Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषकको समस्या बुझ्न आयोगको टोली काभे्रमा, स्वास्थ्य, खेतीमा असर पु¥याउने उद्योग आवश्यक छैन – विज्ञ

प्रभातफेरी अनलाइन ७१४७ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार (७ साल अघि)
कृषकको समस्या बुझ्न आयोगको टोली काभे्रमा, स्वास्थ्य, खेतीमा असर पु¥याउने उद्योग आवश्यक छैन – विज्ञ

आइ.आर.के मैनाली
पाँचखाल-कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित काभे्र जिल्लाको नाला, पनौती र पाँचखालका कृषकहरुको समस्या बुझ्न राष्ट्रि किसान आयोगका टोलीले कृषकको खेत खेतमा पुगी बालि निरिक्षण गर्दै समस्याहरुको पहिचान गरेका छन् ।
आयोगका टोलीको साथमा कृषि ज्ञान केन्द्रका प्रतीनिधिहरु, स्थानिय तहका नजप्रतीनिधिहरु र पत्रकारहरु सहभागि रहेका थिए । कृषि आयोगको नेतृत्वमा कृषकहरुका खेतबारीमा पुगेका टोलिहरुलाई कृषकहरुले आ—आफ्नो समस्या सुनाएका थिए । नालाका कृषकहरुले बजारको उचित व्यवस्था नहुदा विचौलीयाको मारमा पर्नु परेको साथै आलु सुपरजोनले निस्पक्ष ढंगबाट काम नगरेको गुनासो गरेका थिए । कृषि प्रधान देशका कृषकहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्ने छिमेकी मुलुकबाट आयात गरेको तरकारीले गर्दा बजार अस्त व्यस्त हुने गरेको कृषकहरुको गुनासो रहेको थियो ।

त्यसैगरी पनौतीका कृषकहरुले समयमा रासायनिक मलको अभाब , वजारमा पाईने उन्नतजातको भनिने बिउ गुणस्तर हिन साथै मनोपलि ढंगको मुल्य रहेको गुनासो गरेका थिए । कृषि सुधारको लागि सरकार बाट छुट्याईएको बजेटको दुरुपयोग, गैर कृषकको हाली मुहाली, सम्बन्धित निकायले वास्तविक कृषकको पहिचान गर्न नसक्नु, पक्षपाति ढंगको व्यवहार भएको गुनासो गरेका थिए । जिल्लामा आलु सुपरजोन लागु भएपनि कृषकको लागि खासै उपलब्धि नभएको, कृषकले गरेको उत्पादनमा विचौलीयाले गर्दा समस्या परेकोले सुधारको लागि आयोगका टोली समक्ष गुनासो गरेका थिए ।

त्यसैगरी कृषि नगरको रुपमा चर्चीत पाँचखाल नगरको उर्वरा भूमिमा आयोगको टोलीले अनुगमन गरेका थिए । तरकारी खेती तथा फलफुलको लागि अति उर्वरायुक्त स्थान ( खेतीको लागि पाँचखालको मुटु मानिने) पाँचखाल नगरपालिका वडा नं ७, ८, ९ र १२ श्रीरामपाटी, सिखरपुर, आँपघारी, खटार क्षेत्रका कृषकहरुसंग भेट गरी समस्याको बिषयमा जानकारी लिएका थिए । जानकारी लिने क्रममा उक्त स्थानका कृषकहरुले पाँचखाल नगरमा रहेको ७ वटा इट्टा भट्टा र १ वटा प्लाई कारखानाले गर्दा ठुलो समस्या आएको बताएका थिए । उद्योगबाट निक्लिएको कार्वनको कारण तरकारी खेती, फलफुल, मानव स्वस्थ्य साथै पसुपन्छिमा समेत असर परेकोले कृषकहरु मारमा परेको बताएका थिए । उद्योगको कारण भएको वातावरण प्रदुषणले गर्दा उत्पादन भएको तरकारीहरु गुणस्तर हिन भएकोले बेच्नको लागि बजार लगेकोमा फिर्ता आएको बताए ।

कृषकहरुको गुनासोलाई मध्यनजर राख्दै राष्ट्रिय किसान आयोगका सदस्य मिना तामाङले कृषकहरुको पिर मर्का बुझ्ने उद्देस्यले २०७३ बाट गठन भएको आयोगले कृषकको हितको लागि कार्य गर्दै कृषकको सम्पुर्ण समस्याहरु हल गर्ने बताउनु भयो । कृषकहरुको समस्यालाई अभिभावकको रुपमा भूमिका निर्वाह गर्दै आएको आयोगले यस क्षेत्रमा रहेका उद्योगका कारण तरकार िबाली सखाप भएको भन्ने जानकारी भएकोले अनुगमन गरेको बताउनु भयो । कृषकहरुको समस्याको बिषयमा कृषि ज्ञानकेन्द्र, सुपरजोन संग समेत हातेमालो गर्दै अगाडी बढ्ने वताउनु भयो । समस्या आएको जानकारी भयो तत्काल समाधानको लागि पहल गर्ने वताउंदै कृषकहरुलाई ढुक्क रहन अनुरोध गर्नु भयो ।

त्यसैगरी राष्ट्रिय किसान आयोगका विज्ञ सदस्य उदयचन्द्र ठाकुरले मानव स्वास्थ्य तरकारी खेती तथा पसुपंक्षिमा समेत असर पु¥याउने ढंगको उद्योग सञ्चालनमा रोक लगाउनु पर्ने बताउनु भयो । वातावरण मैत्री ढंगबाट संञ्चालन हुने कुनै पनि उद्योगलाई प्रोत्साहन गर्नु पर्ने तर वातावरण ध्वस्त गर्ने तरिकाले संचालन भएका उद्योगलाई रोक लगाउने बिषयमा आफुले पहल गर्ने बताउनु भयो । कृषकहरुले उत्पादन गरेको सामाग्रीहरुलाई बजार व्यवस्थाको लागि सरकारले पहल गरेकोले आयोगको तर्फबाट सो कार्यलाइ छिटो सुरु गर्ने बिषयमा सुझाव दिदै आएको बताउनु भयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण चन्द्र अधिकारीले पाँचखाल र आसपासको थानमा गरिने तरकारी खेतिमा बिषादिको मात्रा अत्यन्त कम भएको बताउनु भयो । अन्यत्रको तुलनामा काभे्रमा जिल्लामा उत्पादन भएको तरकारी खेतीमा बिषादिको मात्रा कम भएकोले खानको लागि उपयुक्त रहेको बताउनु भयो । कृषकहरुको चेतनामा बृद्धि भएकोले बिषादी प्रयोगमा कमि भएको बताउनु भयो । कम बिषादीको प्रयोग गरि उत्पादन भएको तरकारीको पकट क्षेत्रमा उद्योगीहरुले मापदण्ड पुरा नगरी उद्योग संञ्चालन गरेर वातावर विगारेको भए तत्काल सुधार्नु पर्ने अन्यथा उद्योग बन्द गर्नु पर्ने सुझाव दिनु भयो । उक्त कार्यक्रममा वडाध्यक्ष पुष्कर ढकाल, हरिराम खतिवडा, अगुवा कृषक कल्याण रायमाझि,ढकनारायण पराजुली लगाएतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • कृषकको समस्या बुझ्न आयोगको टोली काभे्रमा
  • खेतीमा असर पु¥याउने उद्योग आवश्यक छैन - विज्ञ
  • स्वास्थ्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0