यूवती ब्राह्मण रितिरिवाज र परम्परामा घुलमिल हुन त गाह्रो भयो होला नि ?
निश्चय पनि ब्राह्मण, क्षेत्री र नेवारको रितिरिवाज धेरै फरक हुन्छ । म पनि बिस्तारै घुलमिल हुँदै गएँ । मलाई श्रीमान् मुकेश ढकालले धेरै कुराहरु सिकाउनुभयो । हाम्रो परिवारमा आधा क्षेत्री, ब्राह्मणको र आधा नेवार समुदायको रितिरिवाजको मिश्रण छ ।
० घरका परिवारलाई पनि नेवारी परम्परामा लिएर आउनुभयो ?
काम गर्दै जाँदा अनायासै नेवारी परम्परा अनुसार काम गर्न पुगिन्छ र त्यसलाई परिवारका अन्य सदस्यहरुले अन्यथा लिनुहुन्न ।
० कति समय चल्यो तपाइहरु बीचको प्रेम सम्बन्ध ?
हामी बीचमा दुईवर्ष प्रेम सम्बन्ध भएपछि हामीले विवाह गरेका हौं ।
० शुरुमा प्रेम प्रस्ताव कसले राख्नुभयो ?
हामीले एकैपटक प्रेम प्रस्ताव राखेका होइनौं । एकअर्कालाई राम्रोसँग बुझेपछि हामी बीच प्रेम सम्बन्ध स्थापित भएको हो र पहिलो प्रेम प्रस्ताव मुकेशजीले राख्नुभएको हो ।
० कस्तो श्रीमान्को कल्पना गर्नुभएको थियो ?
मेरो पेशालाई बुझ्ने मन विचार मिल्ने श्रमितीको भावनाको कदर गर्ने यस्तै श्रीमान्को कल्पना गरेको थिएँ, जो मुकेशजीमा यी सबै कुराहरु पाएँ ।
० श्रीमान्, श्रीमती दुइवटैको एउटै पेशा हुँदा कत्तिको सजिलो हुन्छ ?
धेरै नै सजिलो हुन्छ । मैले नजानेको कुरा उहाँले सिकाउनुहुन्छ ।
० श्रीमान्ले अरु नायिकासँग अँगालो मारेर हिँडेका देख्दा नरमाइलो लाग्दैन ?
कलाकार भएपछि जस्तो पनि अभिनय गर्नुपर्छ । श्रीमान्ले फिल्मी पर्दाको लागि कुनै नायिकासँग अँगालोमा बाँधिनुहुन्छ भने म पनि त फिल्मको लागि अरु नै नायकसँग नाँचिरहेकी हुन्छु नि !
० अहिले नेपालमा यौन विषय सम्बन्धी फिल्महरु बन्ने क्रम तीव्र छ के यो समयको माग हो ?
अलिकति समयको पनि माग हो र अलिकति विदेशी फिल्महरुको पनि प्रभाव हो । पहिला नायिकाको पिड्युँला देख्दा जिब्रो टोक्ने दर्शकहरु अहिले मिनिस्कर्टमा नाचेको दृश्य हेर्न कुनै लाज मान्दैनन् ।
० के त्यस्ता फिल्महरु परिवारका सदस्यहरुसँगै बसेर हेर्न सकिन्छ ?
अवश्य पनि सकिँदैन तर बलिउड र हलिउडका छाडा फिल्म हेर्न लाज नमान्ने नेपाली दर्शकहरुले यौन विषयमा निर्माण भएका नेपाली फिल्मलाई छाडा फिल्म भन्न मिल्दैन । हुनसक्छ, फिल्मको प्रस्तुतिकरण राम्रो भएन होला तर त्यसको लागि त निर्माता तथा निर्देशकलाई मार्ग निर्देशन दिन सकिन्छ नि !
० नेपाली कलाकारहरुको पारिश्रमिक धेरै नै कम छ भन्छन् । तपाई आफ्नो पेशा र पारिश्रमिक प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
नेपालमा कलाकारहरुको मात्र होइन अरु पेशामा पनि पारिश्रमिक कम छ । नेपाली कलाकारहरुको पारिश्रमिक बलिउड, हलिउडका कलाकारहरुको पारिश्रमिकसँग तुलना गरेर हुँदैन । म आफ्नो पेशा प्रति पूर्ण सन्तुष्ट छु ।
० नव नायिकाहरुको शोषण गरिन्छ, उनीहरुलाई उचित पारिश्रमिक दिइँदैन भन्ने कुरा विभिन्न सञ्चारमाध्यममा सँधै चर्चाको विषय बन्छ, यसमा तपाइको के विचार छ ?
अरुले पारिश्रमिक पाए पाएनन् उनीहरुको शोषण हुन्छ, हुँदैन त्यो त मलाई थाहा छैन तर मैले पहिलो फिल्म प्रियसीदेखि नै उचित पारिश्रमिक पाएकी छु र सबैबाट सम्मान पाएकी छु ।
० निर्माताहरु फिल्मको बजे कम बनाउन कलाकारहरुलाई सुटिङ स्पटमा निम्न गुणस्तरको खाना खुवाउँछ रे नि !
यो कुरामा केही सत्यता छ । सुटिङ स्पटको खानेकुरामा निर्माण पक्षको ध्यान आकर्षित हुनु जरुरी छ ।
० तपाइले हालसम्म कतिवटा फिल्ममा अभिनय गर्नुभयो ?
करीब ६५–७० वटा भयो होला ।
० कतिवटा म्युजिक भिडियो र टेलिफिल्म खेल्नुभयो ?
टेलिफिल्म ३ वटा र म्युजिक भिडियो १५ वटा जतिमा अभिनय गरें ।
० फिल्म र टेलिफिल्ममा कुनबाट चाँडै लोकप्रिय भइन्छ ?
मलाई त फिल्म भन्दा टेलिफिल्मबाट चाँडै लोकप्रिय भइन्छ जस्तो लाग्छ । फिल्म हेर्नेको संख्या भन्दा टेलिफिल्म हेर्नेको संख्या बढी छ । अझै पनि कयौं दर्शकहरु मलाई करुणा टेलिफिल्मको पात्र करुणा भनेर चिन्छन् ।
० आफूले खेलेको फिल्म मध्ये तपाईलाई सबैभन्दा बढी मन परेको फिल्म हुन हो ?
निर्देशक किशोर रानाद्वारा निर्देशित फिल्म घुम्टो, मलाई मनपर्ने फिल्म हो ।
० कुन पोशाक आफूलाई सुहाउँछ जस्तो लाग्छ ?
कुर्ता सुरुवाल
० कलाकार नबनेको भए आज तपाइ के गर्दै हुनुहुन्थ्यो होला ?
मेरो सानो देखिको रुचि डाक्टर बनेर बिरामीको सेवा गर्ने थियो । अनायासै फिल्मी क्षेत्रमा आइयो । अहिले यसैलाई आफ्नो रुचि र पेशा बनाएकी छु ।
० तपाई कसलाई आफ्नो आदर्श व्यक्ति भन्न रुचाउनुहुन्छ ?
मेरो दिदी, सुशिला मानन्धर ।
० कुन निर्देशकसँग काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
निर्देशक तुलसी घिमिरे ।
० नेपालको कुन स्थानमा घुम्न जान रुचाउनुहुन्छ ?
मुक्तिनाथ ।
० तपाइ आफूलाई कत्तिको सुन्दर छु जस्तो लाग्छ ?
हेर्नेको नजरमा भरपर्छ । मलाई त म सुन्दर छु जस्तो लाग्दैन ।
० अहिलेको यूवा यूवतीको प्रेमलाई तपाइ के भन्नुहुन्छ ?
अहिले साँचो माया गर्ने प्रेमिप्रेमिका पाउन गाह्रो छ । अधिकांश पुरुषहरु यौन चाहना पूरा गर्न प्रेमको नाटक गर्छन् भने महिलाहरु पनि पैसावाल केटाहरु प्रति बढी अकर्षित हुन्छन् ।
० प्रेम के हो ?
प्रेम नभइ नहुने तथा व्यक्त गर्न नसकिने चिज हो ।
० सेक्स के हो ?
प्रकृतिको वरदान र वंश जोगाउनको लागि चाहिने अपरिहार्य कुरा हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0