Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रका सवै स्थानिय तह खुल्ला दिसामुक्त घोषणा, यो सरकार फेल भयो भने मुलुक फेल हुन्छ – लम्साल

प्रभातफेरी अनलाइन ६५६४ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष १०, मंगलबार (७ साल अघि)
काभे्रका सवै स्थानिय तह खुल्ला दिसामुक्त घोषणा, यो सरकार फेल भयो भने मुलुक फेल हुन्छ – लम्साल

आइ.आर.के मैनाली

पाँचखाल-“यतिखेर मुलुकमा तीन तहको सरकार छ, यो सरकार फेल भए मुलुक फेल हुन्छ”। “मुलुकको कुनैपनि व्यवस्था बिग्रीय हामी सवै विग्रन्छौं”। उक्त भनाई प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले पाँचखाल नगरपालीकाको दिसामुक्त नगर घोषणा कार्यक्रमको उद्घाटन गर्ने क्रममा बताउनु भएको होे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद लम्सालले भन्नुभयो मुलुकमा संविधान जारी भएपछिको पहिलो, स्थानिय तहदेखी केन्दीय तहसम्मका सवै जनप्रतीनिधिहरुको आलोचना भएको वताउनु भयो । उहांले थप्नुभयो जनताबाट भएको आलोचना घटाउनको लागि राम्रो खालको डेलीभरी दिनु पर्ने हुन्छ । विकास निर्माणको कार्य साथै जनताले पाउनु पर्ने सेवा सुबिधाको लागि जनप्रतिनिधिहरु दत्तचित्त भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले भन्नुभयोे “शुनकोसी पाँचखाल बृहत खानेपानी” सफल पार्न सवै नगरवासिहरु एकजुट हुनुपर्ने बताउनु भयो । पाँचखालमा हाल भएको पानीको समस्या समाधानको दिर्घकालीन उपाय भनेकै हालको योजना भएकोले जुनसुकै हालतमा पनि सो योजना सफल पार्नुपर्ने बताउनु भयो । उहाँले थप्नुभयो “यो खानेपानीको प्रोजेक्टलाई सहजढंगबाट सफल पार्न सके पाँचखालमा अरु बिभिन्न प्रकारको प्रोजेक्ट पनि आकर्षण हुने, यदि असफल भएमा अन्य कुनै पनि प्रकारको प्रोजेक्ट नआउने सम्भावना बढ्ने वताउनु भयो । नगरको खुल्ला दिसामुक्तको बिषयलाई लक्षीत गर्दै उहांले भन्नुभयो औपचारीक पुरा गर्न काभे्रका सवै स्थानिय तहहरुमा खुल्ला दिसामुक्त घोषणा भएको वताउनु भयो । घोषणा हुंदैमा काम हरुको विट मार्न नहुने भन्दै अझै धेरै कामहरु वाँकी रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका प्रमुख उद्धब के.सीले कुनै पनि फोहोर कुरालाई लुकाउनु साथै खुल्ला दिसामुक्त अभियानले वातावरणमा सुधार ल्याउने वताउनु भयो । उहाँले थप्नुभयो शौचालय भन्दा बाहीर खुल्ला ठाउंमा दिसा गर्दा महीलाहरु असुरक्षीत हुने बताउनु भयो । घरमा चर्पी नहुंदा खुल्ला ठाउंमा दिसा वस्न जाँदा महिलाहरु वलत्कार भएको घटनाहरु समेत भएकोले खुल्ला दिसामुक्त अभियानले महिलाहरु समेत सुरक्षीत हुने बताउनु भयो ।

कार्यक्रममा पाँचखाल नगरका प्रमुख (मेयर) महेस खरेलले भन्नुभयो नेपाल सरकारको सरसफाईको अभियानलाई निरन्तर रुपमा अगाडी बढाउन खुल्ला दिसामुक्त नगर घोषणा भएको बताउनु भयो । यो घोषणा कार्यले पाँचखाल नगरको सभ्यता समेत बढ्ने बताउनु भयो । यो कार्यले गर्दा पाँचखालको सभ्यताको पहिचान भयो, अव पुर्ण सरसफाई अभियानलाई अगाडी बढाएर पाँचखालको थप सभ्यता दर्शाउने बिषयमा नगर अगाडी बढ्ने बताउनु भयो । पाँचखालको अर्को समस्याको रुपमा रहेको पानीको दिर्घकालीन व्यवस्थाको लागि शुनकोसी पाँचखाल बृहत खानेपानी योजना सुरु हुने अन्तिम तयारीमा रहेको बताउंदै सो योजनाको लागि उपभोक्ताहरुको तर्फबाट गर्नु पर्ने कार्यलाई जति छिटो ग¥यो त्यति छिटो खानेपानी योजना सम्पन्न हुने बताउनु भयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यक्रममा जिल्ला वास कोअर्डिनेटर रामकाजी काफ्लेले काभे्रका सवै स्थानिय तहहरुमा खुल्ला दिसामुक्त घोषणा ९ गते सम्ममा भइसक्ने र केहीदिनमै जिल्ला घोषणा हुने बताउनु भयो । काभे्र जिल्ला खुल्ला दिसामुक्त घोषणा भएपछि जिल्लाकै सभ्यता बढ्ने वताउनु भयो । उहांले थप्नुभयो काभे्रमा शौचालय पुर्ण रुपमा निर्माण हुनु भनेको गौरवको बिषय होे । शौचालय निर्माण भन्दा पनि प्रयोग गर्नु र पहँचमा हुनु महत्वपूर्ण पक्ष भएको बताउनु भयो । पूर्ण सरसफाइ अभियान सफल पार्न सामुहिक प्रयोग गरिरहेका धरधुरीमा निर्माण, प्रयोग तथा स्तरउन्नती गर्ने र आनीवानीमा परिर्वतन, सार्वजनिक शौचालय निर्माण गर्ने जस्ता कार्य पूर्ण सरसफाइ अभियानलाई निरन्तर रुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो ।

पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले कार्यक्रमको बारेमा संक्षिप्त प्रकास पार्दै प्रतिवेदन प्रस्तुत गरी सुरु भएको उक्त कार्यक्रममा नगरका उप—प्रमुख लक्ष्मी दनुवार, पाँचखाल शुनकोसी बृहत खानेपानी उपभोक्ता समितिका सचिव मणिराज गौतम, पाँचखाल नगरका वडा अध्यक्षहरुको तर्फबाट वडा नं २ का अध्यक्ष हरिराम खतिवडा लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । शिता तामाङबाट संञ्चालित उक्त कार्यक्रममा पाँचखाल वडा नं १ का वडाध्यक्ष अष्टबहादुर तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो ।
पुषको दोस्रो हप्ता भित्र काभे्र जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारीलाई मध्य नजर राख्दै नमोबुद्ध नगरपालीका, पनौती नगरपालीका, मण्डन देउपुर नगरपालिका, वेथानचोक गाउंपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका लगनायत जिल्लामा रहेका सम्पुर्ण स्थानिय तहमा खुल्ला दिसामुक्त घोषणा भएको छ ।

  • काभे्रका सवै स्थानिय तह खुल्ला दिसामुक्त घोषणा
  • यो सरकार फेल भयो भने मुलुक फेल हुन्छ - लम्साल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0