Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दिगो कृषि विकास परियोजनाको अन्तक्र्रिया कार्यक्रम

प्रभातफेरी अनलाइन ७५१५ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष १७, मंगलबार (७ साल अघि)
दिगो कृषि विकास परियोजनाको अन्तक्र्रिया कार्यक्रम

प्रस्तुत कर्ता – प्रल्हाद शर्मा हुमकागाई

पाँचखाल-“मानवता,पे्रम र प्रकृति संरक्षणको लागि मिलेर काम गरौं” भन्ने मुल नाराका साथ अगाडी बढेको वातावरण मैत्री एकीकृत दिगो कृषि बिकास परियोजनाको आवधिक समीक्षा तथा अन्तक्र्रिया कार्यक्रम पाँचखालमा सम्पन्न भएको छ ।

लवग्रीन जापानको आर्थिक सहयोग तथा लवग्रीन नेपालको आयोजना र पाँचखाल नगरपालिकाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा पाँचखाल नगरमा उत्पादन हुने ताजा तरकारी तथा फलफुलमा बिषादी रहीत ढंगबाट उत्पादन गर्ने वातावरण निर्माण गर्ने बिषयमा छलफल भएको थियो । लवग्रीन नेपालले पाँचखाल आसपासको क्षेत्रमा विगत २७ बर्षदेखी वातावरण संरक्षणको लागि कार्य गर्दै आएकोमा १ बर्ष अगाडी बाट पाँचखाल नगरमा प्रङ्गारिक तरिकाले खेती गराउने बिषयमा जोड दीदै कृषक पाठशाला तथा प्रयोगात्मक तरीका अपनाई रहेको छ ।

“पाँचखाल नगर कृषि शहर” अभियानलाई सार्थक बनाउने उद्देश्यले पाँचखालमा सुरु गरिएको प्राङ्गारिक खेतीलाई अगाडी बढाउने उद्देश्यका बिषयमा भएको अन्तक्र्रिया कार्यक्रममा छलफलमा सहभागिहरुको भनाइ निम्न अनुसार रहेको छ

।

महेश खरेल
मेयर (प्रमुख)
पाँचखाल नगरपालिका

पाँचखाल नगरलाई कृषि नगरको रुपमा परिचित गराउने लक्षकासाथ अगाडी बढेका छौं । फलफुल तथा तरकारी खेती साथै खाद्यान्न बालिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखालको भूमिमा प्राङ्गारकि तरीकाले आधुनिक ढंगबाट खेती गर्ने वातावरण सृजना गराएर कृषकको राम्रो आम्दानी गराउने वातावरण तयार गर्दै छौं । कृषि प्रधान मुलुकमा करोडौको कागती विदेशबाट आयात गर्नु परेको छ, जुन खेर गैरहेको पाखो वारिमा सिंचाई कम भएको ठाउंमा साथै कम लागतमा उत्पादन हुने फलफुल हो । खेर गईरहेको पाखोवारीमा लाग्ने फलफुल खेती साथै सिंचित जग्गामा आधुनिक ढंगबाट तरकारी खेती गर्ने वातावरण तयार गर्दै पाँचखालका स्थानियले आर्थिक उपार्जनको लागि विदेशी भूमिमा धाउनु नपर्ने वातावरण नगरले तयार गर्दै छ ।

विगतको ढंगको (कृषक) तरीकाले भन्दा प्रङ्गारिक ढंगबाट खेती गर्दा उत्पादन बढेको लवग्रीन नेपालले गरेको सर्वेबाट प्रस्ट भएको छ । आगामी दिनमा कृषकको हितको लागि पाँचखालमा गरीने तरकारी खेतीलाई प्राङ्गारिक तरीकाले गराउनको लागि नगरले वजेटको व्यवस्था गर्ने बिषयमा कार्यपालीकामा छलफल भैसकेको छ । पाँचखाल नगरले कृषिको बिषयमा लिएको अवधारणालाई लवग्रीन नेपालले आँखा खोलीदिएको छ । वातावरणको सरक्षण गर्ने कार्यमा नगरले जे जस्तोसुकै चुनौती मोल्न तयार छ, जुन कार्यले नगरवासिको स्वास्थ्यमा कुनै समस्या आउनु हुदैन । प्राङ्गारिक ढंगको ताजा तरकारी उत्पादन गर्दै कृषकको राम्रो आम्दानी साथै उपभोक्ताहरुको स्वस्थ्य समेत राम्रो हुने कार्यको लागी लवग्रीन नेपाल अगाडी बढेकोले सहकार्य गरी अगाडी बढ्छौ ।

 

भोलाप्रसाद चापागाई
प्रमुख प्रशासकीय अधिकृत
पाँचखाल नगरपालिका

पाँचखाल नगरको अधिकांस भूभागहरु ताजा तरकारीको लागी उपयुक्त साथै उर्वरा भूमिको रुपमा रहेको छ । राजधानीमा तरकारीको मागलाई पाँचखालमा उत्पादन भएको तरकारीले वजार लिन सहज छ । काठमाडौको तरकारीको मागलाई पाँचखाल र आसपासमा उत्पादन भएको तरकारीले झण्डै ४० प्रतिशत थेग्न सक्छ । तरकारी नलाग्ने खालको पाखो भिरालो जग्गामा फलफुल खेतीको लागी राम्रो स्थानको रुपमा परिचित रहेको छ । यो नगरमा लेकमा पाईने खालको फलफुल तथा वेसि भू—भागमा पाईने खालको फलफुल खेती गर्न समेत उपयुक्त स्थानको रुपमा रहेको छ, यति धेरै संभावना रहेको पाँचखालमा व्यवस्थित साथै व्यवसायिक ढंगले खेती गर्ने बिषयमा अग्रसर हुन जरुरी छ ।

तरकारी खेतीमा धेरै संभावना रहेको छ , तर कुनकुन प्रकारको तरकारी कुन ढंगले कसरी उत्पादन गर्ने भन्ने बिषयमा योजना बनाउन जरुरी छ । पाँचखाल नगरपालिकाले कृषकको हितको लागि उचित वजेटको व्यवस्था गर्दै बिषादी रहित ढंगको व्यवसायिक खेती गराउने बिषयमा योजना बनाई रहेको छ । नगरले योजना बनाई रहेको अवस्थामा लवग्रीन नेपालले वातावरण संरक्षण सहित प्राङ्गारिक तरिकाले खेती गराउने कार्य थालेको छ , यो सारै राम्रो साथै यतिखेर नगरले लक्ष लिएको तर काम थालिहाल्न नसकेको कार्य गर्न लवग्रीन सफल भएको छ । पाँचखालका सम्पुर्ण कृषकहरु नगरपालिका प्रति आशावादी हुन जरुरी छ । आगामी दिनमा पाँचखाललाई कृषिको क्षेत्रमा छुट्टै पहिचान दिदै नगरलाई कृषि शहरको रुपमा अगाडी बढाउने छौं ।

 

अष्टबहादुर तामाङ
अध्यक्ष (वडा नं १)
पाँचखाल नगरपालिका

पाँचखाल नगर कृषिको माध्यमबाट अगाडी बढ्दै छ , कृषकहरुको हितको खातिर नयाँ ढंगको खेती गराउने बिषयमा कार्यपालीका लागि रहेको छ । यस्तो समयमा कृषकहरु परिवर्तन हुन जरुरी छ । बिगतको ढंगको खेतीले लगानी बढी फाईदा कम हुने भएकोले आधुनिक ढंगको खेतीमा लाग्न जरुरी छ । लवग्रीन नेपालले पाँचखालको वातावरण संरक्षण साथै प्राङ्गारीक तरीकाले खेती गराउने बिषयमा निरन्तर लागेको छ । कृषक पाठशालाको व्यवस्था गर्दै कृषकहरुलाई जागरुक गराउंदै ठाउंठाउंमा प्राङ्गारिक तरीकाले खेती गराउंदा कृषकको पुरानो तरीकाले भन्दा बढी उत्पादन खर्च कम भएको पाएका छौं । पाँचखाल नगरले बिषादी न्युनिकरणको लागि वजेट व्यवस्था गर्दैछ, जसका कारण पाँचखालमा उत्पादन हुने तरकारी मुलुककै सवैभन्दा स्वस्थ तरकारी हुनेछ ।

 

हरेराम खतिवडा
अध्यक्ष (वडा नं २)
पाँचखाल नगरपालिका

पाँचखालको वातावरण संरक्षण तथा प्राङ्गारीक तरीकाले खेती गराउने बिषयमा नेपाल सरकारले भन्दा ठुलो भूमिका लवग्रीन नेपालले निर्वाह गरेको छ । पाँचखाल नगरमा आउने बिभिन्न र आएका अन्य संघ संस्थाले लवग्रीन नेपालले जस्तो कार्य गरे नगरको विकासमा ठुलो फड्को मार्न सहयोग मिल्छ । नगरले कृषिमा विनियोजन गरेको बजेट भन्दा धेरै काम लवग्रीनले गरेर वातावरण संरक्षण साथै प्राङ्गारीक तरकारी उत्पादनको लागि गरेको कार्यले सकारात्मक शंदेस दिएको छ । जसका कारण अव पाँचखालमा उत्पादन हुने कुनै पनि प्रकारको तरकारीमा विषादीको अवशेष नहुने भएको छ । लवग्रीनले माटो सुधारको लागि समेत अग्रसरता देखाएकोले सुपरजोन कार्यक्रम मार्फत विउ तथा माटो सुधारको लागी आफुले पहल गरेको जसको लागि कृषि चुन सुबिधामा उपलब्ध गराएको छ ।

 

रामशरण दुलाल
अध्यक्ष (वडा नं ६)
पाँचखाल नगरपालिका

पाँचखालका कृषकहरुले ठुलो लगानी गरेर तरकारी खेती गर्छन, तर उत्पादन भएको तरकारीले राम्रो भाउ नपाउंदा कृषकहरु तरकारी खेतीको विकल्पको खोजी गर्न बाध्य भएका छन् । पाँचखालमा लवग्रीनको साहायताले गर्दा बिषादी रहित तरकारी उत्पादन भएको छ, तर तरकारीमा बिषादी भए नभएको परिक्षण गर्ने प्रबिधिको अभावमा पाँचखालको तरकारीले आफ्नो पहिचान कायम गर्न सकेको छैन । कृषकहरुको समस्यालाई मध्यनजर राख्दै नगरपालिकाले पाँचखालमा उत्पादन भएको प्राङ्गारकि तरकारी बिक्रि केन्द्रको व्यवस्था गर्दै छ । तरकारीमा बिषादी भए नभएको परिक्षण गर्ने व्यवस्था समेत गरी बजारको व्यवस्था गर्दै कृषकलाई राम्रो आम्दानीको वातावरण निर्माण गरी कृषि पेसामा कृषकलाई आकर्षण गराउंदै पाँचखाल नगरलाई कृषिको पकट क्षेत्रको रुपमा परिचित गराउने बिषयमा नगरले भूमिका निर्वाह गर्दै छ ।

पुष्कर ढकाल
अध्यक्ष (वडा नं ७)
पाँचखाल नगरपालिका

हामीले सडक, पानीमा मात्र विकास देखेका छौं, तर विगतदेखी बाचेको र भोलिपनि बाच्नुपर्ने कृषिको बिषयमा कम चासो दिएका छौं । नगरको पहिचान साथै कृषकको हितको लागि कृषिको विकासको वारेमा सोच्दै नगरको कुल बजेटको ३० प्रतिशत बजेट कृषिमा लगाउन जरुरी छ । परम्परागत ढंगले खेती गर्दा उत्पादन कम साथै खर्च वढी हुने गरेको छ, अवका दिनमा आधुनिक तरिकाले लवग्रीन नेपालले देखाएको मार्ग पहिल्याउंदै प्राङ्गारीक तरिकाको खेती गर्दै अगाडी बढ्ने बिषयमा नगरपालिकाले योजना बनाएको छ । मापदण्ड पुरा नगरेका प्लाई उद्योग साथै इट्टा उद्योगले गर्दा वातावरण विनास गर्नाको साथै कृषि तथा पशुपालनमा समस्या आएकोछ । त्यस्ता मापडण्ड विपरित संञ्चालन भएको उद्योगलाई हटाएर वातावरण तथा कृषिमा सुधार गर्ने सोच राखेका छौं ।


नारायणप्रसाद सापकोटा
अध्यक्ष (वडा नं १०)
पाँचखाल नगरपालिका

कृषिमा सुधार ल्याउन सवैभन्दा पहिला माटोमा सुधरगर्न जरुरी छ, माटो विग्रीएको बिषयमा लवग्रीन नेपालको माटो परिक्षणबाट पता लागेको छ । नगरको लक्ष अनुसार अगाडी बढ्नको लागि माटो सुधार गर्न बजेटको व्यवस्था गरेको छ वडाको तर्फबाट । पाँचखालमा उत्पादन हुने कुनैपनि तरकारीमा अव बिषादीको अवशेष नरहने भएको छ , सो कार्यकोलागी लवग्रीन नेपालका प्राविधिकहरुले निर्वाह गरेको भूमिका सकारात्मक रहेको छ । जसका कारण कृषकहरु प्राङ्गारीक तरिकाको खेती तर्फ आकर्षण भएका छन् । वानस्पतिक बिषादी प्रयोग गरी गरेको खेतीबाट राम्रो उत्पादन भएको छ । जसको कारण पाँचखालको तरकारीको पहिचान कायम हुनाको साथै उपभोक्ताहरुको स्वास्थ्य समेत राम्रो हुने भएको छ । बिषादी रहित प्राङ्गारिक तरीकाले उत्पादन भएको तरकारीको लागि बजारको व्यवस्ता गर्ने तयारीमा हामी जुटेका छौं ।

 

गोपाल दनुवार
अध्यक्ष (वडा नं १२)
पाँचखाल नगरपालिका

पाँचखालमा रहेको भट्टा तथा प्लाई उड उद्योगको धुवा धुलोले तरकारी, फलफुल तथा खाद्यान्न बालीको खेती विग्रीएको छ । ठुलो लगानी गरेर गरेको खेती बिग्रदा कृषकहरु चिन्तित हुंदै खाडीतिर लाग्नु परेको अवस्थामा लवग्रीन नेपालले प्राङ्गारिक तरीकाबाट खेती गर्ने वातावरण सृजना गर्दा कृषकहरुलाई राहत मिलेको छ । पाँचखाल नगरमा रहेको खेती योग्य जमिनलाई बाँझो नराख्ने ढंगको योजना बन्दै गरेको अवस्थामा कृषकको हितको खातिर भएको कार्यले सकारातमक शंकेत दिएको छ । नगरपालिकाले कृषियोग्य जमिनमा आधुनिक ढंगको खेती गराउने साथै पाखो वारिमा माटो सुहाउंदो ढंगको फलफुल खेती गराउने बिषयमा योजना बनाएको छ । नगरको योजना अनुसार लवग्रीन नेपाल साथै अन्य संघ संथाको समेत सहयोग मिल्दा पाँचखाल नगर कृषिको लागी नमुना नगर सावित हुन्छ ।

  • दिगो कृषि विकास परियोजनाको अन्तक्र्रिया कार्यक्रम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0